नेभिगेशन
मुख्य समाचार

लुटपाट तथा चोरीमा संलग्न सक्रिय गिरोह पक्राउ, प्रहरीले गोली हानेर लिइएको थियो नियन्त्रणमा

काठमाडौँ । नेपाल प्रहरीले रातको समयमा गरगहना र नगद लुटपाट गर्ने गिरोहलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबार पत्रकार सम्मेलन गर्दैै विगत ३ महिनादेखि रातको समयमा मोटरसाइकलमा चढेर लुटपाट गर्ने गिरोहलाई पक्राउ गरिएको जनाएको हो ।

CG

जिल्ला प्रहरी परिसर काठमाडौं, प्रहरी वृत्त स्वयम्भू, प्रहरी वृत्त गौशाला र प्रहरी वृत्त बौद्धबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई काठमाडौं विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । बुधबारराती प्रहरीले काठमाडौँको मूलपानीमा गोली हानेर मुख्य योजनाकारसहितलार्ई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा बिनय तामाङ, आयन माझी, मनिस रसाईली, सविन माझी, पेमा तामाङ, सलोन तामाङ, राजिव भण्डारी, विशाल तामाङ, विदुर विश्वकर्मा र फुर्वा तामाङ रहेका छन् । बिनय तामाङ गरगहना र नगद लुटपाट गर्ने गिरोहको मुख्य योजनाकार रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका सवै आपराधिक पृष्ठभूमिका रहेको र दिनको समयमा ट्याक्सि चलाउने र राती लुटपाटमा संलग्न हुने गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाले जानकारी दिनुभयो । पक्राउ परेका गिरोहहरु जनेजी आन्दोलनपछि लुटपाटमा सक्रिय रहेका देखिएको उनले बताए ।

पक्राउ परेका व्यक्तिहरुबाट लुटपाटमा प्रयोग गरिएका एउटा निजि कार, एउटा ट्याक्सी र ६ वटा मोटरसाइकल समेत बरामद गरेको छ । गरगहना र नगद लुटपाटका घटनामा हालसम्म २७ जना पीडित प्रहरी सम्पर्कमा आएको र जाहेरी दरखास्त प्राप्त भएको प्रहरीले जनाएको छ ।

त्यस्तै काठमाडौं प्रहरीले ३३ किलो सुन प्रकरणमा सनम शाक्यको अपहरण शरीर बन्धक तथा ज्यान सम्बन्धी कसुरका फरार प्रतिवादी सुरेन्द्र गौतमलाई पक्राउ गरिएको जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
रास्वपा सभापति रवि लामिछाने अस्पतालबाट डिस्चार्ज

रास्वपा सभापति रवि लामिछाने अस्पतालबाट डिस्चार्ज

स्वास्थ्यमा समस्यादेखिपछि मङ्गलवार शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका थिए ।
निर्वाचन सुरक्षा रणनीति निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल

निर्वाचन सुरक्षा रणनीति निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीबारे भइरहेको गतिविधिका बारेमा जानकारी लिन बिहीबार निर्वाचन आयोग पुगेका उनले शान्तिसुरक्षा बिथोल्न खोज्ने जो कोहीलाई कडाभन्दा कडा कारबाही...
स्वास्थ्य बिमाको क्षेत्रमा सुधारका काम भइरहेका छन्ः स्वास्थ्यमन्त्री

स्वास्थ्य बिमाको क्षेत्रमा सुधारका काम भइरहेका छन्ः स्वास्थ्यमन्त्री

सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रको ३०औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले स्वास्थ्य बिमालाई व्यवस्थित रुपमा सञ्चालन गर्न सरकारले काम गरिरहेको बताइन ।
विगतका कुरालाई थाती राखेर निर्वाचनमा केन्द्रीत हुन नेकपा नेता सापकोटाको आग्रह

विगतका कुरालाई थाती राखेर निर्वाचनमा केन्द्रीत हुन नेकपा नेता सापकोटाको आग्रह

प्रेस सेन्टर नेपालको २२ औं स्थापना दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा सापकोटाले पार्टीभित्र नमिलेका कुरा मिलाउनुपर्ने र बहस गर्नुपर्ने धेरै कुराहरु रहेपनि त्यसलाई थाती राखेर निर्वाचनमा केन्द्रीत...