नेभिगेशन
समाज

नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना, यी हुन ४० जना घाइते

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते भएका छन् । घाइतेमध्ये तीन जना उपचारपछि घर फर्किएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शुक्रबार बिहान भरतपुर महानगरपालिका–२९ घुमाउनेमा दाङबाट काठमाडौँ जाँदै गरेको लुम्बिनी प्रदेश ०२–१०० ख ०४६० नम्बरको बस अनियन्त्रित भई सडकमा पल्टिएको थियो ।

Ncell
Extreme Energy

अन्य घाइतेको जिल्लाका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्द पुरीले जानकारी दिए । उनका अनुसार घाइतेमध्ये मौलाकालिका अस्पताल भरतपुरमा १५ जना, पुरानो मेडिकल कलेज भरतपुरमा १७ जना, चितवन मेडिकल कलेज भरतपुरमा पाँच जनाको उपचार भइरहेको छ ।

यी हुन दुर्घटनका घाईतेः
–दाङ लमही नगरपालिका–१ का ३३ वर्षीय गणेश चौधरी र २१ वर्षीया रुपा चौधरी
–राप्ती गाउँपालिका–५ की २४ वर्षीया माधुरी चौधरी
–बसका सहचालक राप्ती गाउँपालिका मसुरिया बस्ने २१ वर्षीय दिनेश चौधरी 
–दाङ गढवा गाउँपालिका–३ की ३१ वर्षीया सिमा चौधरी 
–गढवा–५ का १८ वर्षीय अभिषेक चौधरी
–२१ वर्षीय सम्राट चौधरी 
–घोराही–१८ का ३६ वर्षीय शालिग्राम खत्री क्षेत्री 
–शान्तिनगर–२ का ६९ वर्षीय शालिग्राम शर्मा 
–३७ वर्षीया माया चौधरी 
–लमही–२ का ३२ वर्षीय निर्मल चौधरी
–३१ वर्षीया गीता चौधरी
–१९ वर्षीय आवास चौधरी
–३२ वर्षीय राजु चौधरी 
–गढवा–२ का ३२ वर्षीय लिखुराम चौधरी 
–घोराही–१८ का ३१ वर्षीय बाबुराम थापा
–४० वर्षीय शुभराम वाग्ले 
–सल्यान छत्रेश्वरी–५ की १८ वर्षीया लिला कवर मगर 
–२१ वर्षीय रमेश कवर मगर
–गढवा–२ की २७ वर्षीया मिना चौधरी 
–३० वर्षीय विष्णु चौधरी 
–२२ वर्षीया सन्ध्या बफ्रेल
–लमही–२ का २१ वर्षीय प्रकाश चौधरी 
–घोराही–१६ का ६० वर्षीय फणेन्द्र पछाई 
–नारायणपुरकी ६० वर्षीया उमा गौतम 
–घोराहीकी ४१ वर्षीया शान्ती हमाल
–१० वर्षीया छोरी प्रमिसा हमाल 
–रोल्पा होलेरीका ५० वर्षीय विष्णु बस्नेत 
–नुवाकोट पञ्चकन्या–६ की ४० वर्षीया सुनिता तामाङ 
–४२ वर्षीय सुकमान तामाङ 
–४५ वर्षीय बुद्दीबहादुर तामाङ 
–२० वर्षीय सन्देश तामाङ 
–रोल्पा रुन्टीगढी गाउँपालिका–९ का वडाध्यक्ष ३५ वर्षीय चेतलाल खत्री 
–दाङ घोराही–१७ का २४ वर्षीय दिनेश चौधरी 
–घोराही–१० का २९ वर्षीय चक्र सिंह 
–गढवा–२ का २६ वर्षीय श्रीराम चौधरी 
–बस चालक दाङका ३४ वर्षीय सुभाष ओली
–लमही–२ का २६ वर्षीय विपिन चौधरी

  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय छलफलको उद्घाटन सत्रमा सहभागी

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय छलफलको उद्घाटन सत्रमा सहभागी

नेपालले महासभाका क्रममा ‘सगरमाथा टु सी’ नामक साइड इभेन्ट आयोजना गर्दैछ। उक्त कार्यक्रममा जलवायु परिवर्तन, हिमाली क्षेत्रमा परेको प्रभाव तथा जलवायुजन्य विपद्का कारण सिर्जित चुनौतीबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण...
बिनातामझाम अमेरिका उडे प्रधानमन्त्री बालेन, जलवायु न्यायका लागि राष्ट्रसंघमा उठ्ने छ सशक्त आवाज

बिनातामझाम अमेरिका उडे प्रधानमन्त्री बालेन, जलवायु न्यायका लागि राष्ट्रसंघमा उठ्ने छ सशक्त आवाज

तर, प्रधानमन्त्री बालेन शाहको पहिलो विदेश भ्रमण, त्यो पनि संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्न अमेरिकातर्फ प्रस्थान गर्दैगर्दा एयरपोर्टमा यस्तो कुनै तामझाम देखिएन, बिदाइ गर्न जानेहरुको लावालस्कर देखिएन ।...
नेकपा बैठकले गर्‍यो वाम दलसँग एकताका लागि वार्ता समिति गठन

नेकपा बैठकले गर्‍यो वाम दलसँग एकताका लागि वार्ता समिति गठन

बुधबार बसेको पार्टी केन्द्रीय कार्य संयोजन समितिको बैठकले देव गुरुङको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको हो । समितिमा प्रकाश ज्वाला र गङ्गानारायण श्रेष्ठ सदस्य छन्।
एमाले बैठकमा आज क-कसले बोले ?

एमाले बैठकमा आज क-कसले बोले ?

केन्द्रीय सदस्यहरूले बैठकमा पार्टीका विभिन्न विषयमा आफ्ना धारणा तथा सुझाव राखेका थिए।