नेभिगेशन
मुख्य समाचार

नेपाली राष्ट्रिय यू–२० महिला टिमले चाइनाको युनान युथ वुमन्स टिमसँग मैत्रीपूर्ण फुटबल खेल्दै

काठमाडौँ । नेपाली राष्ट्रिय यू–२० महिला टिमले माघ १७ गते शनिबार चाइना युनान युथ वुमन्स टिमसँग मैत्रीपूर्ण फुटबल खेल्दैछ । 

चिनियाँ नयाँ बर्षको अवसरमा आयोजना गरिएको मैत्रीपूर्ण फुटबल खेल शनिबार दशरथ रंगशालामा आयोजना हुनेछ । अखिल नेपाल फुटबल संघ (एन्फा), युनान विश्वविद्यालयको शारीरिक शिक्षा संकाय तथा नेपाल ओभरसिज चिनियाँ संघको सयुक्त आयोजनामा तथा नेपालस्थित चिनियाँ राजदूतावास र राष्ट्रिय खेलकुद परिषद्को समन्वयमा उक्त खेल हुन लागेको हो । 

CG

उक्त मैत्रीपूर्ण खेलका लागि आफुहरु तयार रहेको दुवै टोलीका प्रशिक्षक र कप्तानहरुले जनाएका छन् । खेलअघि शुक्रबार रंगशालामा आयोजित प्रिम्याच कन्फ्रेन्समा उनीहरुले मैत्रीपूर्णलाई लिएर आफुहरु उत्साहित रहेका समेत उल्लेख गरेका छन् ।

नेपाली राष्ट्रिय यू–२० महिला टिमकी कप्तान बिर्सना चौधरीले टीमवर्क र कम्युनिकेशन निकै राम्रो रहेकाले मैत्रीपूर्ण खेलमा कुनै समस्या नहुने र जित आफ्नो पक्षमा आउने विश्वास व्यक्त गरिन् । 

त्यस्तै मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले पनि नेपाली टोली खेलका लागि तयार रहेको बताए । 

खेलअघि नेपाल र चीनका विभिन्न सांस्कृतिक विविधता झल्काउने सांस्कृतिक प्रस्तुतिहरू पनि प्रस्तुत गरिने कार्यक्रम रहेको छ । एन्फाले विगत तीन वर्षदेखि नेपाल र चिनियाँ युवा टोलीहरूबीच मैत्रीपूर्ण खेलको आयोजना गर्दै आइरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
गृह मन्त्रालयबाट सुव्यवस्थित निर्वाचनसम्बन्धी अवधारणा जारी

गृह मन्त्रालयबाट सुव्यवस्थित निर्वाचनसम्बन्धी अवधारणा जारी

मन्त्रालयले ‘सुव्यवस्थित निर्वाचन व्यवस्थापनका लागि वडा तहसम्म समन्वय र सहकार्य अभिवृद्धि गर्नेसम्बन्धी अवधारणा, २०८२’ जारी गरिसकेको छ ।
राष्ट्रिय युवा सङ्घको जिम्मेवारी महाराज गुरुङलाई

राष्ट्रिय युवा सङ्घको जिम्मेवारी महाराज गुरुङलाई

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेल, सचिव महेश बस्नेत, सचिव भानुभक्त ढकाललगायत नेताहरूको उपस्थितिमा भएको बैठकमा अध्यक्ष क्षितिज थेबेले उपाध्यक्ष गुरुङलाई नेतृत्व हस्तान्तरण गरेका हुन ।
प्रचण्डको दावी–‘प्रत्यक्षतर्फ आफ्नो पार्टी पहिलो हुन्छ’

प्रचण्डको दावी–‘प्रत्यक्षतर्फ आफ्नो पार्टी पहिलो हुन्छ’

पार्टीको रुकुम पूर्व–काठमाडौं सम्पर्क समन्वय समितिले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रचण्डले केहि शक्तिहरु निर्वाचनलाई गलत ढंगले प्रभावित पार्ने कोशिशमा रहेको भन्दै स्वच्छ, निष्पक्ष र धाँधलीरहित रुपमा निर्वाचन...
कम्युनिष्ट एकताबाट प्रचण्ड भागिरहेको विप्लवको आरोप

कम्युनिष्ट एकताबाट प्रचण्ड भागिरहेको विप्लवको आरोप

उनले पार्टीले उठाएका एजेण्डाका साथै सत्यतथ्य बिचारका साथ जनतामाझ जान नेता तथा कार्यकर्तालाई निर्देशन दिए । कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टी र रास्वपाका केहि नेता तथा कार्यकर्ताहरु नेकपा (माओवादी)...