नेभिगेशन
समाज

रास्वपा सभापति मार्फत टासी लाजोमले गराइन निर्वाचन आयोग र गृहको ध्यानाकर्षण: निर्वाचन निष्पक्ष र भयमुक्त हाेस्

मतदाताको गोपनीयता र भयमुक्त वातावरण सुनिश्चित गर्नुपर्ने माग

हुम्ला — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की हुम्ला प्रत्यक्षतर्फकी उम्मेदवार टासी लाजोमले हुम्लामा हुने आगामी प्रतिनिधिसभा निर्वाचनलाई निष्पक्ष, स्वच्छ र भयमुक्त बनाउन निर्वाचन आयोग तथा गृह मन्त्रालयको विशेष ध्यानाकर्षण गराएकी छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मिति २०८२/१०/१६ मा रास्वपाका सभापतिलाई सम्बोधन गर्दै पठाइएको पत्रमा उनले हुम्लाका मतदातासँग प्रत्यक्ष संवादका क्रममा गम्भीर जनगुनासाहरू प्राप्त भएको उल्लेख गरेकी छन्। उनका अनुसार विगतका स्थानीय तह र प्रतिनिधिसभा निर्वाचनका क्रममा मतदान केन्द्रमा दलीय राजनीतिकरण हुने, मतदातामाथि दबाब र धम्की दिने, मतदानको गोपनीयता उल्लङ्घन हुने तथा सुरक्षाकर्मीहरू मूकदर्शक बन्ने गरेको गुनासो व्यापक रूपमा सुनिएको छ।

Ncell
Extreme Energy

पत्रमा उल्लेख गरिएका प्रमुख समस्यामध्ये मतदाताको गोपनीयताको हक सुनिश्चित नहुनु, व्यक्ति वा समूहको डर–त्रासका कारण मतदाताले आफ्नो इच्छाअनुसार मतदान गर्न नसक्नु, र सहायक मतदान (वारेसनामा) सम्बन्धी प्रावधानको प्रभावकारी कार्यान्वयन नहुनु मुख्य रहेका छन्। अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकका हकमा मात्र लागू हुने वारेसनामा प्रक्रियामा समेत आवश्यक कडाइ नदेखाइएको उनको आरोप छ।

यी समस्यालाई ध्यानमा राख्दै उम्मेदवार लाजोमले यस पटक निर्वाचन आयोगले सक्रिय भूमिका निर्वाह गरी मतदाताको गोपनीयता र भयमुक्त वातावरण सुनिश्चित गर्नुपर्ने माग गरेकी छन्। उनले मतदान केन्द्रहरूमा CCTV जडान गर्ने, राष्ट्रिय परिचयपत्रका आधारमा मतदाताको विद्युतीय प्रमाणीकरण (verification) गर्ने जस्ता उपाय अपनाउन सकिने सुझावसमेत दिएकी छन्।

त्यसै गरी, निर्वाचन परिणामपछि अपेक्षित नतिजा नआएमा स्थानीय तहमा हुन सक्ने सुरक्षा जोखिमको पूर्व आकलन गरी जनतालाई सुरक्षाबारे आश्वस्त पार्नुपर्ने आवश्यकता पनि उनले औँल्याएकी छन्।

पत्रमा हालै हुम्लाको माथिल्लो क्षेत्रमा भएको हिमपातका कारण माथिल्लो हुम्लाका मतदातालाई मतदान स्थलसम्म पुग्न कठिनाइ हुन सक्ने अवस्था रहेको उल्लेख गर्दै, सबै मतदाताको मतदान केन्द्रसम्म समतामूलक पहुँच सुनिश्चित गर्न विशेष व्यवस्था गर्न आग्रह गरिएको छ।

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा लोकतान्त्रिक अभ्यासको सार्थकता कायम राख्न नेपाल सरकार र निर्वाचन आयोगको भूमिका अत्यन्त महत्त्वपूर्ण रहेको उल्लेख गर्दै, सम्बन्धित सबै निकायले निष्पक्ष निर्वाचनका लागि जिम्मेवार कदम चाल्ने विश्वास लिएको उम्मेदवार लाजोमले बताएकी छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीले हुम्लावासीको आवाज सम्बन्धित निकायसम्म पुर्‍याई समग्र नेपाली लोकतान्त्रिक प्रक्रियालाई थप सबल बनाउन अग्रसर भूमिका खेल्ने विश्वास पनि उनले व्यक्त गरेकी छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय छलफलको उद्घाटन सत्रमा सहभागी

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय छलफलको उद्घाटन सत्रमा सहभागी

नेपालले महासभाका क्रममा ‘सगरमाथा टु सी’ नामक साइड इभेन्ट आयोजना गर्दैछ। उक्त कार्यक्रममा जलवायु परिवर्तन, हिमाली क्षेत्रमा परेको प्रभाव तथा जलवायुजन्य विपद्का कारण सिर्जित चुनौतीबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण...
बिनातामझाम अमेरिका उडे प्रधानमन्त्री बालेन, जलवायु न्यायका लागि राष्ट्रसंघमा उठ्ने छ सशक्त आवाज

बिनातामझाम अमेरिका उडे प्रधानमन्त्री बालेन, जलवायु न्यायका लागि राष्ट्रसंघमा उठ्ने छ सशक्त आवाज

तर, प्रधानमन्त्री बालेन शाहको पहिलो विदेश भ्रमण, त्यो पनि संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्न अमेरिकातर्फ प्रस्थान गर्दैगर्दा एयरपोर्टमा यस्तो कुनै तामझाम देखिएन, बिदाइ गर्न जानेहरुको लावालस्कर देखिएन ।...
नेकपा बैठकले गर्‍यो वाम दलसँग एकताका लागि वार्ता समिति गठन

नेकपा बैठकले गर्‍यो वाम दलसँग एकताका लागि वार्ता समिति गठन

बुधबार बसेको पार्टी केन्द्रीय कार्य संयोजन समितिको बैठकले देव गुरुङको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको हो । समितिमा प्रकाश ज्वाला र गङ्गानारायण श्रेष्ठ सदस्य छन्।
एमाले बैठकमा आज क-कसले बोले ?

एमाले बैठकमा आज क-कसले बोले ?

केन्द्रीय सदस्यहरूले बैठकमा पार्टीका विभिन्न विषयमा आफ्ना धारणा तथा सुझाव राखेका थिए।