नेभिगेशन
समाज

प्रहरी संगठन धुलो टक्टक्याएर खरानीबाट उठ्दै पुनः नागरिकको सेवामा समर्पित छः आईजीपी कार्की

काठमाडौँ । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले अनेकौ उतार चढावकाबीच प्रहरी संगठन धुलो टक्टक्याएर खरानीबाट उठ्दै पुनः नागरिकको सेवामा समर्पित रहेको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सोमबार काठमाडौँमा प्रहरी निरीक्षक आधारभूत तालिम १८३ औं समूह दीक्षान्त समारोहमा प्रहरी महानिरीक्षक कार्कीले सात दशकको इतिहास बोकेको प्रहरीले अनेकौं उतार चढाव, जलन र दलनका बावजुद हिम्मतका साथ अझ दरो भई नागरिकको सेवामा अनवरत समर्पित रहेको बताएका हुन् । 

Ncell
Extreme Energy

यसबीचमा भएका बिभिन्न घटनाक्रममापछि धुलो टक्टक्याएर खरानीबाट उठ्दै फेरि पुनः नागरिकको सेवामा समर्पित भएको र आफ्नो जिम्मेवारी अटल रूपमा निर्वाह गरेको उनले बताए । 

उनले नागरिकका अनगिन्ती समस्या, असिमित अपेक्षाहरूको सामना, समाधान र सहजीकरण गर्दै प्रहरीले जहिले प्रथम पंक्तिमा उभिएर सरकारको उपस्थिति जनाएको धारणा राखे । कार्कीले समय, युग तथा परिवेश अनुसार राज्यको फस्र्ट रेस्पोन्डर र कानुन कार्यान्वयन गर्ने निकायमा कार्यगत स्वायत्तता, वैज्ञानिकीकरण र साधन स्रोतमा युग परिवर्तन सुहाउँदो सरकारको लगानी आवश्यक रहेको उल्लेख गरे । 

हालको समयमा प्रहरीको जिम्मेवारी, चुनौती, अवसर र दायित्व वृद्धि हुँदै गएको स्मरण गराउँदै उनले अझ लगनशील हुन निर्देशन दिए । दीक्षित भएका प्रहरी निरीक्षकहरूलाई तत्काल निर्वाचनमा खटाइने उनकोे भनाइ छ । समारोहमा ९ जना महिला र ८३ जना पुरुष गरि ९२ प्रहरी निरीक्षक दिक्षित भएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय छलफलको उद्घाटन सत्रमा सहभागी

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय छलफलको उद्घाटन सत्रमा सहभागी

नेपालले महासभाका क्रममा ‘सगरमाथा टु सी’ नामक साइड इभेन्ट आयोजना गर्दैछ। उक्त कार्यक्रममा जलवायु परिवर्तन, हिमाली क्षेत्रमा परेको प्रभाव तथा जलवायुजन्य विपद्का कारण सिर्जित चुनौतीबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण...
बिनातामझाम अमेरिका उडे प्रधानमन्त्री बालेन, जलवायु न्यायका लागि राष्ट्रसंघमा उठ्ने छ सशक्त आवाज

बिनातामझाम अमेरिका उडे प्रधानमन्त्री बालेन, जलवायु न्यायका लागि राष्ट्रसंघमा उठ्ने छ सशक्त आवाज

तर, प्रधानमन्त्री बालेन शाहको पहिलो विदेश भ्रमण, त्यो पनि संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्न अमेरिकातर्फ प्रस्थान गर्दैगर्दा एयरपोर्टमा यस्तो कुनै तामझाम देखिएन, बिदाइ गर्न जानेहरुको लावालस्कर देखिएन ।...
नेकपा बैठकले गर्‍यो वाम दलसँग एकताका लागि वार्ता समिति गठन

नेकपा बैठकले गर्‍यो वाम दलसँग एकताका लागि वार्ता समिति गठन

बुधबार बसेको पार्टी केन्द्रीय कार्य संयोजन समितिको बैठकले देव गुरुङको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको हो । समितिमा प्रकाश ज्वाला र गङ्गानारायण श्रेष्ठ सदस्य छन्।
एमाले बैठकमा आज क-कसले बोले ?

एमाले बैठकमा आज क-कसले बोले ?

केन्द्रीय सदस्यहरूले बैठकमा पार्टीका विभिन्न विषयमा आफ्ना धारणा तथा सुझाव राखेका थिए।