नेभिगेशन
समाज

तीन सवारीसाधन ठोक्किँदा एकजनाको मृत्यु, एक घाइते

भक्तपुर । भक्तपुरको कमलविनायक बसपार्क नजिकै टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छभने मोटरसाइकल चालक घाइते भएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कमलविनायकबाट च्यामासिंहतर्फ जाँदै गरेको बा ५५ प १७४५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई लड्दा सोही दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२–०२०प.११६८ नम्बरको स्कुटरसँग ठोक्किएपछि सोही दिशाबाट आउँदै गरेको प्रदेश ३–०१–००३ क. ६२९१ नम्बरको टिपरले स्कुटरलाई ठक्कर दिएको जिल्ला प्रहरी भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी जानकारी दिए ।

Ncell
Extreme Energy

दुर्घटनामा गम्भीर घाइते भएका स्कुटर चालक भक्तपुर नगरपालिका–८ निवासी २६ वर्षीय बिमल वनमालाको भक्तपुर अस्पतालमा उपचारकै क्रममा बिहीबार मृत्यु भएको उनले जानकारी दिए ।

त्यसैगरी दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक भक्तपुर नगरपालिका–७ इनाचोकका २४ वर्षीय राजेश वनमालाको ललितपुरस्थित बी एन्ड बी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि फरार रहेका टिपर चालक सिन्धुपाल्चोकका २५ वर्षीय राजकुमार माझीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको र दुर्घटनामा परेका तीनवटै सवारीसाधन प्रहरी वृत्त जगातीका राखिएको उनले जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आइसिसी विश्वकप लिग–२ : नेदरल्यान्डससँग नेपाल पराजित

आइसिसी विश्वकप लिग–२ : नेदरल्यान्डससँग नेपाल पराजित

आइसिसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत बुधबार सम्पन्न खेलमा नेपाल नेदरल्यान्डसँग पराजित भएको छ ।
‘रेड नोटिस’ जारी भएका राई कतारबाट पक्राउ

‘रेड नोटिस’ जारी भएका राई कतारबाट पक्राउ

जबर्जस्ती करणी मुद्दामा ‘इन्टरपोल’बाट ‘रेड नोटिस’ जारी भएका ३२ वर्षीय जनक राई कतारबाट पक्राउ परेका छन् ।
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
ऊर्जामन्त्री श्रेष्ठ फिल्डमा उत्रेपछि एकदिनमै हट्याे थापाथली क्षेत्रकाे अव्यवस्थित तार

ऊर्जामन्त्री श्रेष्ठ फिल्डमा उत्रेपछि एकदिनमै हट्याे थापाथली क्षेत्रकाे अव्यवस्थित तार

मंगलबार राति तारहरूकाे गुजुल्टाेमा आगलागी भएपछि विहानैदेखि मन्त्री श्रेष्ठ थापाथली पुगेर व्यवस्थापनमा जुटेका थिए । उनले अवरुद्ध सेवा तत्काल सूचारू र तार व्यवस्थापनका लागि सम्बन्धित निकायसँग समन्वय पनि...