नेभिगेशन
मुख्य समाचार

२१ फागुनको निर्वाचनपछि बस्ने संसद बैठकको लागि नयाँ भवन नै प्रयोग हुने

काठमाडौँ । संघीय संसद सचिवालयले २१ फागुनको प्रतिनिधिसभा चुनावपछि आउने नयाँ संसदको लागि नयाँ संसद भवन नै प्रयोग हुने जनाएको छ । 

संघीय संसद सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले प्रतिनिधिसभाको निर्वाचन पश्चात तत्काल बैठक सञ्चालनका लागि सरकारसँग निरन्तर संवादमा रहेको र नयाँ संसद भवन नै प्रयोग हुने जानकारी दिएका हुन् । अहिले नयाँ संसद भवन बाहेक अन्य बिकल्पमा कुनै छलफल नभएको उनले बताए ।

CG

नयाँ संसद भवनमा सभा सञ्चालनका लागि आवश्यक पर्ने भौतिक पूर्वाधारहरू न्यूनतम रूपमा भए पनि प्राप्त हुने संसद सचिवालयको विश्वास रहेको उनको भनाइ छ ।

प्रवक्ता गिरीले अधिवेशन आह्वान हुनुभन्दा पन्ध्र बिस दिन अगावै सभा कक्षसहितका आवश्यक पूर्वाधारहरू सचिवालयलाई उपलब्ध हुने उल्लेख गरे । 

उनले नयाँ संसद भवनमा निर्माण भइरहेको प्रतिनिधिसभातर्फ १२ वटा मध्ये बैठक कक्ष सहित ६ वटा कक्ष उपलव्ध भएको अवस्थामा बैठक सञ्चालन हुने देखिएको बताए । 

तत्कालका लागि न्यूनतम रूपमा बैठक सञ्चालन गर्ने र निर्माण भइसकेपछि क्रमश अन्य कामहरु नयाँ भवनबाट सुरु गर्नेगरि तयारी भएको उनले बताए । यसअघि संसद सचिवालयले नयाँ सांसदका लागि आवश्यक व्यवस्था गर्न सरकारलाई पत्रचार समेत गरेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
नेप्से परिसूचक १९ अङ्कले घट्यो

नेप्से परिसूचक १९ अङ्कले घट्यो

आइतबार नेप्से परिसूचक १९ दशमलव ८५ अङ्कले घटेर दुई हजार ६९४ दशमलव २० को बिन्दुमा कायम भएको हो ।
रास्वपाद्वारा ५१ सदस्यीय सङ्घीय निर्वाचन सम्पादन समिति गठन

रास्वपाद्वारा ५१ सदस्यीय सङ्घीय निर्वाचन सम्पादन समिति गठन

सो पार्टीका महासचिव कविन्द्र बुर्लाकोटीका अनुसार निर्वाचनलक्षित गतिविधिहरु सञ्चालन गर्न केन्द्रीय समितिको निर्णयानुसार सदस्य सचिवमा शङ्कर श्रेष्ठ रहने गरी समिति गठन गरिएको हो ।
दलका घोषणापत्रमा आर्थिक विषयले प्राथमिकता पाएनः अध्यक्ष ढकाल

दलका घोषणापत्रमा आर्थिक विषयले प्राथमिकता पाएनः अध्यक्ष ढकाल

नेपाल आर्थिक पत्रकार सङ्घले आइतबार आयोजना गरेको ‘दलका घोषणापत्रमा आर्थिक एजेन्डा’सम्बन्धी कार्यक्रममा अध्यक्ष ढकालले राजनीतिक दलहरू आफ्नो एजेन्डाभन्दा पनि अन्य दललाई गाली गरेर स्थापित हुन खोज्ने प्रवृत्ति मौलाएकामा...
पत्रकार दिनेश सिटौलाको निधन

पत्रकार दिनेश सिटौलाको निधन

आइतबार ग्राण्डी अस्पतालले एक विज्ञप्ति जारी गर्दै अस्पतालमा उपचारत सिटौलाको दिउँसो १२ः४५ बजे निधन भएको जनाएको हो ।