नेभिगेशन
समाज

निर्वाचन कार्यतालिका अनुसार नै तयारी तीव्र पारिएको छः प्रवक्ता भट्टराई

काठमाडौँ । निर्वाचन आयोगले कार्यतालिका अनुसार आसन्न प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र रुपमा भइरहेको जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचनको कार्यतालिका बमोजिम आवश्यक तयारीका काम तीव्र रुपमा अघि बढेको जानकारी दिए ।

Ncell
Extreme Energy

उनले पछिल्लो हप्ता मतपत्र छपाईँ र मतदाता नामावली छपाईँलाई प्राथमिकतामा राखेको बताए । आउने हप्तासम्म मतदाता नामावली छपाईँ पुरै सकिने उनले जानकारी दिए ।

उनले निर्वाचनका लागि समानुपातीकतर्फको मतपत्र छपाई यसअघि नै सकिएको र प्रत्यक्ष तर्फ अहिलेसम्म २५ जिल्लाको ३० लाख मतपत्र छपाइको काम सकिएको उल्लेख गरे । अहिले दैनिक १२ देखि १५ लाखको संख्यामा मतपत्र छाप्ने काम भइरहेकाले छिटै सवै मतपत्र छाप्ने काम सकिने उनको भनाइ छ ।

प्रवक्ता भट्टराईले आचारसंहिता उलंघनमा व्यक्ति संस्थालाई स्पष्टीकरण सोध्ने काम जारी रहेको र आचारसंहिता पालनामा आयोग सक्रिय रहने बताए । उनले छिटै मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने पनि जानकारी दिए ।

संसद पुनस्र्थापनाको विषय अदालतमा विचाराधीन रहेकाले टीकाटिप्पणी गर्न सान्दर्भिक नहुने भन्दै उनले आयोगलाई निर्वाचनको कार्यतालिका बमोजिम हिँड्ने बाहेक अरू छुट नरहेको स्पष्ट पारेका हुन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय छलफलको उद्घाटन सत्रमा सहभागी

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय छलफलको उद्घाटन सत्रमा सहभागी

नेपालले महासभाका क्रममा ‘सगरमाथा टु सी’ नामक साइड इभेन्ट आयोजना गर्दैछ। उक्त कार्यक्रममा जलवायु परिवर्तन, हिमाली क्षेत्रमा परेको प्रभाव तथा जलवायुजन्य विपद्का कारण सिर्जित चुनौतीबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण...
बिनातामझाम अमेरिका उडे प्रधानमन्त्री बालेन, जलवायु न्यायका लागि राष्ट्रसंघमा उठ्ने छ सशक्त आवाज

बिनातामझाम अमेरिका उडे प्रधानमन्त्री बालेन, जलवायु न्यायका लागि राष्ट्रसंघमा उठ्ने छ सशक्त आवाज

तर, प्रधानमन्त्री बालेन शाहको पहिलो विदेश भ्रमण, त्यो पनि संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्न अमेरिकातर्फ प्रस्थान गर्दैगर्दा एयरपोर्टमा यस्तो कुनै तामझाम देखिएन, बिदाइ गर्न जानेहरुको लावालस्कर देखिएन ।...
नेकपा बैठकले गर्‍यो वाम दलसँग एकताका लागि वार्ता समिति गठन

नेकपा बैठकले गर्‍यो वाम दलसँग एकताका लागि वार्ता समिति गठन

बुधबार बसेको पार्टी केन्द्रीय कार्य संयोजन समितिको बैठकले देव गुरुङको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको हो । समितिमा प्रकाश ज्वाला र गङ्गानारायण श्रेष्ठ सदस्य छन्।
एमाले बैठकमा आज क-कसले बोले ?

एमाले बैठकमा आज क-कसले बोले ?

केन्द्रीय सदस्यहरूले बैठकमा पार्टीका विभिन्न विषयमा आफ्ना धारणा तथा सुझाव राखेका थिए।