नेभिगेशन
मुख्य समाचार

काठमाडौँसहित धेरै स्थानमा वर्षा, सबैभन्दा बढी सुर्खेतमा ४३ मिमी

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणाली विकास हुँदा बुधबार काठमाडौँ उपत्यकासहित देशभरको मौसम बदली भई ठाउँठाउँमका वर्षा र हिमपात भएको छ । अहिले अपराह्न काठमाडौँ उपत्यकामा पनि वर्षा भएको छ ।

काठमाडौँमा २.२, ललितपुर र भक्तपुरमा समाान ४.८ मिलिमिटर वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा बढी सुर्खेतमा ४३ मिलिमिटर वर्षा भएको छ । यो झण्डै भारी वर्षाको नजिक हो ।

CG

यस्तै रुकुमको शेरागाउँमा ३८ मिलिमिटर र जाजरकोटमा ३३ मिलिमिटर वर्षा भएको छ । बैतडीमा ३५.६, डडेलधुरामा ३३.२, बाजुरमा ३०.२, मनाङमा ३२.४ र डोल्पामा ३१ मिलिमिटर वर्षा भएको छ । यो मध्यम वर्षा हो । नेपालको पश्चिम क्षेत्रका उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात पनि भएको छ ।

जसका कारण जनजीवन प्रभावित भएको छ । बागमती प्रदेशदेखि पश्चिमका अधिकांश जिल्लामा बुधबार वर्षा भएको र ती जिल्लाका १०० जति वर्षा मापन केन्द्रमा १० देखि ३० मिलिसिमटरबीचमा वर्षा भएको पनि विभागको अभिलेखमा उल्लेख छ । यो हल्कादेखि मध्यमसम्म वर्षा हो ।

प्रणाली विस्तारै पूर्वतर्फ सर्दै गएको जानकारी दिँदै मौसमविद् वरुण पौडेलले तराई र कोशीमा भने कम नै वर्षा हुने देखिएको बताए । अहिले पछिल्लो १ घण्टामा भने गण्डकी प्रदेश र बागमती प्रदेशका जिल्लामा बढी वर्षा भएको छ ।

बुधबार रातिदेखि यो प्रणाली कमजोर हुने र विस्तारै खुल्ने विभागले जनाएको छ । तर चिसो भने बढाउने र केही दिन बदली पनि रहने जनाइएको छ । आज राति देशको पहाडी र हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातरवर्षाको सम्भावना रहेको छ ।

भोलि बिहीबार तराई भू–भागका धेरै स्थानमा हुस्सु र कुहिरो रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लाग्ने छ र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने मौसमविद् पौडेलले बताए । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातरवर्षाको सम्भावना रहेको पनि जनाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
माहोल सिर्जना गर्न उम्मेदवार र पार्टीको पक्षमा सक्दो पोष्ट गरौंः महामन्त्री पौडेल

माहोल सिर्जना गर्न उम्मेदवार र पार्टीको पक्षमा सक्दो पोष्ट गरौंः महामन्त्री पौडेल

यति धेरै सक्रिय कार्यकर्ता अरु दलको नभएको भन्दै उनले यसले नै पार्टीको जितको आधार सुनिश्चित गरेको बताए । पार्टीले केही दिनभित्रै देशको भावी मार्गचित्र कोर्ने गरी घोषणापत्र ल्याउने...
प्रधानमन्त्री कार्की र नर्वेली राजदूत मियोसबीच शिष्टाचार भेट

प्रधानमन्त्री कार्की र नर्वेली राजदूत मियोसबीच शिष्टाचार भेट

उक्त अवसरमा राजदूत मियोसले नेपालका प्रथम महिला प्रधानमन्त्रीका रुपमा कार्कीलाई पाउँदा खुसी व्यक्त गर्दै उनको नेतृत्वमा आगामी निर्वाचन निर्बाध सम्पन्न हुने विश्वास व्यक्त गरेका थिए ।
भारी हिमपातका कारण ढोरपाटनमा अलपत्र यात्रुको उद्धार

भारी हिमपातका कारण ढोरपाटनमा अलपत्र यात्रुको उद्धार

रुकुम पूर्वकी प्रमुख जिल्ला अधिकारी सीता परियारका अनुसार काठमाडौँदेखि रुकुम, जाजरकोट, डोल्पालगायत पश्चिम नेपाल जाने यात्रुलाई सुरक्षाकर्मीको गाडीबाट उद्धार गरिएको छ । यात्रुलाई रुकुमकोटसम्म पुर्‍याएर गन्तव्यमा पठाइने प्रजिअ...
अन्तरिम सरकारका मन्त्रीहरु नै चुनावी मैदानमा उत्रिएका भन्दै सांसदद्वारा आलोचना

अन्तरिम सरकारका मन्त्रीहरु नै चुनावी मैदानमा उत्रिएका भन्दै सांसदद्वारा आलोचना

बैठकमा विशेष समयमा सांसदहरूले वर्तमान अन्तरिम सरकारका चार जना मन्त्रीले जिम्मेवारी छाडेर प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवारी दिएको विषयमा असन्तुष्टि जनाएका हुन ।