नेभिगेशन
समाज

सामाजिक सञ्जालमार्फत जनतामा छरिएका भ्रम चिर्न जरुरी छः संयोजक दाहाल

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सञ्जालमार्फत जनतामा छरिएका भ्रम चिर्न जरुरी रहेको बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मंगलबार पार्टी कार्यालय पेरिसडाडामा क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपाल (एकता पक्षधर समुह)लाई नेकपामा समाहित गराउदै प्रचण्डले सामाजिक सञ्जालमा स्टन्टबाज गरेको भरमा नै जनताको दिमाग चाट्ने काम भइरहेको भन्दै त्यसलाई सबै एकताबद्ध भएर मात्रै रोक्न सकिने बताएका हुन ।

Ncell
Extreme Energy

सिद्धान्त र बिचारको खडेरी भएकाहरुले सामाजिक सञ्जालमा स्टन्टबाज गर्ने काम गरेको उनको भनाइ छ । त्यस्तै प्रचण्डले भाद्र २३ र २४ को घटनापछि मुलुक गम्भीर संकटमा परेकाले सवै बामपन्थीहरुलाई एकैठाँउमा ल्याउने प्रयास गरिएको उल्लेख गरेका थिए ।

कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउदै जनताको विकास र समृद्धिको आकाङ्क्षालाई सम्बोधन गर्न एकताबद्ध हुनुको विकल्प नरहेको उनको भनाइ छ । प्रचण्डले पहिलाका माओवादी घटकहरु ढिलोचाडो एकै ठाउमा आउने दावी गर्र्दै मोहन वैद्य किरणलाई पनि नेकपामै सामेल हुन आह्वान समेत गरे । त्यस्तै मंगलबार नै ⁠चुरे भावर पार्टीलाई नेपाली कम्युनिष्ट पार्टीमा समायोजन गराइएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेकपा बैठकले गर्‍यो वाम दलसँग एकताका लागि वार्ता समिति गठन

नेकपा बैठकले गर्‍यो वाम दलसँग एकताका लागि वार्ता समिति गठन

बुधबार बसेको पार्टी केन्द्रीय कार्य संयोजन समितिको बैठकले देव गुरुङको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको हो । समितिमा प्रकाश ज्वाला र गङ्गानारायण श्रेष्ठ सदस्य छन्।
एमाले बैठकमा आज क-कसले बोले ?

एमाले बैठकमा आज क-कसले बोले ?

केन्द्रीय सदस्यहरूले बैठकमा पार्टीका विभिन्न विषयमा आफ्ना धारणा तथा सुझाव राखेका थिए।
जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने

जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने

मापदन्डअनुसार आधारभूत तहमा लाभग्राहीलाई प्रचलित कानुनबमोजिम निःशुल्क शिक्षासँगै पोशाक तथा पाठ्य र सिकाइ सामग्रीका लागि कक्षा १ देखि ५ सम्म र कक्षा ६ देखि ८ सम्म नगदसहित स्थानीय...
प्रधानमन्त्री बालेन्द्र शाहलाई उनकै कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री स्वर्णिम वाग्लेद्वारा बिदाइ

प्रधानमन्त्री बालेन्द्र शाहलाई उनकै कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री स्वर्णिम वाग्लेद्वारा बिदाइ

संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा भाग लिन मङ्गलबार अमेरिका प्रस्थान गर्नुअघि प्रधानमन्त्री शाहलाई कार्यवाहक प्रधानमन्त्री वाग्लेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयस्थित प्रधानमन्त्रीको कार्यकक्षबाट बिदाइ गरेका हुन् ।