नेभिगेशन
समाज

बेलायत–चीन सम्बन्ध सुदृढ गर्ने सहमति

बेलायत र चीनका नेताहरूले बढ्दो विश्वव्यापी अनिश्चितताको पृष्ठभूमिमा दुई देशबीचको सम्बन्धलाई अझ गहिरो बनाउन व्यापक रणनीतिक साझेदारीको आवश्यकता औँल्याएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम प्रत्यक्ष रूपमा नलिइए पनि विश्व व्यवस्थामा आएको उतारचढाव दुवै नेताको छलफलको केन्द्रमा रहेको देखिएको छ ।

Ncell
Extreme Energy

बेलायती प्रधानमन्त्री किर स्टार्मरले चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको भेटमा जलवायु परिवर्तन र विश्वव्यापी स्थिरताजस्ता चुनौतीपूर्ण विषयमा सहकार्य गर्दै सम्बन्धलाई मजबुत बनाउनु आवश्यक रहेको बताए ।

दुवै नेताबीच बेइजिङस्थित ग्रेट हल अफ द पिपलमा भेट भएको हो । बेलायत–चीन सम्बन्ध पछिल्ला वर्षहरूमा जासुसी आरोप, युक्रेन युद्धमा रुसप्रति चीनको समर्थन र हङकङमा स्वतन्त्रतामाथि लगाइएको नियन्त्रणका कारण तनावग्रस्त बनेको थियो ।

आठ वर्षपछि चीन भ्रमण गर्ने पहिलो बेलायती प्रधानमन्त्री स्टार्मर नै हुन । राष्ट्रपति सीले विगतका वर्षहरूमा सम्बन्धमा अवरोध आएको स्वीकार गर्दै वर्तमान जटिल अन्तर्राष्ट्रिय परिस्थितिमा शान्ति र स्थिरताका लागि वार्ता र सहकार्य सुदृढ गर्नुपर्ने धारणा व्यक्त गरेका थिए ।

उनले राष्ट्रिय सुरक्षा र मानव अधिकारसम्बन्धी चिन्ताबीच चीनसँग संवाद अघि बढाउन स्टार्मरले सामना गर्नुपरेको आलोचनालाई पनि सङ्केत गरेका थिए ।

प्रधानमन्त्री स्टार्मरले चीनसँग कूटनीतिक संवाद र आर्थिक सहकार्य कायम राख्दै राष्ट्रिय सुरक्षाको रक्षा गर्ने नीति अपनाएको स्पष्ट पारेका थिए । उनले  सरकारमा आएपछि बेलायतलाई अन्तर्राष्ट्रिय रूपमा पुनः सक्रिय बनाउने वाचा गरेको स्मरण गराउँदै विदेशमा हुने घटनाले घरेलु अर्थतन्त्र र जनजीवनमा प्रत्यक्ष प्रभाव पार्ने उल्लेख गरेका थिए ।

आर्थिक वृद्धि र जीवनयापन लागतको दबाब सामना गरिरहेको बेलायती सरकारले चीनमा व्यापारिक अवसर विस्तार गर्न खोजेको छ । यसै क्रममा स्टार्मरको भ्रमणमा ५० भन्दा बढी शीर्ष व्यापारीहरू सहभागी भएका छन् । ट्रम्पको नेतृत्वमा विश्वव्यापी व्यापारमा आएको अवरोधका कारण धेरै मुलुक नयाँ साझेदारी खोज्न सक्रिय बनेका छन् ।

यसै सन्दर्भमा स्टार्मर दक्षिण कोरिया, क्यानाडा र फिनल्यान्डपछि यस महिना बेइजिङ भ्रमण गर्ने चौथो अमेरिकी सहयोगी देशका नेता हुन । उनले बिहीबार चीनको राष्ट्रिय जन काङ्ग्रेसका अध्यक्ष झाओ लेजीसँग पनि भेट गरेका छन् । दुवै देशले विभिन्न सम्झौतामा हस्ताक्षर गर्ने अपेक्षा गरिएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सरकारको पूर्वतयारीको परीक्षा, जोखिम कम गर्न सरकारले के गरिरहेको छ ?

सरकारको पूर्वतयारीको परीक्षा, जोखिम कम गर्न सरकारले के गरिरहेको छ ?

भदौ १० गते बिहान ल्हेन्दे खोलाबाट अचानक आएको बाढीले भोटेकोशी हुँदै त्रिशूली नदीको तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍यायो। हिमाली क्षेत्रमा भएको आकस्मिक घटनाको प्रभाव केही घण्टामै तल्लो तटीय...
कार्यवाहक प्रधानमन्त्री डा.स्वर्णिम वाग्लेले लिए माैसम र पूर्वतयारीबारे ब्रिफिङ

कार्यवाहक प्रधानमन्त्री डा.स्वर्णिम वाग्लेले लिए माैसम र पूर्वतयारीबारे ब्रिफिङ

त्यसैगरी, चौबिसै घण्टा सूचना डेस्क सञ्चालन गरिएको तथा विपद् जोखिम न्यूनीकरणका लागि  सम्भावित जिल्लाका प्रशासन कार्यालय, पर्यटन, यातायात,  पूर्वाधार लगायतका क्षेत्रहरूसँग समन्वय भइरहेको जानकारी कार्यकारी प्रमुख डा. उप्रेतीले...
भारी वर्षा हुने पूर्वानुमानपछि बिपी राजमार्गको ट्रयाकको काम स्थगित

भारी वर्षा हुने पूर्वानुमानपछि बिपी राजमार्गको ट्रयाकको काम स्थगित

“सम्भावित वर्षा, पहिरो तथा सडकमा आउन सक्ने चुनौतीलाई मध्यनजर गर्दै निर्माण कार्य केही दिन स्थगित गर्ने तयारी गरिएको हो । यसबाट सडकमा हुने सम्भावित जोखिम न्यूनीकरण गर्दै यातायात...
कार्यवाहक प्रधानमन्त्री डा‍ स्वर्णिम वाग्ले र कृषिमन्त्री गिता चौधरीबीच रासायनिक मलको सहज आपूर्तिबारे छलफल

कार्यवाहक प्रधानमन्त्री डा‍ स्वर्णिम वाग्ले र कृषिमन्त्री गिता चौधरीबीच रासायनिक मलको सहज आपूर्तिबारे छलफल

भेटवार्ताका क्रममा आगामी दिनमा रासायनिक मलको आपूर्ति, रसुवा बाढीबाट प्रभावित नागरिकका लागि प्राप्त राहत रकमलगायतका विषयमा छलफल भयो ।

भर्खरै