नेभिगेशन
मुख्य समाचार

दलका घोषणापत्रमा आर्थिक विषयले प्राथमिकता पाएनः अध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले राजनीतिक दलका घोषणापत्रमा आर्थिक विषयले प्राथमिकता पाउन नसकेको बताएका छन् । 

नेपाल आर्थिक पत्रकार सङ्घले आइतबार आयोजना गरेको ‘दलका घोषणापत्रमा आर्थिक एजेन्डा’सम्बन्धी कार्यक्रममा अध्यक्ष ढकालले राजनीतिक दलहरू आफ्नो एजेन्डाभन्दा पनि अन्य दललाई गाली गरेर स्थापित हुन खोज्ने प्रवृत्ति मौलाएकामा चिन्ता व्यक्त गरे । 

CG

कुनै पनि दलका घोषणापत्रमा अहिलेसम्म निजीक्षेत्र र आर्थिक विषय प्राथमिकतामा नपरेका अध्यक्ष ढकालले बताए । उनले भने, “दल आफ्ना एजेन्डामार्फत जनतामाझ जानुपर्नेमा निजी क्षेत्र, आर्थिक विषयलगायत विषयले प्राथमिकता पाउन सकेका छैनन्” ।

निजी क्षेत्रले राज्यमा पुर्‍याएका योगदानको चर्चा राजनीतिक नेतृत्व र दलबाट हुन नसकेका अध्यक्ष ढकालले चिन्ता व्यक्त गरे । निजी क्षेत्रलाई राज्यले प्रोत्साहन र संरक्षण नगर्ने हो भने अर्थतन्त्र चलायमान हुन नसक्ने उनले धारणा व्यक्त गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
नेप्से परिसूचक १९ अङ्कले घट्यो

नेप्से परिसूचक १९ अङ्कले घट्यो

आइतबार नेप्से परिसूचक १९ दशमलव ८५ अङ्कले घटेर दुई हजार ६९४ दशमलव २० को बिन्दुमा कायम भएको हो ।
रास्वपाद्वारा ५१ सदस्यीय सङ्घीय निर्वाचन सम्पादन समिति गठन

रास्वपाद्वारा ५१ सदस्यीय सङ्घीय निर्वाचन सम्पादन समिति गठन

सो पार्टीका महासचिव कविन्द्र बुर्लाकोटीका अनुसार निर्वाचनलक्षित गतिविधिहरु सञ्चालन गर्न केन्द्रीय समितिको निर्णयानुसार सदस्य सचिवमा शङ्कर श्रेष्ठ रहने गरी समिति गठन गरिएको हो ।
२१ फागुनको निर्वाचनपछि बस्ने संसद बैठकको लागि नयाँ भवन नै प्रयोग हुने

२१ फागुनको निर्वाचनपछि बस्ने संसद बैठकको लागि नयाँ भवन नै प्रयोग हुने

संघीय संसद सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले प्रतिनिधिसभाको निर्वाचन पश्चात तत्काल बैठक सञ्चालनका लागि सरकारसँग निरन्तर संवादमा रहेको र नयाँ संसद भवन नै प्रयोग हुने जानकारी दिएका हुन्...
पत्रकार दिनेश सिटौलाको निधन

पत्रकार दिनेश सिटौलाको निधन

आइतबार ग्राण्डी अस्पतालले एक विज्ञप्ति जारी गर्दै अस्पतालमा उपचारत सिटौलाको दिउँसो १२ः४५ बजे निधन भएको जनाएको हो ।