नेभिगेशन
मुख्य समाचार

सामाजिक सञ्जालमार्फत जनतामा छरिएका भ्रम चिर्न जरुरी छः संयोजक दाहाल

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सञ्जालमार्फत जनतामा छरिएका भ्रम चिर्न जरुरी रहेको बताएका छन् ।

मंगलबार पार्टी कार्यालय पेरिसडाडामा क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपाल (एकता पक्षधर समुह)लाई नेकपामा समाहित गराउदै प्रचण्डले सामाजिक सञ्जालमा स्टन्टबाज गरेको भरमा नै जनताको दिमाग चाट्ने काम भइरहेको भन्दै त्यसलाई सबै एकताबद्ध भएर मात्रै रोक्न सकिने बताएका हुन ।

CG

सिद्धान्त र बिचारको खडेरी भएकाहरुले सामाजिक सञ्जालमा स्टन्टबाज गर्ने काम गरेको उनको भनाइ छ । त्यस्तै प्रचण्डले भाद्र २३ र २४ को घटनापछि मुलुक गम्भीर संकटमा परेकाले सवै बामपन्थीहरुलाई एकैठाँउमा ल्याउने प्रयास गरिएको उल्लेख गरेका थिए ।

कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउदै जनताको विकास र समृद्धिको आकाङ्क्षालाई सम्बोधन गर्न एकताबद्ध हुनुको विकल्प नरहेको उनको भनाइ छ । प्रचण्डले पहिलाका माओवादी घटकहरु ढिलोचाडो एकै ठाउमा आउने दावी गर्र्दै मोहन वैद्य किरणलाई पनि नेकपामै सामेल हुन आह्वान समेत गरे । त्यस्तै मंगलबार नै ⁠चुरे भावर पार्टीलाई नेपाली कम्युनिष्ट पार्टीमा समायोजन गराइएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
त्रिशूलीमा भेटिएको बसको उत्खनन कार्य स्थगन

त्रिशूलीमा भेटिएको बसको उत्खनन कार्य स्थगन

गत पुस २६ गते त्रिशूली नदीमा बस भेटिएपछि पुस २७ गतेदेखि सुरु गरिएको उत्खनन कार्यको सोह्रौँ दिन हिजो बसभित्र मानव कङ्काल भेटिएको थियो । बसको भित्री भागबाट मानव...
कांग्रेसले आफ्नो घोषणापत्रमा सुशासन र विकासलाई प्राथमिकता दिने

कांग्रेसले आफ्नो घोषणापत्रमा सुशासन र विकासलाई प्राथमिकता दिने

उनका अनुसार कांग्रेसको घोषणापत्र केवल आकांक्षा र प्रतिबद्धतामा सीमित नहुने, त्यसलाई कार्यान्वयन गर्न आवश्यक स्रोत र उपायसमेत स्पष्ट रूपमा उल्लेख गरिनेछ । “घोषणापत्रमा स्रोत व्यवस्थापनका उपाय पनि समेटिन्छन्,”...
सहि व्यक्ति नेतृत्वमा नपुगेसम्म देश बन्न नसक्नेः अध्यक्ष घिसिङ

सहि व्यक्ति नेतृत्वमा नपुगेसम्म देश बन्न नसक्नेः अध्यक्ष घिसिङ

मंगलबार काठमाडौं आयोजित पार्टीको रामेछाप–काठमाडौं सम्पर्क मञ्च गठन तथा कार्यकर्ता भेलामा घिसिङले ठूला–ठूला कुरा र नेताहरुको आफ्नै दर्शनले देश बन्न नसकेको भन्दै देश बनाउन सहि व्यक्ति नेतृत्वमा पुग्नुपर्ने...
काठमाडौँबाट युवराज सफल पक्राउ

काठमाडौँबाट युवराज सफल पक्राउ

महान्यायाधिवक्ताको कार्यालय र महान्यायाधिवक्ताको बारेमा सामाजिक सञ्जाल र विभिन्न सञ्चारमाध्यमबाट  नकारात्मक, अपशब्द, गाली गलौज गरेको आरोप छ उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।