नेभिगेशन
मुख्य समाचार

सहिदहरुको आकाङ्क्षा साकार पार्न मन, वचन र कर्मले समर्पित हुन राष्ट्रपतिको आग्रह

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले  सम्पूर्ण राजनीतिक दल, आम जनसमुदाय र सम्बद्ध सबैलाई नेपाल राष्ट्र र नेपाली जनताको स्वाधीनताका लागि सहादत प्राप्त गरेका सहिदहरुको आकाङ्क्षा साकार पार्न मन, वचन र कर्मले समर्पित हुन आग्रह गर्नुभएको छ ।

सहिद दिवसका अवसरमा सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले आफ्नो अमूल्य जीवनलाई जनता र राष्ट्रको हितका लागि समर्पण गर्नु नै सहादत भएकाले यस दिवसले सहिदहरुको आकाङ्क्षा साकार पार्न प्रेरणा र हौसला प्रदान गर्न सकोस् भन्ने कामना गर्नुभयो ।

CG

नागरिक स्वतन्त्रता, लोकतन्त्रको स्थापना र राष्ट्रियताको रक्षाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने महान् सहिदहरु शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठलगायत सम्पूर्ण ज्ञात–अज्ञात अमर सहिदहरूप््रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँले सहिद दिवस देशका लागि प्राण आहुति दिने महान् सहिदहरुको विशेष सम्झना गरिने दिनका रूप्मा आजका दिनलाई लिइने स्मरण गर्नुभयो ।

 “नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन इतिहासका विभिन्न कालखण्डमा सामन्ती, निरङ्कुश र तानाशाही शासन व्यवस्थाविरुद्ध भएका विभिन्न आन्दोलनहरुमा आफ्नो जीवन बलिदान गर्ने वीर वीरङ्गनाहरूप््रति सम्झना गर्दै हरेक वर्ष माघ १६ गतेलाई सहिद दिवसको रूप्मा हामीले मनाउँदै आएका छौँ”, सन्देशमा भनिएको छ, “महान् सहिदहरुको बलिदानद्वारा प्राप्त भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै सहिदप्रति सच्चा श्रद्धाञ्जली हुने विश्वास लिएको छु ।”
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
तोलामा २० हजार ५ सयले घट्यो सुनको मूल्य

तोलामा २० हजार ५ सयले घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार एक तोला छापावाल सुनको मूल्य तीन लाख १८ हजार ८०० र त्यति नै चाँदीको मोल रु सात हजार ६५ कायम भएको छ...
रास्वपा सनातन सभ्यताको रक्षक हो, बहुलवादी समाजको कबच होः डा.स्वर्णिम वाग्ले

रास्वपा सनातन सभ्यताको रक्षक हो, बहुलवादी समाजको कबच होः डा.स्वर्णिम वाग्ले

‘सनातन सभ्यता र उन्नत लोकतन्त्र । हाम्रो धारणा यति स्पष्ट हुँदाहुँदै विपक्षीहरू किन भ्रम छर्न उद्यत हुन्छन् ?,’ वाग्लेले थप स्पष्ट पार्दै लेखेका छन्, ‘हामी सनातन सभ्यताको रक्षक,...
शहीदलाई श्रद्धाञ्जली दिँदै बालेनले भने– ८५ वर्षमा पटकपटक व्यवस्था फेरियो, सत्ताको चरित्र फेरिएन

शहीदलाई श्रद्धाञ्जली दिँदै बालेनले भने– ८५ वर्षमा पटकपटक व्यवस्था फेरियो, सत्ताको चरित्र फेरिएन

‘राणाशासनको अन्त्यको माग गर्दै संघर्ष गर्ने गंगालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीको तत्कालीन राज्यले क्रूरतापूर्वक हत्या गरेको ८५ वर्ष भएको छ,’ बालेनले भनेका छन्, ‘त्यसको...
अब कुनै आमाको काख नरित्तियोस्ः प्रधानमन्त्री कार्की

अब कुनै आमाको काख नरित्तियोस्ः प्रधानमन्त्री कार्की

सन्देशमा भनिएको छ, “उहाँहरूको साहस, चेतना र सङ्कल्पकै कारण आज देश परिवर्तनको ऐतिहासिक मोडमा उभिएको छ, अब कुनै आमाको काख फेरि रित्तिन नपरोस् । न्याय, समानता, उत्तरदायी शासन...