नेभिगेशन
मुख्य समाचार

संसद् पुनस्थापनाको मुद्दा अबिलम्व फैसला गर्न एमाले अध्यक्ष ओलीको माग

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद् पुनस्थापनाको मुद्दाबारे अबिलम्व फैसला गर्न माग गरेका छन् । 

एमाले ओखलढुंगा काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौँमा आयोजना गरेको चुनावी भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले संवैधानिक सङ्कटमा देश फसेको बेलामा मौन बस्दा अदालतको औचित्यमाथि नै प्रश्न उठ्ने भन्दै संसद् पुनस्र्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न माग गरेका हुन् । आफुहरुले संसद बिघटन गरेर संविधान मिचिएको भनिरहेको अवस्थामा सर्वोच्च अदालत चुपचाप लागेर कानमा तेल हालेर बस्न नमिल्ने उनले बताए । उनले संसद् पुनस्थापनाको मुद्दाबारे अदालतले जस्तो आदेश गरेपनि त्यसलाई स्वीकार गरिने स्पष्ट पारे । 

CG

त्यस्तै अध्यक्ष ओलीले सरकार तटस्थ रहेर भयरहित वातावरणमा, शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउनुपर्ने बताए । कसैलाई जिताउने वा हराउने खेलमा सरकार लागे त्यस्तो निर्वाचन र परिणाम स्वीकार्य नहुने उनले स्पष्ट पारे । 

उनले सरकारले जे गर्दा पनि हुन्छ भन्ने सोच्यो भने त्यो देश र सरकारकै लागि पनि अनिष्ट हुने चेतावनी दिए । फागुन २१ गते निर्वाचनको मिति तय गरिएपनि हिमाली भेगमा निर्वाचन गराउन कठिन रहेको उनले बताए । फरक प्रसंगमा अध्यक्ष ओलीले झापा–५ मा आफुसंग प्रतिष्पर्धा गर्ने भनेर लागेकाहरुसंग कुनै सङ्गठन, नीति कार्यक्रम, उद्देश्य केही नभएको तर्क गरे । 

आफ्ना प्रतिष्पर्धीलाई बतासे अन्डाको संज्ञा दिदै ओलीले बतासे अन्डाबाट चल्ला ननिस्कने टिप्पणी गरे । ओलीले उनीहरुले नै आगजनी र तोडफोडलाई क्रान्ति भनेर महिमा मण्डन गरेको र पुराना दलहरुलाई बिभिन्न आरोप लगाउने गरेको बताए । उनले देश बनाउने शक्ति एमालेमात्रै रहेको र यसपटकको निर्वाचनमा जनताले आफुहरुलाई सफल बनाउने दावी गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
डिजेल र मट्टीतेलको मूल्य लिटरमै ३ रुपैयाँले बढ्यो

डिजेल र मट्टीतेलको मूल्य लिटरमै ३ रुपैयाँले बढ्यो

निगमले पेट्रोल र खाना पकाउने ग्यासको मूल्य यथावत राखेको छ  भने हवाई इन्धन आन्तरिक र बाह्य दुवैतर्फको मूल्य घटेको छ। निगमकाअनुसार डिजेल र मट्टीतेलको मूल्य लिटरमा ३ रुपैयाँले...
‘नयाँ खोज्ने नाममा देशलाई राजनीतिक चलखेलको प्रयोगशाला बनाउनु हुँदैन’–कांग्रेस

‘नयाँ खोज्ने नाममा देशलाई राजनीतिक चलखेलको प्रयोगशाला बनाउनु हुँदैन’–कांग्रेस

प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को सन्दर्भमा जानकारी दिन कांग्रेसले आज पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नयाँ खोज्ने नाममा देशलाई प्रयोशाला बनाउन नहुने धारणा राखे...
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै

हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै

अवरुद्ध नेपाल–चीन जोड्ने कोरला सडकअन्तर्गत आज बिहानदेखि हिउँ पन्छाएर लोमान्थाङसम्मको सडक सञ्चालनमा ल्याइएको छ । जिल्ला प्रशासन कार्यालयसहित लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाको संयुक्त पहलमा कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला)...
नैतिकताको कसीमा केपी ओली

नैतिकताको कसीमा केपी ओली