नेभिगेशन
समाज

अन्तरिम सरकारका मन्त्रीहरु नै चुनावी मैदानमा उत्रिएका भन्दै सांसदद्वारा आलोचना

काठमाडौँ । राष्ट्रियसभाको बुधबारको बैठकमा सदस्यहरूले अन्तरिम सरकारमा कतिपय मन्त्री चुनावी मैदानमा होमिएका भन्दै टिप्पणी गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बैठकमा विशेष समयमा सांसदहरूले वर्तमान अन्तरिम सरकारका चार जना मन्त्रीले जिम्मेवारी छाडेर प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवारी दिएको विषयमा असन्तुष्टि जनाएका हुन ।

Extreme Energy
citizen life

गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा बनेको मन्त्रिपरिषद्का चार जना मन्त्रीले राजीनामा दिई निर्वाचनमा उम्मेदवार दिइसकेका छन् । यसले सरकारको नैतिकतामाथि प्रश्न उठ्नसक्ने भन्दै असन्तुष्टि जनाएका थिए ।

सांसद नारायणदत्त भट्टले नागरिक सरकार गठन हुँदाको विश्वासअनुसार कार्यसम्पादन हुनुपर्नेमा त्यसो हुन नसकेको धारणा व्यक्त गरे । नागरिक सरकारमा बसेरै निर्वाचनको उम्मेदवार बन्नु आपत्तिजनक भएको भन्दै उनले सत्ताका लागि मात्रै राजनीति गर्ने प्रवृत्तिको आलोचना गरेका थिए ।

सांसद विष्णुकुमारी सापकोटाले जेनजी आन्दोलनका सहिदहरूको स्मरण गर्दै शान्तिसुरक्षामा सुरक्षा निकायको भूमिका थप प्रभावकारी हुनुपर्नेमा जोड दिए । निर्वाचन घोषणा भएपछि नैतिक जिम्मेवारीबाट पन्छिँदै मन्त्रीहरूले राजीनामा दिई दलका झण्डा बोकेर चुनावी मैदानमा जानु अनुचित भएको उनको भनाइ छ ।

सांसद सुमित्रा बिसीले छ महिनाभित्र चुनाव गराउने प्रतिबद्धतासहित आएको सरकारले बीचमा जिम्मेवारी छाड्नु गैरजिम्मेवारीपूर्ण भएको धारणा राखेकी थिइन । उनले मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक नगरेको विषयमा पनि सरकारको ध्यानाकर्षण गराएकी थिइन ।

सांसद श्रीकृष्णप्रसाद अधिकारीले आगामी निर्वाचनलाई निष्पक्ष, धाँधलीरहित र शान्तिपूर्ण बनाउन सरकारसँग आग्रह गरेका थिए । सांसद मायाप्रसाद शर्माले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई धाँधलीरहित, शान्तिपूर्ण र निष्पक्ष बनाउन जोड दिए । उनले सरकारले राष्ट्रिय गौरवका आयोजनाका बजेट रोक्का गर्न नहुने धारणा व्यक्त गरेका थिए ।

उनले संसद् विघटनपछि सभा सञ्चालनका लागि पहल गरेकामा सभाध्यक्षप्रति आभार पनि व्यक्त गरे । सांसद भुवनबहादुर सुनारले संसद्ले बनाएको बजेट सरकारले रोक्न नहुने धारणा व्यक्त गरेका थिए । वर्तमान सरकार सुशासन र भ्रष्टाचार नियन्त्रणमा केन्द्रित हुनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आइसीसी विश्वकप लिग–२ः वर्षाका कारण स्कटल्यान्ड र अमेरिकाबीचको खेल रोकियो

आइसीसी विश्वकप लिग–२ः वर्षाका कारण स्कटल्यान्ड र अमेरिकाबीचको खेल रोकियो

अमेरिकाका लागि स्मित पटेलले ७२ तथा कप्तान मोनाङ्क पटेलले १२ रन बनाए । यसअघि आइसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ट्स हारेर पहिला ब्याटिङ...
कानुन निर्माणमा कर्मचारीतन्त्र हावि भयो,सांसदहरुलाई जिम्मेवार बनाऔँः विपिन आचार्य

कानुन निर्माणमा कर्मचारीतन्त्र हावि भयो,सांसदहरुलाई जिम्मेवार बनाऔँः विपिन आचार्य

उनले शक्ति पृथकीकरण र संसदीय सर्वोच्चताको वास्तविक अभ्यासका लागि कानुन निर्माणको प्रक्रियागत संरचनामा परिवर्तन गरी सांसदहरूलाई नै ड्राइभिङ सिटमा राख्नुपर्ने प्रस्ताव गरे। सांसद आचार्यले संसदमा देखिएका अवरोध र...
प्रधानमन्त्रीले जवाफ नदिए श्रम संस्कृति बैठकबाट बाहिरिन्छः हर्क साम्पाङ

प्रधानमन्त्रीले जवाफ नदिए श्रम संस्कृति बैठकबाट बाहिरिन्छः हर्क साम्पाङ

‘यदी उहाँ आउनुहुन्न भने श्रम संस्कृति बाहिरिनेछौं । हामीले अरुबाट सुन्नुपर्ने स्थिति होइन,’ उनले भने, ‘आफ्नो बिहेमा अरूलाई बेहुला पठाएर हुँदैन । त्यसकारण उहाँले नै उत्तर दिनुपर्ने हुन्छ...
शहीद दशरथ चन्द स्वास्थ्य विश्वविद्यालयमा उपकुलपति छनोट प्रक्रिया अघि बढ्यो

शहीद दशरथ चन्द स्वास्थ्य विश्वविद्यालयमा उपकुलपति छनोट प्रक्रिया अघि बढ्यो

बैठकले यसअघि विश्वविद्यालय सभामा रहेर योगदान पुर्‍याएका सबै सिनेटरप्रति धन्यवाद ज्ञापन गरेको छ।