नेभिगेशन
समाज

स्पष्टीकरण पेस गर्न बालेनलाई निर्वाचन आयोगको पत्र

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवार बालेन्द्र शाह(बालेन) लाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

झापा ५ बाट रास्वपा उम्मेदवार रहेका बालेन शाहलाई निर्वाचन आचारसंहिता विपरीत कार्य गरेको भन्दै परेको उजुरीका आधारमा आयोगले मङ्गलवार स्पष्टीकरण सोधेको हो । सोही क्षेत्रबाट एमालेका उम्मेदवार रहेका केपी शर्मा ओलीले सामाजिक सञ्जालमा पोस्त गरेको स्ट्याटसमा कमेन्ट गरेको विषयमा आयोगले स्पष्टीकरण सोधिएको हो ।

Ncell
Extreme Energy

आयोगको स्पष्टीकरणमा बालेन शाहलाई दुई वटा प्रश्न गरेको । जसमा पहिलो प्रश्नमा माथि उल्लेखित प्रतिक्रिया तपाईँको हो वा होइन ? दोस्रो प्रश्नमा आफूसँग निर्वाचनमा प्रतिस्पर्धी रहेको व्यक्तले राखेको स्ट्याटसका सम्बन्धमा निज नै खास घटनामा दोषी रहेको भनी करार गर्ने विषय निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ को खण्ड (ठ) को प्रतिकूल हुन्छ वा हुँदैन ? भनेर सोधेको हो ।

नेकपा एमाले अध्यक्ष तथा झापा ५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत रहेका केपी शर्मा ओलीले पब्लिक डिबेटका लागि आफू तयार रहेको सन्दर्भमा लेखेको स्ट्याटसमा रास्वपा वरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्य उम्मेदवार शाहले कमेन्ट गरेको विषय निर्वाचन आचारसंहिता विपरीत रहेको भन्दै सोमबार उजुरी परेको थियो । balen-patra1-1769500517.jpg

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
किशोर श्रेष्ठ मिलापत्रपछि रिहा, प्रेस काउन्सिल जाने सहमति

किशोर श्रेष्ठ मिलापत्रपछि रिहा, प्रेस काउन्सिल जाने सहमति

कलाकार हिमेश पन्तको निवेदनका आधारमा पक्राउ परेका जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ मिलापत्र कागज गरेपछि रिहा भएका छन् ।
नागरिकले विश्वास गर्ने राजनीतिक पार्टी बनाउँछु : सभापति थापा

नागरिकले विश्वास गर्ने राजनीतिक पार्टी बनाउँछु : सभापति थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसलाई नागरिकले विश्वास गर्ने, वैचारिक स्पष्टता भएको र सामाजिक आन्दोलनको नेतृत्व गर्न सक्ने भरोसायोग्य राजनीतिक पार्टीका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्...
सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुईको अवस्था चिन्ताजनक

सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुईको अवस्था चिन्ताजनक

बनेपा नगरपालिका–१३ भैँटेपाटीमा बुलेटले ठक्कर दिँदा खोटाङको ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका नौँ वर्षीय बालक जुवास बुढाथोकीको मृत्यु भएको हो ।