नेभिगेशन
मुख्य समाचार

निर्वाचन कार्यतालिका अनुसार नै तयारी तीव्र पारिएको छः प्रवक्ता भट्टराई

काठमाडौँ । निर्वाचन आयोगले कार्यतालिका अनुसार आसन्न प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र रुपमा भइरहेको जनाएको छ ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचनको कार्यतालिका बमोजिम आवश्यक तयारीका काम तीव्र रुपमा अघि बढेको जानकारी दिए ।

CG

उनले पछिल्लो हप्ता मतपत्र छपाईँ र मतदाता नामावली छपाईँलाई प्राथमिकतामा राखेको बताए । आउने हप्तासम्म मतदाता नामावली छपाईँ पुरै सकिने उनले जानकारी दिए ।

उनले निर्वाचनका लागि समानुपातीकतर्फको मतपत्र छपाई यसअघि नै सकिएको र प्रत्यक्ष तर्फ अहिलेसम्म २५ जिल्लाको ३० लाख मतपत्र छपाइको काम सकिएको उल्लेख गरे । अहिले दैनिक १२ देखि १५ लाखको संख्यामा मतपत्र छाप्ने काम भइरहेकाले छिटै सवै मतपत्र छाप्ने काम सकिने उनको भनाइ छ ।

प्रवक्ता भट्टराईले आचारसंहिता उलंघनमा व्यक्ति संस्थालाई स्पष्टीकरण सोध्ने काम जारी रहेको र आचारसंहिता पालनामा आयोग सक्रिय रहने बताए । उनले छिटै मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने पनि जानकारी दिए ।

संसद पुनस्र्थापनाको विषय अदालतमा विचाराधीन रहेकाले टीकाटिप्पणी गर्न सान्दर्भिक नहुने भन्दै उनले आयोगलाई निर्वाचनको कार्यतालिका बमोजिम हिँड्ने बाहेक अरू छुट नरहेको स्पष्ट पारेका हुन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
फास्ट ट्रयाकमा २०८३ भित्रै कुद्ला गाडी ? प्रगति ‘स्लो’ कि ‘फास्ट'

फास्ट ट्रयाकमा २०८३ भित्रै कुद्ला गाडी ? प्रगति ‘स्लो’ कि ‘फास्ट'

आयोजनाअन्तर्गतका महादेवडाँडा, धेद्रे, लेनडाँडा, चन्द्रामभिर, देवीचौर, सिसौटार र मौरीभिरमा बनाइने सातमध्ये पाँचवटा सुरुङ निर्माणाधीन छन् । हालसम्म मकवानपुरको धेद्रे तथा लेनडाँडाका (दुईतर्फी) चारवटा सुरुङ (ब्रेक–थ्रु) भइसकेको नेपाली सेना...
सङ्घ, प्रदेश र स्थानीय तहमा सामाजिक न्यायको हक लागू गर्न सर्वोच्वको निर्देशनात्मक आदेश

सङ्घ, प्रदेश र स्थानीय तहमा सामाजिक न्यायको हक लागू गर्न सर्वोच्वको निर्देशनात्मक आदेश

नेपालको संविधानको मौलिक हकअन्तर्गत धारा, ४२ को सामाजिक न्यायको हकमा आर्थिक, सामाजिक वा शैक्षिक दृष्टिले पछाडि परेका महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारू, मुस्लिम, पिछडा वर्ग, अल्पसङ्ख्यक, सीमान्तकृत,...
युएई सरकारद्वारा दुई सय ७६ नेपालीलाई आममाफी

युएई सरकारद्वारा दुई सय ७६ नेपालीलाई आममाफी

नेपाल सरकारले यस आममाफीलाई नेपाल र संयुक्त अरब इमिरेट्सबीच विद्यमान द्विपक्षीय सम्बन्धमा रहेको मैत्री, सद्भावना तथा सौहार्दताको प्रतीकका रूपमा लिँदै यूएई सरकारको यस मित्रवत् र मानवीय कदमको आइतबार...
विप्लव नेतृत्वको नेकपाद्वारा चूनाव केन्द्रीत प्रतिवद्धता पत्र सार्वजनिक

विप्लव नेतृत्वको नेकपाद्वारा चूनाव केन्द्रीत प्रतिवद्धता पत्र सार्वजनिक

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेकपा(माओवादी)ले चूनाव केन्द्रीत प्रतिवद्धता पत्र सार्वजनिक गरेको हो । नेकपा(माओवादी) को प्रतिबद्धता पत्रमा प्रतिनिधि सभा र राष्ट्रिय सभालाई पूर्ण समानुपातिक बनाइने, न्याय प्रणालीमा...