नेभिगेशन
समाज

नेपाल सहितका अन्तर्राष्ट्रिय पर्यवेक्षक तथा पत्रकारहरु निर्वाचन अनुगमनका लागि बङ्गलादेशमा

बङ्गलादेशमा बिहिबारलाई तय भएको १३ औं आम चुनाव र जुलाईमा हुने जनमतसंग्रह अनुगमन गर्न कम्तिमा ३९४ जना अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षक र १९७ विदेशी पत्रकारहरू बंगलादेश आइपुगेको जनाइएको छ । अन्तर्राष्ट्रिय पर्यवेक्षकहरू मध्ये ८० जनाले ले विभिन्न अन्तर्राष्ट्रिय सङ्गठनहरूको प्रतिनिधित्व गरेको जनाइएको छ ।

स्वतन्त्र युरोपेली पर्यवेक्षकहरू सहित द्विपक्षीय देशहरूबाट २४० जना पर्यवेक्षकहरू हाएको जनाइएको छ । अन्य ५१ जना विभिन्न विश्वव्यापी संस्थाहरूसँग सम्बद्ध व्यक्तिहरू रहेको विज्ञप्तिमा उल्लेख छ । पर्यवेक्षक मिसनहरू पठाउने प्रमुख संस्थाहरूमा एसियन नेटवर्क फर फ्री इलेक्शन्स (एएनएफआरइएल) छ भने अमेरिकास्थित इन्टरनेसनल रिपब्लिकन इन्स्टिच्युट (आइआरआई) ले १९ जना पर्यवेक्षक तैनाथ गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यसै गरी नेसनल डेमोक्र्याटिक इन्स्टिच्युट (एनडीआई) ले एक जना पर्यवेक्षक पठाएको छ । अन्य सङ्गठनहरूमा इस्लामिक सहयोग सङ्गठन (ओआईसी), एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आइसिएपीपी) र युरोपेली युनीयन समावेश छन् । युरोपेली सङ्घबाहेक २१ वटा देशबाट पर्यवेक्षकहरू आउँदैछन् । पाकिस्तान (८), भुटान (२), श्रीलङ्का (११), नेपाल (१), इन्डोनेसिया (३) र फिलिपिन्स (२) मलेसिया (६) जोर्डन (२) टर्की (१३) इरान (३) जर्जिया (२) र रुस (२) बाट पनि पर्यवेक्षकहरू आइपुगेका छन् ।

Ncell
Extreme Energy

अन्य सहभागी देशहरूमा चीन (३) जापान (४) दक्षिण कोरिया (२) किर्गिजस्तान (२) उज्बेकिस्तान (२) दक्षिण अफ्रिका (२) र नाइजेरिया (४) समावेश छन् । भ्वाइस फर जस्टिस, डेमोक्रेसी इन्टरनेसनल, एसएनएएस अफ्रिका, सार्क ह्युमन राइट्स फाउन्डेसन र पोलिश इन्स्टिच्युट अफ इन्टरनेसनल अफेयर्स जस्ता संस्थाका पर्यवेक्षकहरूले चुनावको अनुगमन गर्नेछन् । अन्तर्राष्ट्रिय पर्यवेक्षक भ्रमणको समन्वयलाई समर्थन गर्दै वरिष्ठ सचिव तथा एसडिजी संयोजक लामिया मोर्सेदले यसले बङ्गलादेशको अन्तरिम सरकारमा स्वतन्त्र, निष्पक्ष र सहभागी निर्वाचन गर्न विश्व समुदायको विश्वासलाई प्रतिबिम्बित गरेको बताएका छन् ।

उच्च–स्तरीय सहभागीहरूमा घानाका पूर्व राष्ट्रपति नाना आडो डानक्वा अकुफो–आडो र भुटानका मुख्य निर्वाचन आयुक्त डेकी पेमा आएको जनाइएको छ । बङ्गलादेशका लागि टर्कीका पूर्व राजदूत मेहमेत भाकुर एर्कुल र बेलायतको हाउस अफ लड्र्सका पूर्व सरकारी उप मुख्य सचेतक लर्ड रिचर्ड न्युबी पनि सहभागी भएको जनाइएको छ ।

मलेसियाको निर्वाचन आयोगका अधिकारी रामलान बीर हरुन र इरानी सांसद बेहनम सइदी, विदेश नीति तथा राष्ट्रिय सुरक्षा आयोगको प्रिसाइडिङ बोर्डका सदस्य पनि प्रतिनिधिमण्डलमा रहेको जनाइएको छ । करीव ५० भन्दा बढी राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरूको प्रतिनिधित्व गर्ने दुई हजार भन्दा बढी उम्मेद्वारहरूले संसदीय सिटहरूमा प्रतिस्पर्धा गरिरहेका छन् । भने आगमी जुलाईमा जनमतसंग्रहको साथै आम चुनाव हुने कार्उक्रम तय भएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सेना परिचालनपछि नियन्त्रणमा आयो देवानगञ्जको अवस्था, बजार क्षेत्र सामान्य बन्दै

सेना परिचालनपछि नियन्त्रणमा आयो देवानगञ्जको अवस्था, बजार क्षेत्र सामान्य बन्दै

मंगलबार साँझ करिब ७ः३० बजेदेखि सुरु भएको झडपका क्रममा बजार क्षेत्रमा तोडफोड तथा आगजनीका घटना भएका थिए । घटनापछि बजार क्षेत्र केही समय तनावग्रस्त बनेको थियो भने स्थानीयवासी...
सुनसरी घटनामा छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

सुनसरी घटनामा छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

छलफल  लेखा समितिको बैठक कक्षमा हुने छ । छलफलमा संसदमा रहेका सबै दलसहित उपेन्द्र यादव, महन्थ ठाकुर, सीके राउत नेतृत्वको पार्टी समेत आमन्त्रण गरिएको छ ।
सुनसरी घटना प्रधानमन्त्री कार्यालयको विज्ञप्तीः शान्ति र सद्भाव कायम गर्न आग्रह

सुनसरी घटना प्रधानमन्त्री कार्यालयको विज्ञप्तीः शान्ति र सद्भाव कायम गर्न आग्रह

सो कार्यालयका प्रवक्ता हेमराज अर्यालले आज विज्ञप्ति जारी गरेर घाइतेहरूको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबाट मिलाइएको जनाउँदै घटनाको सत्य तथ्य छानबिन गरी आगामी दिनमा...
नेपाल सरकार र जापान सरकारबीच ४१० मिलियन जापानी येन बराबरको अनुदान सम्झौता

नेपाल सरकार र जापान सरकारबीच ४१० मिलियन जापानी येन बराबरको अनुदान सम्झौता

प्रत्युत्तरमा अर्थमन्त्री डा. वाग्लेले सरकारले हालै तर्जुमा गरेको बजेटमा व्यक्त प्राथमिकताहरुको चर्चा गरे । सुशासन मार्फत सार्वजनिक सेवा प्रवाहमा सुधार गर्दै निजी क्षेत्रको लागि व्यवसायिक वातावरण अनुकूल बनाउनु...

भर्खरै