नेभिगेशन
समाज

प्रतिनिधिसभा निर्वाचनः प्रत्यक्षतर्फ एघार जिल्लाको मतपत्र छपाइ कार्य सम्पन्न

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ हालसम्म ११ जिल्लाको मतपत्र छपाइ सम्पन्न भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रत्यक्षतर्फ सुदूरपश्चिमका तीन र कर्णालीका आठ गरी ११ जिल्लाको मतपत्र छपाइ सम्पन्न भई ढुवानीको प्रक्रिया सुरु गरिएको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

Ncell
Extreme Energy

सुदूरपश्चिम प्रदेशका बाजुरा, अछाम र डोटी, कर्णाली प्रदेशअन्तर्गत दैलेख, जाजरकोट, कालीकोट, जुम्ला, हुम्ला, मुगु, डोल्पा र रुकुमपश्चिमका लागि मतपत्र छपाइ सम्पन्न भई ढुवानीका लागि तयार गरिसकिएको उनले बताए ।

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत हालसम्म २५ जिल्लाका लागि करिब ३० लाख मतपत्र छपाइ गरिएको पनि आयोगले जनाएको छ । तीमध्ये १६ लाख २१ हजार मतपत्र प्याकिङ भइसकेको छ ।

समानुपातिक निर्वाचन प्रणालीतर्फ दुई करोड आठ लाख मतपत्र यसअघि नै छपाइ सकिएको छ । प्रत्यक्षतर्फ मतपत्र पनि छपाइ सकेर फागुन दोस्रो सातासम्म सम्बन्धित जिल्ला एवम् निर्वाचन क्षेत्रमा पठाइने आयोगका प्रवक्ता भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सुनसरी घटनाका अर्का एक घाइतेको उपचारका क्रममा मृत्यु

सुनसरी घटनाका अर्का एक घाइतेको उपचारका क्रममा मृत्यु

केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्लेका अनुसार कप्तानगञ्जका २० वर्षीय जयप्रकाश मेहताको उपचारका क्रममा आज न्युरो अस्पताल विराटनगरमा मृत्यु भएको हो ।
सिरहाको गोलबजारमा अनिश्चितकालीन कर्फ्यु

सिरहाको गोलबजारमा अनिश्चितकालीन कर्फ्यु

जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार नगरपालिकाका तीन वटा वडामा कर्फ्यु आदेश जारी गरेको छ । प्रशासनले दिउँसो २ बजेदेखि लागु हुने गरी कर्फ्यु आदेश जारी गरेको हो ।
पासपोर्ट बनाउन पनि किन यति सास्ती ? (तस्बिरहरु)

पासपोर्ट बनाउन पनि किन यति सास्ती ? (तस्बिरहरु)

जिल्लामा पनि राहदानी बनाउनेको चाप उत्तिकै छ । विभागले दैनिक १५ सयसम्म राहदानी छापिने दाबी गरे पनि भीड घटेको छैन ।
सरकार मल्हमपट्टी गर्दैछ– सांसद यज्ञमणि न्यौपाने

सरकार मल्हमपट्टी गर्दैछ– सांसद यज्ञमणि न्यौपाने

सुनसरी घटनालाई लिएर विपक्षी दलहरूले संसद्मा प्रधानमन्त्री बालेन शाहको सक्रियता खोज्दै ‘सरकार कहाँ छ ?’ भन्ने प्रश्न उठाएका छन् ।