नेभिगेशन
समाज

अब कुनै आमाको काख नरित्तियोस्ः प्रधानमन्त्री कार्की

काठमाडौँ।  प्रधानमन्त्री सुशीला कार्कीले सहिदहरूको साहस, चेतना र सङ्कल्पका कारण आज देश परिवर्तनको ऐतिहासिक मोडमा उभिएको बताउनुभएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सहिद दिवसका अवसरमा उहाँले आज जारी गर्नुभएको शुभकामना सन्देशमा नागरिक स्वतन्त्रता र लोकतन्त्रका लागि आफ्नो अमूल्य जीवन अर्पण गर्ने सबै सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।  

Ncell
Extreme Energy

सन्देशमा भनिएको छ, “उहाँहरूको साहस, चेतना र सङ्कल्पकै कारण आज देश परिवर्तनको ऐतिहासिक मोडमा उभिएको छ, अब कुनै आमाको काख फेरि रित्तिन नपरोस् । न्याय, समानता, उत्तरदायी शासन र उज्यालो भविष्यको आशामा उठेको जेनजी आन्दोलनमा सहादत प्राप्त वीर योद्धाहरूलाई पनि नमन ।”

प्रधानमन्त्री कार्कीले सन्देशमा शासकीय मूल्य, नैतिकता र नागरिकको सम्मानमा आधारित राज्य निर्माणको दायित्व प्रत्येक शासकको स्मरणमा सदा रहनुपर्नेमा जोड दिनुभएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
यी ३० जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

यी ३० जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

जल तथा मौसम विज्ञान विभागले देशभर मनसुनी वायुको प्रभाव रहेको बताएको छ । यद्यपि हाल मनसुनको न्यून चापीय रेखा भने सरदर स्थान (भारततर्फ) को आसपासमा नै रहेको छ...
ऋण असुलीबाट शिव शिखरका बचतकर्तालाई रकम फिर्ता जारी, थप ५६ जनाले पाए रकम

ऋण असुलीबाट शिव शिखरका बचतकर्तालाई रकम फिर्ता जारी, थप ५६ जनाले पाए रकम

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ ।
सभामुखले भेटे राष्ट्रपति

सभामुखले भेटे राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद अर्यालले भेट गरेका छन् ।
प्रतिनिधिसभा बैठकको पूर्वसन्ध्यामा सभामुखसँग विपक्षीका पाँच माग

प्रतिनिधिसभा बैठकको पूर्वसन्ध्यामा सभामुखसँग विपक्षीका पाँच माग

विपक्षी दलहरुले प्रतिनिधि सभा बैठकको पूर्वसन्ध्यामा सभामुख डोलप्रसाद अर्यालसँग पाँचवटा माग राखेका छन् ।