नेभिगेशन
मुख्य समाचार

तीन सवारीसाधन ठोक्किँदा एकजनाको मृत्यु, एक घाइते

भक्तपुर । भक्तपुरको कमलविनायक बसपार्क नजिकै टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छभने मोटरसाइकल चालक घाइते भएका छन् ।

कमलविनायकबाट च्यामासिंहतर्फ जाँदै गरेको बा ५५ प १७४५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई लड्दा सोही दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२–०२०प.११६८ नम्बरको स्कुटरसँग ठोक्किएपछि सोही दिशाबाट आउँदै गरेको प्रदेश ३–०१–००३ क. ६२९१ नम्बरको टिपरले स्कुटरलाई ठक्कर दिएको जिल्ला प्रहरी भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी जानकारी दिए ।

CG

दुर्घटनामा गम्भीर घाइते भएका स्कुटर चालक भक्तपुर नगरपालिका–८ निवासी २६ वर्षीय बिमल वनमालाको भक्तपुर अस्पतालमा उपचारकै क्रममा बिहीबार मृत्यु भएको उनले जानकारी दिए ।

त्यसैगरी दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक भक्तपुर नगरपालिका–७ इनाचोकका २४ वर्षीय राजेश वनमालाको ललितपुरस्थित बी एन्ड बी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि फरार रहेका टिपर चालक सिन्धुपाल्चोकका २५ वर्षीय राजकुमार माझीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको र दुर्घटनामा परेका तीनवटै सवारीसाधन प्रहरी वृत्त जगातीका राखिएको उनले जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
भारत सरकारद्वारा नेपाललाई २ सय २० सवारीसाधन प्रदान

भारत सरकारद्वारा नेपाललाई २ सय २० सवारीसाधन प्रदान

बिहीबार अर्थमन्त्रालयमा नेपालका लागि भारतका कार्यवाहक राजदूत डा. राकेश पाण्डेले सवारी साधनहरुको साँचो हस्तान्तरण गरेका थिए ।
पर्वतबाट यस वर्ष ३२ करोडको सुन्तला निर्यात

पर्वतबाट यस वर्ष ३२ करोडको सुन्तला निर्यात

जिल्लाको सबैभन्दा बढी सुन्तला उत्पादन हुने स्थान बाँसखर्कबाट मात्र रु २० करोडका सुन्तला निर्यात भएको छभने मल्लाजको पूर्णगाउँ, रातमाटा, शालिजा, भोटेडाँडा, मोदी गाउँपालिकाको देउपुर, बाजुङ, चित्रे, फलेवास नगरपालिकाको...
बाक्लो हुस्सु तथा कुहिरोको कारण अवरुद्ध आन्तरिक उडान सुचारू

बाक्लो हुस्सु तथा कुहिरोको कारण अवरुद्ध आन्तरिक उडान सुचारू

काठमाडौँ, विराटनगर, राजविराज, नेपालगञ्ज, धनगढी, सुर्खेत र तुम्लिङटार विमानस्थलमा उडान सुरु हुन नसकेको भए पनि अहिले भरतपुर, टुम्लिङटार, नेपालगञ्ज बाहेक अन्य ठाउँमा उडान सुचारु भएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका...
जेनजी आन्दोलनपछि पार्टीलाई रुपान्तरण गरेर अघि बढाउन सफल भयौंः उपसभापति शर्मा

जेनजी आन्दोलनपछि पार्टीलाई रुपान्तरण गरेर अघि बढाउन सफल भयौंः उपसभापति शर्मा

बिहीबार काठमाडौंमा आयोजित कांग्रेस रामेछापको निर्वाचन केन्द्रित कार्यक्रममा उपसभापति शर्माले पार्टीको नेतृत्व चयनदेखि उम्मेदवार छनौटसम्म पुग्दा पार्टीलाई रुपान्तरण गरेर अघि बढाउन सफल भएको बताएका हुन ।