नेभिगेशन
मुख्य समाचार

पारिश्रमिक नदिएको विषयमा नागरिक दैनिकको कार्यालयमा महासंघद्वारा तालाबन्दी

काठमाडौँ । नागरिक दैनिकमा देखिएको श्रम समस्यालाई लिएर नेपाल पत्रकार महासंघको पहलमा कार्यालयमा तालाबन्दी गरिएको छ ।

श्रमिकहरुको पारिश्रमिकका विषयमा नेपाल पत्रकार महासंघ र नेपाल रिपब्लिक मिडिया लिमिटेडबीच २०८२।०४।२२ गते भएको सम्झौता कार्यान्वयनका लागि पटकपटक वार्ता, संवाद र सहमतिको पहल महासंघले गर्दा पनि सो सञ्चार माध्यमले कार्यान्वय नगरेको विषयमा बुधबार प्रकाशन र प्रसारण अवरोध नहुनेगरी बुधबार लिमिटेड व्यवस्थापनको कार्यकक्ष बाहिर तालाबन्दी गरिएको छ ।

CG

महासंघको विनम्रता र अनुरोधलाई उक्त लिमिटेडले कमजोरी ठानी सहमति कार्यान्वयन नगरेपछि पूर्व सूचना दिएर महासंघसंग भएको सम्झौतालाई कार्यान्वयनका लागि दबाब दिन आन्दोलित भएको महासंघले जनाएको छ ।

वार्ता, संवादमार्फत सहमति कार्यान्वयनमा नागरिक दैनिकले लचक नदेखिएपछि महासंघ तालाबन्दीको बाध्यतामा पुगेको महासंघले विज्ञाप्ती मार्फत जनाएको हो ।

त्यस्तै, महासंघले सहमति कार्यान्वयन नभएसम्म आन्दोलन जारी राख्ने अठोट लिएको छ । भने त्यस क्रममा २०८२ माघ १६ गते शुक्रबार देशभर रहेका महासंघका प्रदेश समिति, जिल्ला शाखा, प्रतिष्ठान शाखा तथा एसोसिएट संस्थाबाट सम्झौता कार्यान्वयनमा दबाब दिन लिमिटेड व्वस्थापकको मोबाइलमा ‘एसएमएस’ पठाएर आन्दोलन गर्ने तय भएको बुधबार नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञाप्तिमा उल्लेख गरिएको छ ।

press-release-1769591093.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सुदूरपश्चिममा ४८१ मतदानस्थल अतिसंवेदनशील

सुदूरपश्चिममा ४८१ मतदानस्थल अतिसंवेदनशील

आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै सुदूरपश्चिम प्रहरीले प्रदेशका १६ वटा निर्वाचन क्षेत्रका मतदानस्थललाई सामान्य, संवेदनशील र अतिसंवेदनशील गरी तीन भागमा वर्गीकरण गरेको हो...
जिल्लामा यसरी पठाइदै छ फोटोसहितको मतदाता नामावली  (तस्बिरहरु)

जिल्लामा यसरी पठाइदै छ फोटोसहितको मतदाता नामावली (तस्बिरहरु)

अहिले आयोगमा फोटोसहितको नामावली जिल्लाजिल्ला पठाउने कार्य भइरहेको छ। पहिलो चरणमा यो काम सकिएपछि मतदाता नामावली पनि जिल्ला पठाउने कार्य सुरु हुने आयोगले जनाएको छ।
रास्वपा वरिष्ठ नेता बालेन शाह दार्चुला पुगेपछि....(तस्बिरहरु)

रास्वपा वरिष्ठ नेता बालेन शाह दार्चुला पुगेपछि....(तस्बिरहरु)

बुधबार उनी डडेलधुरा, बैतडी र दार्चुला पुगेका छन् । उनले रास्वपा डडेलधुराका उम्मेदवार डा तारा जोशी, बैतडीका उम्मेदवार हरिमोहन भण्डारी र दार्चुलाका उम्मेदवार राजेशसिंह सामन्तसँग भेट गरेका छन्...
संघीयता खारेजीको एजेण्डासहित राष्ट्रिय जनमोर्चाद्वारा चूनावी घोषणापत्र सार्वजनिक

संघीयता खारेजीको एजेण्डासहित राष्ट्रिय जनमोर्चाद्वारा चूनावी घोषणापत्र सार्वजनिक

बुधबार बुटबलमा आयोजित एक कार्यक्रमकाबीच राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी लगाएतका नेताहरुले प्रतिनिधिसभा निर्वाचन घोषणा पत्र २०८२ सार्वजनिक गरेका हुन् ।