नेभिगेशन
मुख्य समाचार

शहीदलाई श्रद्धाञ्जली दिँदै बालेनले भने– ८५ वर्षमा पटकपटक व्यवस्था फेरियो, सत्ताको चरित्र फेरिएन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह(बालेन) ले ८५ वर्षसम्म पटक–पटक व्यवस्था फेरिए पनि सत्ताको चरित्र नफेरिएको टिप्पणी गरेका छन् । शुक्रबार शहीद दिवसका अवसरमा शहीदहरूलाई श्रद्धाञ्जली दिँदै बालेनले यस्तो टिप्पणी गरेका हुन् ।

‘राणाशासनको अन्त्यको माग गर्दै संघर्ष गर्ने गंगालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीको तत्कालीन राज्यले क्रूरतापूर्वक हत्या गरेको ८५ वर्ष भएको छ,’ बालेनले भनेका छन्, ‘त्यसको १० वर्षपछि राणाशासनको अन्त्य भयो, तर राज्य जनताको बन्न सकेन। त्यसपछि पनि नेपाली जनताले निरन्तर संघर्ष गरिरहनु पर्‍यो। ८५ वर्षमा पटक–पटक व्यवस्था फेरियो, सत्ताको चरित्र फेरिएन ।’

CG

पटक–पटक नेपाली जनता शहीद भए पनि शहीदका सपना पूरा हुन नसकेको उल्लेख गर्दै उनले अघि भनेका छन्, ‘८५ वर्ष पहिलेजस्तै, यसपालि पनि भदौको जेन–जी आन्दोलनमा सुशासन र भ्रष्टाचार अन्त्यको माग राखेर शान्तिपूर्ण आन्दोलनमा उत्रिएका युवा र विद्यार्थीले आफ्नो अमूल्य जीवन बलिदान दिनुपर्‍यो,’ ।

अहिले आफूहरू शहीदका सपना पूरा गर्ने बाटोमा अघि बढेको बालेनले दाबी गरेका छन् । उनले अगाडि लेखेका छन्, ‘लामो समयसम्म जरा गाडेको भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्दै नेपाललाई आर्थिक रूपमा उन्नत मुलुक बनाउनुपर्ने दायित्व हाम्रो काँधमा छ ।’ राज्यका निकायहरूमा भएको चरम दलीयकरणको अन्त्य गर्दै राज्यलाई जवाफदेही र पारदर्शी बनाउनुपर्ने दायित्व आफूसँग भएको उनले दाबी गरेका छन् ।

‘यी शहीदहरूको बलिदानीलाई बेवास्ता गर्ने छुट अब हामी कसैलाई छैन,’ उनले अगाडि लेखेका छन्,‘अब समय आएको छ–शहीदका रगतलाई सम्मान गर्दै उहाँहरूको सपना पूरा गर्ने । सुशासनयुक्त, भ्रष्टाचारमुक्त देश बनाउने ।’

ऋब सम्पूर्ण ज्ञात–अज्ञात शहीदहरूको स्मरण गर्दै बलिदानीलाई सार्थक पार्न मन, वचन र कर्मले प्रतिबद्ध भएर लाग्ने समय रहेको उनले भनेका छन् । ‘फेरि कसैले शहीद बन्नु नपरोस् । सम्पूर्ण शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली,’ बालेनले भनेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
तोलामा २० हजार ५ सयले घट्यो सुनको मूल्य

तोलामा २० हजार ५ सयले घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार एक तोला छापावाल सुनको मूल्य तीन लाख १८ हजार ८०० र त्यति नै चाँदीको मोल रु सात हजार ६५ कायम भएको छ...
रास्वपा सनातन सभ्यताको रक्षक हो, बहुलवादी समाजको कबच होः डा.स्वर्णिम वाग्ले

रास्वपा सनातन सभ्यताको रक्षक हो, बहुलवादी समाजको कबच होः डा.स्वर्णिम वाग्ले

‘सनातन सभ्यता र उन्नत लोकतन्त्र । हाम्रो धारणा यति स्पष्ट हुँदाहुँदै विपक्षीहरू किन भ्रम छर्न उद्यत हुन्छन् ?,’ वाग्लेले थप स्पष्ट पार्दै लेखेका छन्, ‘हामी सनातन सभ्यताको रक्षक,...
सहिदहरुको आकाङ्क्षा साकार पार्न मन, वचन र कर्मले समर्पित हुन राष्ट्रपतिको आग्रह

सहिदहरुको आकाङ्क्षा साकार पार्न मन, वचन र कर्मले समर्पित हुन राष्ट्रपतिको आग्रह

नागरिक स्वतन्त्रता, लोकतन्त्रको स्थापना र राष्ट्रियताको रक्षाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने महान् सहिदहरु शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठलगायत सम्पूर्ण ज्ञात–अज्ञात अमर सहिदहरूप््रति भावपूर्ण...
अब कुनै आमाको काख नरित्तियोस्ः प्रधानमन्त्री कार्की

अब कुनै आमाको काख नरित्तियोस्ः प्रधानमन्त्री कार्की

सन्देशमा भनिएको छ, “उहाँहरूको साहस, चेतना र सङ्कल्पकै कारण आज देश परिवर्तनको ऐतिहासिक मोडमा उभिएको छ, अब कुनै आमाको काख फेरि रित्तिन नपरोस् । न्याय, समानता, उत्तरदायी शासन...