नेभिगेशन
समाज

चुनाव प्रचारप्रसारमा रेडक्रसको चिन्ह प्रयोग नगर्न आग्रह

काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीले आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रचारप्रसारका क्रममा रेडक्रसको चिन्ह प्रयोग गर्न आग्रह गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आइतबार महामन्त्री मीनबहादुर मल्लले जारी गरेको विज्ञप्तिमा रेडक्रसको चिन्ह जेनेभा महासन्धीअनुसार अन्तरराष्ट्रिय रूपमा संरक्षित मानवीय सेवाको प्रतीक भएकाले राजनीतिक, धार्मिक वा वैचारिक उद्देश्यका लागि रेडक्रसको चिन्हको प्रयोग गर्न निषेध गरिएको उल्लेख छ ।

Ncell
Extreme Energy

“आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा कुनै पनि राजनीतिक दल वा उम्मेदवारको चुनावी प्रचारप्रसारमा समर्थन वा विरोध जनाउने उद्देश्यले रेडक्रसको चिन्ह, नाम, चिन्ह अङ्कित पोसाक वा पहिचान प्रयोग गरिएको गतिविधि देखिएमा यसले रेडक्रस अभियानको निष्पक्षता, तटस्थता, स्वाधीनता र विश्वसनीयतामा गम्भीर असर पार्ने स्पष्ट छ”, विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमार्फत रेडक्रसका स्वयंसेवक तथा कर्मचारीलाई कुनै पनि चुनावी प्रचारप्रसारमा रेडक्रस चिन्ह अङ्कित सामग्री प्रयोग गरी संलग्न नहुन पनि आग्रह गरिएको छ । यदि कुनै रेडक्रस पदाधिकारी निर्वाचनमा उम्मेदवार भएको भए रेडक्रसबाट अलग भएको घोषणा गर्न पनि आग्रह गरिएको छ ।

रेडक्रसले आफ्ना पदाधिकारी तथा कर्मचारीलाई कुनै पनि राजनीतिक दल, उम्मेदवार वा व्यक्तिको पक्ष वा विपक्षमा समर्थन वा विरोध नगर्न, सामाजिक सञ्जाल, सार्वजनिक कार्यक्रम, प्रदर्शन वा अन्य कुनै माध्यमबाट रेडक्रस अभियानलाई राजनीतिक रूपमा नजोडिन, रेडक्रसको सम्पत्ति, स्थान, कार्यालय कुनैपनि राजनैतिक दलको प्रचारप्रसारलाई सहयोग पुग्ने गरी उपलब्ध नगराउनु पनि अनुरोध गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय छलफलको उद्घाटन सत्रमा सहभागी

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय छलफलको उद्घाटन सत्रमा सहभागी

नेपालले महासभाका क्रममा ‘सगरमाथा टु सी’ नामक साइड इभेन्ट आयोजना गर्दैछ। उक्त कार्यक्रममा जलवायु परिवर्तन, हिमाली क्षेत्रमा परेको प्रभाव तथा जलवायुजन्य विपद्का कारण सिर्जित चुनौतीबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण...
बिनातामझाम अमेरिका उडे प्रधानमन्त्री बालेन, जलवायु न्यायका लागि राष्ट्रसंघमा उठ्ने छ सशक्त आवाज

बिनातामझाम अमेरिका उडे प्रधानमन्त्री बालेन, जलवायु न्यायका लागि राष्ट्रसंघमा उठ्ने छ सशक्त आवाज

तर, प्रधानमन्त्री बालेन शाहको पहिलो विदेश भ्रमण, त्यो पनि संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्न अमेरिकातर्फ प्रस्थान गर्दैगर्दा एयरपोर्टमा यस्तो कुनै तामझाम देखिएन, बिदाइ गर्न जानेहरुको लावालस्कर देखिएन ।...
नेकपा बैठकले गर्‍यो वाम दलसँग एकताका लागि वार्ता समिति गठन

नेकपा बैठकले गर्‍यो वाम दलसँग एकताका लागि वार्ता समिति गठन

बुधबार बसेको पार्टी केन्द्रीय कार्य संयोजन समितिको बैठकले देव गुरुङको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको हो । समितिमा प्रकाश ज्वाला र गङ्गानारायण श्रेष्ठ सदस्य छन्।
एमाले बैठकमा आज क-कसले बोले ?

एमाले बैठकमा आज क-कसले बोले ?

केन्द्रीय सदस्यहरूले बैठकमा पार्टीका विभिन्न विषयमा आफ्ना धारणा तथा सुझाव राखेका थिए।