नेभिगेशन
समाज

जेनजी आन्दोलनपछि पार्टीलाई रुपान्तरण गरेर अघि बढाउन सफल भयौंः उपसभापति शर्मा

काठमाडौँ  । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले जेनजी आन्दोलनपछि पार्टीलाई रुपान्तरण गरेर अघि बढाउन सफल भएको बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहीबार काठमाडौंमा आयोजित कांग्रेस रामेछापको निर्वाचन केन्द्रित कार्यक्रममा उपसभापति शर्माले पार्टीको नेतृत्व चयनदेखि उम्मेदवार छनौटसम्म पुग्दा पार्टीलाई रुपान्तरण गरेर अघि बढाउन सफल भएको बताएका हुन ।

Ncell
Extreme Energy

प्रतिनिधिसभा निर्वाचनअघि कांग्रेसभित्रको आन्तरिक असन्तुष्टिमा अल्झने छुट कसैलाई नरहेको उनले बताए । उनले अघिल्लो निर्वाचनको तुलनामा यसपटक १६५ क्षेत्रमध्ये १०६ ठाउँमा नयाँ अनुहार पठाएको उल्लेख गरे । महिला उम्मेद्वारको संख्यापनि केहि धेरै राखिएको र आगामी दिन अझै बढाएर जाने उनको भनाइ छ ।

उपसभापति शर्माले पार्टीभित्र सबै पक्षलाई सन्तुलन मिलाएर सवैलाई न्यायोचित तवरले टिकट वितरण गरेको दावी गरे । उनले बिभिन्न मापदण्डका आधारमा पार्टी सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको बताए ।

भावी प्रधानमन्त्रीको उम्मेदवारबीच बहस भए आफ्ना उम्मेद्वारलाई जुनसुकै स्थानमा पठाउन कांग्रेस तयार रहेको उनको भनाइ छ ।

उनले पार्टीले बनाएको आचारसंहीतालाई गम्भीरतापूर्वक कार्यान्वयन गर्न निर्देशन दिए । शर्माले देश बनाउने भिजनसहितको पार्टीको घोषणपत्र छिटै सार्वजनिक गरिने जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सरकारको पूर्वतयारीको परीक्षा, जोखिम कम गर्न सरकारले के गरिरहेको छ ?

सरकारको पूर्वतयारीको परीक्षा, जोखिम कम गर्न सरकारले के गरिरहेको छ ?

भदौ १० गते बिहान ल्हेन्दे खोलाबाट अचानक आएको बाढीले भोटेकोशी हुँदै त्रिशूली नदीको तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍यायो। हिमाली क्षेत्रमा भएको आकस्मिक घटनाको प्रभाव केही घण्टामै तल्लो तटीय...
कार्यवाहक प्रधानमन्त्री डा.स्वर्णिम वाग्लेले लिए माैसम र पूर्वतयारीबारे ब्रिफिङ

कार्यवाहक प्रधानमन्त्री डा.स्वर्णिम वाग्लेले लिए माैसम र पूर्वतयारीबारे ब्रिफिङ

त्यसैगरी, चौबिसै घण्टा सूचना डेस्क सञ्चालन गरिएको तथा विपद् जोखिम न्यूनीकरणका लागि  सम्भावित जिल्लाका प्रशासन कार्यालय, पर्यटन, यातायात,  पूर्वाधार लगायतका क्षेत्रहरूसँग समन्वय भइरहेको जानकारी कार्यकारी प्रमुख डा. उप्रेतीले...
भारी वर्षा हुने पूर्वानुमानपछि बिपी राजमार्गको ट्रयाकको काम स्थगित

भारी वर्षा हुने पूर्वानुमानपछि बिपी राजमार्गको ट्रयाकको काम स्थगित

“सम्भावित वर्षा, पहिरो तथा सडकमा आउन सक्ने चुनौतीलाई मध्यनजर गर्दै निर्माण कार्य केही दिन स्थगित गर्ने तयारी गरिएको हो । यसबाट सडकमा हुने सम्भावित जोखिम न्यूनीकरण गर्दै यातायात...
कार्यवाहक प्रधानमन्त्री डा‍ स्वर्णिम वाग्ले र कृषिमन्त्री गिता चौधरीबीच रासायनिक मलको सहज आपूर्तिबारे छलफल

कार्यवाहक प्रधानमन्त्री डा‍ स्वर्णिम वाग्ले र कृषिमन्त्री गिता चौधरीबीच रासायनिक मलको सहज आपूर्तिबारे छलफल

भेटवार्ताका क्रममा आगामी दिनमा रासायनिक मलको आपूर्ति, रसुवा बाढीबाट प्रभावित नागरिकका लागि प्राप्त राहत रकमलगायतका विषयमा छलफल भयो ।

भर्खरै