नेभिगेशन
समाज

पारिश्रमिक नदिएको विषयमा नागरिक दैनिकको कार्यालयमा महासंघद्वारा तालाबन्दी

काठमाडौँ । नागरिक दैनिकमा देखिएको श्रम समस्यालाई लिएर नेपाल पत्रकार महासंघको पहलमा कार्यालयमा तालाबन्दी गरिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

श्रमिकहरुको पारिश्रमिकका विषयमा नेपाल पत्रकार महासंघ र नेपाल रिपब्लिक मिडिया लिमिटेडबीच २०८२।०४।२२ गते भएको सम्झौता कार्यान्वयनका लागि पटकपटक वार्ता, संवाद र सहमतिको पहल महासंघले गर्दा पनि सो सञ्चार माध्यमले कार्यान्वय नगरेको विषयमा बुधबार प्रकाशन र प्रसारण अवरोध नहुनेगरी बुधबार लिमिटेड व्यवस्थापनको कार्यकक्ष बाहिर तालाबन्दी गरिएको छ ।

Ncell
Extreme Energy

महासंघको विनम्रता र अनुरोधलाई उक्त लिमिटेडले कमजोरी ठानी सहमति कार्यान्वयन नगरेपछि पूर्व सूचना दिएर महासंघसंग भएको सम्झौतालाई कार्यान्वयनका लागि दबाब दिन आन्दोलित भएको महासंघले जनाएको छ ।

वार्ता, संवादमार्फत सहमति कार्यान्वयनमा नागरिक दैनिकले लचक नदेखिएपछि महासंघ तालाबन्दीको बाध्यतामा पुगेको महासंघले विज्ञाप्ती मार्फत जनाएको हो ।

त्यस्तै, महासंघले सहमति कार्यान्वयन नभएसम्म आन्दोलन जारी राख्ने अठोट लिएको छ । भने त्यस क्रममा २०८२ माघ १६ गते शुक्रबार देशभर रहेका महासंघका प्रदेश समिति, जिल्ला शाखा, प्रतिष्ठान शाखा तथा एसोसिएट संस्थाबाट सम्झौता कार्यान्वयनमा दबाब दिन लिमिटेड व्वस्थापकको मोबाइलमा ‘एसएमएस’ पठाएर आन्दोलन गर्ने तय भएको बुधबार नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञाप्तिमा उल्लेख गरिएको छ ।

press-release-1769591093.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सरकारको पूर्वतयारीको परीक्षा, जोखिम कम गर्न सरकारले के गरिरहेको छ ?

सरकारको पूर्वतयारीको परीक्षा, जोखिम कम गर्न सरकारले के गरिरहेको छ ?

भदौ १० गते बिहान ल्हेन्दे खोलाबाट अचानक आएको बाढीले भोटेकोशी हुँदै त्रिशूली नदीको तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍यायो। हिमाली क्षेत्रमा भएको आकस्मिक घटनाको प्रभाव केही घण्टामै तल्लो तटीय...
कार्यवाहक प्रधानमन्त्री डा.स्वर्णिम वाग्लेले लिए माैसम र पूर्वतयारीबारे ब्रिफिङ

कार्यवाहक प्रधानमन्त्री डा.स्वर्णिम वाग्लेले लिए माैसम र पूर्वतयारीबारे ब्रिफिङ

त्यसैगरी, चौबिसै घण्टा सूचना डेस्क सञ्चालन गरिएको तथा विपद् जोखिम न्यूनीकरणका लागि  सम्भावित जिल्लाका प्रशासन कार्यालय, पर्यटन, यातायात,  पूर्वाधार लगायतका क्षेत्रहरूसँग समन्वय भइरहेको जानकारी कार्यकारी प्रमुख डा. उप्रेतीले...
भारी वर्षा हुने पूर्वानुमानपछि बिपी राजमार्गको ट्रयाकको काम स्थगित

भारी वर्षा हुने पूर्वानुमानपछि बिपी राजमार्गको ट्रयाकको काम स्थगित

“सम्भावित वर्षा, पहिरो तथा सडकमा आउन सक्ने चुनौतीलाई मध्यनजर गर्दै निर्माण कार्य केही दिन स्थगित गर्ने तयारी गरिएको हो । यसबाट सडकमा हुने सम्भावित जोखिम न्यूनीकरण गर्दै यातायात...
कार्यवाहक प्रधानमन्त्री डा‍ स्वर्णिम वाग्ले र कृषिमन्त्री गिता चौधरीबीच रासायनिक मलको सहज आपूर्तिबारे छलफल

कार्यवाहक प्रधानमन्त्री डा‍ स्वर्णिम वाग्ले र कृषिमन्त्री गिता चौधरीबीच रासायनिक मलको सहज आपूर्तिबारे छलफल

भेटवार्ताका क्रममा आगामी दिनमा रासायनिक मलको आपूर्ति, रसुवा बाढीबाट प्रभावित नागरिकका लागि प्राप्त राहत रकमलगायतका विषयमा छलफल भयो ।

भर्खरै