नेभिगेशन
समाज

युवाहरुको एक समुहद्वारा संसद पुनःस्थापनाको माग गर्दै काठमाडौंमा प्रदर्शन

काठमाडौँ । संसद पुनःस्थापनाको माग गर्दै युवाहरुको एक समूहले काठमाडौंमा प्रदर्शन गरेका छन् । असंवैधानिक रुपमा बिघटन गरेको संसद बैधानिक तवरबाट पुनःस्थापना हुनुपर्ने भन्दै नागरिक युवा समाज नामक संस्थामा आवद्ध युवाहरुले मंगलबार काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सर्वोच्च अदालतमा प्रतिनिधिसभा पुनस्र्थापनाको मुद्दा बिचाराधीन रहेको अवस्थामा संविधानको रक्षा गर्ने गरि आदेश आउने उनीहरुको विश्वास छ । उनीहरुले अदालतमा रहेका मुद्दाको छिटो फैसला हुनुपर्ने र बैधानिक तवरबाट संसद पुनःस्थापना होस भन्ने आफुहरुको मुख्य माग रहेको जनाएका छन् ।

Ncell
Extreme Energy

देशलाई विधिमा सञ्चालन गर्न पनि संसद पुनःस्थापना हुनुपर्ने उनीहरुको भनाइ छ । प्रदर्शनमा सहभागी युवाहरुले संविधान बचाउ, संसद फर्काउ, लुटिएको संसद फिर्ता गर, बिघठित संसद पुर्नस्थापना गर, लगाएतका प्लेकार्डसहित नारावाजी गरेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
यी हुन रास्वपा केन्द्रीय समितिका ११ निर्णय

यी हुन रास्वपा केन्द्रीय समितिका ११ निर्णय

राष्ट्रिय स्वतन्त्र पार्टीको बुधबार बसेको केन्द्रीय समितिको बैठकले ११ वटा निर्णय गरेको छ ।
मन्त्रीसँगको छलफलपछि सहकारी पीडितले फिर्ता लिए आन्दोलन

मन्त्रीसँगको छलफलपछि सहकारी पीडितले फिर्ता लिए आन्दोलन

मंगलबार दिउँसो प्रदर्शनको नेतृत्व गरेका सहकारी पीडितहरुलाई मन्त्री रावलले मन्त्रालयमै भेट गरेकी थिइन् । मन्त्री रावलले आफूले काम गर्दा गर्दै उनीहरुले अनावश्यक दवाव दिनु उचित नभएको बताएकी थिइन्...
विधानबारे प्रश्न उठाएपछि रवि लामिछानेको जबाफ– अर्को पाँच वर्ष पनि त्याग गर्न तयार छु

विधानबारे प्रश्न उठाएपछि रवि लामिछानेको जबाफ– अर्को पाँच वर्ष पनि त्याग गर्न तयार छु

महाधिवेशनबाट पारित भएभन्दा भिन्न विधान छापिएको र संसदीय दल नेतालाई सभापतिले निर्देशन दिने प्रस्ताव राखिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्यद्वय गणेश कार्की र डा तोसिमा कार्कीले प्रश्न...
सम्हाल्नुपर्ने सुनसरी

सम्हाल्नुपर्ने सुनसरी

आगाको सानै फिलिङ्गाले गावैँ सखाप बनाइ दिनसक्छ । चैत याममा त चुरोटको ठुटाले पनि सिंगै वन सखाप बनाइदिएको हामीले प्रशस्तै देखेका छौं । झगडाको चरित्र र स्वभाव पनि...