नेभिगेशन
समाज

पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौँ । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको निधन भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आइतबार ग्राण्डी अस्पतालले एक विज्ञप्ति जारी गर्दै अस्पतालमा उपचारत सिटौलाको दिउँसो १२ः४५ बजे निधन भएको जनाएको हो ।

Ncell
Extreme Energy

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को चुनावी प्रचारमा सहभागी हुन सुदूरपश्चिम पुगेका बेला सिटौला अछाममा पुग्दा अचानक बेहोस भएका थिए ।

अछाममा बेहोस भएका सिटौलाई उपचारका लागि सेनाको हेलिकप्टरमार्फत तत्काल काठमाडौँ ल्याई ग्राण्डी अस्पताल भर्ना गरिएको थियो ।

ग्राण्डी अस्पतालका मेडिकल निर्देशक डा. विनोद बिजुक्छेले सिटौलालाई गम्भीर सबअरेनहाइड हेमोरेजको लागि स्थापित प्रोटोकल अनुसार क्रिटिकल केयर र न्यूरो सर्जरी टिमद्वारा संयुक्त रुपमा आइसीयूमा निगरानीमा राखिएको थियो । 

गम्भीर ईन्टेन्सिभ केयरका बाबजुद ४८ घण्टापछि  न्यूरोलोजिकल अवस्था र मस्तिष्कको कार्यक्षमता पुनः प्राप्तिको कुनै संकेत नदेखिएपछि परिवारलाई जानकारी गराइएको मेडिकल निर्देशक बिजुक्छेले बताए । 

विशेष निगरानीका साथ उपचार गरिएपनि पत्रकार सिटौलालाई बचाउन नसकिएको भन्दै अस्पतालले दुःख समेत व्यक्त गरेको छ ।
 

grande-international-hospital-1769934272.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय छलफलको उद्घाटन सत्रमा सहभागी

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय छलफलको उद्घाटन सत्रमा सहभागी

नेपालले महासभाका क्रममा ‘सगरमाथा टु सी’ नामक साइड इभेन्ट आयोजना गर्दैछ। उक्त कार्यक्रममा जलवायु परिवर्तन, हिमाली क्षेत्रमा परेको प्रभाव तथा जलवायुजन्य विपद्का कारण सिर्जित चुनौतीबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण...
बिनातामझाम अमेरिका उडे प्रधानमन्त्री बालेन, जलवायु न्यायका लागि राष्ट्रसंघमा उठ्ने छ सशक्त आवाज

बिनातामझाम अमेरिका उडे प्रधानमन्त्री बालेन, जलवायु न्यायका लागि राष्ट्रसंघमा उठ्ने छ सशक्त आवाज

तर, प्रधानमन्त्री बालेन शाहको पहिलो विदेश भ्रमण, त्यो पनि संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्न अमेरिकातर्फ प्रस्थान गर्दैगर्दा एयरपोर्टमा यस्तो कुनै तामझाम देखिएन, बिदाइ गर्न जानेहरुको लावालस्कर देखिएन ।...
नेकपा बैठकले गर्‍यो वाम दलसँग एकताका लागि वार्ता समिति गठन

नेकपा बैठकले गर्‍यो वाम दलसँग एकताका लागि वार्ता समिति गठन

बुधबार बसेको पार्टी केन्द्रीय कार्य संयोजन समितिको बैठकले देव गुरुङको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको हो । समितिमा प्रकाश ज्वाला र गङ्गानारायण श्रेष्ठ सदस्य छन्।
एमाले बैठकमा आज क-कसले बोले ?

एमाले बैठकमा आज क-कसले बोले ?

केन्द्रीय सदस्यहरूले बैठकमा पार्टीका विभिन्न विषयमा आफ्ना धारणा तथा सुझाव राखेका थिए।