नेभिगेशन
समाज

स्पष्टीकरण पेस गर्न बालेनलाई निर्वाचन आयोगको पत्र

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवार बालेन्द्र शाह(बालेन) लाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

झापा ५ बाट रास्वपा उम्मेदवार रहेका बालेन शाहलाई निर्वाचन आचारसंहिता विपरीत कार्य गरेको भन्दै परेको उजुरीका आधारमा आयोगले मङ्गलवार स्पष्टीकरण सोधेको हो । सोही क्षेत्रबाट एमालेका उम्मेदवार रहेका केपी शर्मा ओलीले सामाजिक सञ्जालमा पोस्त गरेको स्ट्याटसमा कमेन्ट गरेको विषयमा आयोगले स्पष्टीकरण सोधिएको हो ।

Ncell
Extreme Energy

आयोगको स्पष्टीकरणमा बालेन शाहलाई दुई वटा प्रश्न गरेको । जसमा पहिलो प्रश्नमा माथि उल्लेखित प्रतिक्रिया तपाईँको हो वा होइन ? दोस्रो प्रश्नमा आफूसँग निर्वाचनमा प्रतिस्पर्धी रहेको व्यक्तले राखेको स्ट्याटसका सम्बन्धमा निज नै खास घटनामा दोषी रहेको भनी करार गर्ने विषय निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ को खण्ड (ठ) को प्रतिकूल हुन्छ वा हुँदैन ? भनेर सोधेको हो ।

नेकपा एमाले अध्यक्ष तथा झापा ५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत रहेका केपी शर्मा ओलीले पब्लिक डिबेटका लागि आफू तयार रहेको सन्दर्भमा लेखेको स्ट्याटसमा रास्वपा वरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्य उम्मेदवार शाहले कमेन्ट गरेको विषय निर्वाचन आचारसंहिता विपरीत रहेको भन्दै सोमबार उजुरी परेको थियो । balen-patra1-1769500517.jpg

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनाल र जापानका विदेशमन्त्री मोटेगी तोसिमित्सुबीच संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा न्युयोर्कमा द्विपक्षीय भेटवार्ता भएको छ ।
पोखरा महानगरपालिकाले फिर्केखोलाका अनधिकृत संरचना डोजर लगाएर हटाउँदै

पोखरा महानगरपालिकाले फिर्केखोलाका अनधिकृत संरचना डोजर लगाएर हटाउँदै

पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघरभित्र बनाइएका सबै संरचना एक साताभित्र अनिवार्य रुपमा हटाउन सम्बन्धित व्यक्ति तथा संस्थाहरुलाई पुनः ताकेता गरेको छ ।
परराष्ट्रमन्त्री खनाल र पोर्चुगलका विदेशमन्त्री रान्जेलबीच न्युयोर्कमा भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र पोर्चुगलका विदेशमन्त्री रान्जेलबीच न्युयोर्कमा भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनालले पोर्चुगलका विदेशमन्त्री पाउलो रान्जेलसँग द्विपक्षीय भेटवार्ता गरेका छन् ।
त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, अझै पहिचान खुलेन

त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, अझै पहिचान खुलेन

त्रिपुरेश्वरमा सोमबार बस आगलागीमा परी घाइते भएका चालकको मृत्यु भएको छ ।