नेभिगेशन
मुख्य समाचार

निर्वाचन सुरक्षा रणनीति निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले निर्वाचन सुरक्षा मजबुत बनाई भयमुक्त वातावरण निर्माण गर्ने कार्यलाई उच्च प्राथमिकता दिई काम गरिरहेको बताएका छन् ।

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीबारे भइरहेको गतिविधिका बारेमा जानकारी लिन बिहीबार निर्वाचन आयोग पुगेका उनले शान्तिसुरक्षा बिथोल्न खोज्ने जो कोहीलाई कडाभन्दा कडा कारबाही गर्न सरकार कटिबद्ध रहेको बताए ।

CG

मतदाता, राजनीतिक दल, उम्मेदवार, निर्वाचनमा खटिने कर्मचारी एवं सुरक्षाकर्मीलगायत सरोकार भएका सबैको सुरक्षाको भरपर्दो व्यवस्था मिलाएको गृहमन्त्री अर्यालले जानकारी गराएका थिए । यसका लागि मन्त्रालयले निर्वाचन कार्यतालिकासँग तालमेल हुने गरी सुरक्षा योजना बनाई काम गरिरहेको उनको भनाइ छ ।

उनले भने, “आपराधिक तथा निर्वाचन बिरोधी गतिविधि उपर शून्य सहनशीलताको नीति अवलम्बन गरी कार्य गर्न स्थानीय प्रशासन, सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिइसकिएको छ,” ।

छलफलका क्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधिसभा सदस्य निर्वाचन तयारीका क्रममा सरकारबाट प्राप्त सहयोग र समन्वयप्रति धन्यवाद व्यक्त गर्दै निर्वाचन व्यवस्थापनका क्रममा आयोगका तर्फबाट गरिनुपर्ने व्यवस्थापकीय तयारी सम्पन्न भएको जानकारी गराए ।

निर्वाचन व्यवस्थापनका क्रममा संविधान, निर्वाचनसम्बन्धी कानुन, निर्वाचन आचारसंहिता विपरीत हुने कुनै पनि गतिविधि एवम् क्रियाकलापप्रति आयोग कठोर रुपमा प्रस्तुत हुने उनले बताए । कुनै पनि पक्षबाट हुने दण्डहीनता आयोगलाई मान्य नहुने पनि कार्यवाहक प्रमुख आयुक्त भण्डारीको भनाइ थियो ।

छलफलमा निर्वाचन आयुक्तद्वय सगुनशमशेर जबरा र डा जानकीकुमारी तुलाधर, निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउत, गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठलगायत उच्चपदस्थ अधिकारीहरुको उपस्थिति थियो ।

भेटमा अगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनलाई, निष्पक्ष, पारदर्शी एवम् भयमुक्त वातावरणमा सम्पन्न गराउन समग्र शान्तिसुरक्षा र निर्वाचनको समय व्यवस्थापनको तयारीका बारेमा पनि छलफल भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
रास्वपा सभापति रवि लामिछाने अस्पतालबाट डिस्चार्ज

रास्वपा सभापति रवि लामिछाने अस्पतालबाट डिस्चार्ज

स्वास्थ्यमा समस्यादेखिपछि मङ्गलवार शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका थिए ।
लुटपाट तथा चोरीमा संलग्न सक्रिय गिरोह पक्राउ, प्रहरीले गोली हानेर लिइएको थियो नियन्त्रणमा

लुटपाट तथा चोरीमा संलग्न सक्रिय गिरोह पक्राउ, प्रहरीले गोली हानेर लिइएको थियो नियन्त्रणमा

जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबार पत्रकार सम्मेलन गर्दैै विगत ३ महिनादेखि रातको समयमा मोटरसाइकलमा चढेर लुटपाट गर्ने गिरोहलाई पक्राउ गरिएको जनाएको हो ।
स्वास्थ्य बिमाको क्षेत्रमा सुधारका काम भइरहेका छन्ः स्वास्थ्यमन्त्री

स्वास्थ्य बिमाको क्षेत्रमा सुधारका काम भइरहेका छन्ः स्वास्थ्यमन्त्री

सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रको ३०औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले स्वास्थ्य बिमालाई व्यवस्थित रुपमा सञ्चालन गर्न सरकारले काम गरिरहेको बताइन ।
विगतका कुरालाई थाती राखेर निर्वाचनमा केन्द्रीत हुन नेकपा नेता सापकोटाको आग्रह

विगतका कुरालाई थाती राखेर निर्वाचनमा केन्द्रीत हुन नेकपा नेता सापकोटाको आग्रह

प्रेस सेन्टर नेपालको २२ औं स्थापना दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा सापकोटाले पार्टीभित्र नमिलेका कुरा मिलाउनुपर्ने र बहस गर्नुपर्ने धेरै कुराहरु रहेपनि त्यसलाई थाती राखेर निर्वाचनमा केन्द्रीत...