नेभिगेशन
समाज

दाङमा मोटरसाइकल दुर्घटनामा मृत्यु हुने दुबै जनाको पहिचान खुल्यो

दाङ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सोमबार बिहान दाङको घोराही उपमहानगरपालिका–१६ सेवाखोलामा घोराहीबाट तुलसीपुर जाँदै गरेको लुप्र ०२–००१ प ११०२ मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रेशम बोहराका अनुसार उक्त मोटरसाइकल अनियन्त्रित भएर सेवाखोलामा निर्माणाधीन पुलबाट खसेको थियो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

दुर्घटनामा मोटरसाइकल चालक रोल्पा त्रिवेणी गाउँपालिका–७ का २८ वर्षीय ज्ञानेन्द्र बुढाथोकी र सोही मोटरसाइकलमा पछाडि सवार तुलसीपुर उपमहानगरपालिका–१७ झिँगैका ३९ वर्षीय कमल वलीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक बोहराले जानकारी दिए ।

Marvel
Extreme Energy

गम्भीर घाइते दुवै जनालाई उपचारका लागि घोराहीस्थित राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेसको आरोप : राज्य संरक्षित गिरोहबाट भय र भ्रम फैलाइँदैछ

कांग्रेसको आरोप : राज्य संरक्षित गिरोहबाट भय र भ्रम फैलाइँदैछ

नेपाली कांग्रेसले सरकार राज्यका निकाय दुरुपयोग गरेर भय र भ्रम फैलाउने तथा प्रतिपक्षी आवाज दबाउनेतर्फ उद्यत भएको आरोप लगाएको छ।
नवनियुक्त आईजीपी मनोज केसीलाई दर्ज्यानी चिह्न प्रदान

नवनियुक्त आईजीपी मनोज केसीलाई दर्ज्यानी चिह्न प्रदान

नवनियुक्त आईजीपी मनोज केसीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ। बुधबार आईजीपी नियुक्त भएका केसीलाई गृहमन्त्री सुधन गुरूङले दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।
ऊर्जामन्त्री श्रेष्ठ र भारतीय विदेश सचिव मिश्रीबीच शिष्टाचार भेट

ऊर्जामन्त्री श्रेष्ठ र भारतीय विदेश सचिव मिश्रीबीच शिष्टाचार भेट

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ र भारतीय विदेश सचिव विक्रम मिश्री बीच शिष्टाचार भेटवार्ता भएको छ ।
अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र भारतीय विदेश सचिव मिश्रीबीच शिष्टाचार भेट

अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र भारतीय विदेश सचिव मिश्रीबीच शिष्टाचार भेट

अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र नेपाल भ्रमणमा रहेका भारतका विदेश सचिव विक्रम मिश्री बीच शिष्टाचार भेटवार्ता भएको छ।