नेभिगेशन
मुख्य समाचार

आर्थिक कारोबार बैंकिङ प्रणालीबाट गर्न दल र उम्मेदवारहरुलाई निर्वाचन आयोगको आग्रह

काठमाडौँ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधिसभा सदस्य निर्वाचनमा राजनीतिक दल र उम्मेदवारले बैंकिङ प्रणालीबाट आर्थिक कारोबार गर्नुपर्ने बताएका छन् ।

आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले मंगलबार आयोजित निजी क्षेत्रका छाता संस्थासँगको अन्तरक्रियामा उनले निर्वाचनका समयमा राजनीतिक दल र उम्मेदवारसँग नगद कारोबार नगर्न आग्रह गरेका हुन । दल र उम्मेदवारले बैङ्किङ प्रणाली विपरीत कारोबार गरे उम्मेदवारी रद्दसम्मका कारबाही गर्न सकिने कानुनी व्यवस्था रहेको पनि कार्यवाहक प्रमुख आयुक्त भण्डारीले बताए ।

CG

उनले मुलुक बङ्गलादेशको जस्तो स्थितिमा गुज्रिनु नपरोस् भनी अनुशासनमा राख्न र लयमा फर्काउन सबै पक्षले निर्वाचनलाई सहयोग गरेको पनि बताए । गत भदौ २३ र २४ गतेको अवस्थाबाट देशलाई लयमा फर्काउन निर्वाचन नै उपयुक्त माध्यम हो भनी आयोग सुरुदेखि नै लागिपरेको बताउदै  उनले यसमा व्यवसायी र सञ्चारमाध्यमले पनि सहयोग गरेकामा धन्यवाद दिए ।

सुशासन र स्थायी शान्ति भएन भने मुलुक अझै पर धकेलिने भएकाले पनि अहिले निर्वाचन नै पहिलो आवश्यकता भएको उनको भनाइ थियो । निर्वाचन बिथोल्ने शक्ति अहिले क्षीण भएर गएकाले फागुन २१ गते निर्वाचन हुने विषयलाई अब कसैले नकार्न नसक्ने कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीको भनाइ थियो । राष्ट्रिय झन्डाको दुरुपयोग रोक्न आयोगले सरकारलाई लेखी पठाएपछि गृह मन्त्रालयले सरोकार भएका निकायलाई ध्यानाकर्षण गराई यसको कार्यविधिअनुसार गर्न आह्वान गरेको उनले स्मरण गराएका थिए ।

निर्वाचन आचारसंहिताको सबैले पूर्ण पालना नगरेमा कानुन अनुसारका कारबाही गर्ने प्रक्रिया अघि बढाइएको जानकारी पनि कार्यक्रममा उनले गराए । पर्यवेक्षणका नाममा विदेशीहरु पनि  विभिन्न रुपमा आउने गरेकाले यसपटक पर्यवेक्षकको पनि पर्यवेक्षण गर्नुपर्ने आवश्यकता औँल्याउदै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले निजी क्षेत्रका प्रतिनिधिलाई पनि यसमा सहयोग गर्न आह्वान गरे ।

आयोगका सचिव कृष्णबहादुर राउतले निजी क्षेत्रले निर्वाचन आचारसंहिता पालनामा सहयोग गर्नुपर्ने बताउदै सबैको सहकार्यमा आवधिक निर्वाचन गराएर लोकतन्त्रलाई स्थायित्व दिनुपर्ने बताए । निर्वाचनका क्रममा करिब रु ३१ अर्ब खर्च हुने जानकारी गराउदै उनले त्यसबाट उद्योग, व्यवसायलगायत अर्थतन्त्र चलायमान हुने उल्लेख गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सेटिङको आरोपमा चाबहिल यातायातका प्रमुख सहित २७ जनाको मोबाइल अख्तियारको नियन्त्रणमा

सेटिङको आरोपमा चाबहिल यातायातका प्रमुख सहित २७ जनाको मोबाइल अख्तियारको नियन्त्रणमा

सवारी चालक अनुमतिपत्रका लागि घुस लिएको आरोपमा अख्यितारको टोलीले मंगलबार २७ जनाको मोबाइल नियन्त्रणमा लिएको हो। यातायात कार्यालय, चाबहिलका प्रमुख पेशकुमार पोखरेलसहित १७ जना कर्मचारीका २५ वटा मोबाइल...
त्रिशूलीमा भेटिएको बसको उत्खनन कार्य स्थगन

त्रिशूलीमा भेटिएको बसको उत्खनन कार्य स्थगन

गत पुस २६ गते त्रिशूली नदीमा बस भेटिएपछि पुस २७ गतेदेखि सुरु गरिएको उत्खनन कार्यको सोह्रौँ दिन हिजो बसभित्र मानव कङ्काल भेटिएको थियो । बसको भित्री भागबाट मानव...
कांग्रेसले आफ्नो घोषणापत्रमा सुशासन र विकासलाई प्राथमिकता दिने

कांग्रेसले आफ्नो घोषणापत्रमा सुशासन र विकासलाई प्राथमिकता दिने

उनका अनुसार कांग्रेसको घोषणापत्र केवल आकांक्षा र प्रतिबद्धतामा सीमित नहुने, त्यसलाई कार्यान्वयन गर्न आवश्यक स्रोत र उपायसमेत स्पष्ट रूपमा उल्लेख गरिनेछ । “घोषणापत्रमा स्रोत व्यवस्थापनका उपाय पनि समेटिन्छन्,”...
सहि व्यक्ति नेतृत्वमा नपुगेसम्म देश बन्न नसक्नेः अध्यक्ष घिसिङ

सहि व्यक्ति नेतृत्वमा नपुगेसम्म देश बन्न नसक्नेः अध्यक्ष घिसिङ

मंगलबार काठमाडौं आयोजित पार्टीको रामेछाप–काठमाडौं सम्पर्क मञ्च गठन तथा कार्यकर्ता भेलामा घिसिङले ठूला–ठूला कुरा र नेताहरुको आफ्नै दर्शनले देश बन्न नसकेको भन्दै देश बनाउन सहि व्यक्ति नेतृत्वमा पुग्नुपर्ने...