नेभिगेशन
समाज

धनगढी उडेका श्री एयरलाइन्सका यात्रु नेपालगञ्जमा अलपत्र

काठमाडौँ । काठमाडौँबाट धनगढीका लागि छुटेको श्री एयरलाइन्सको २२९ जहाज मध्यरातमा नेपालगञ्जमा अवतरण गर्दा ४० जना यात्रु अलपत्र परेका छन् ।

बिहीबार बेलुका ६ः३० बजेको टिकट लिएका यात्रु धनगढी जानका लागि विमानस्थल पुगेपनि उडानको सयम पटक पटक एयरलाइन्स कम्पनिले सार्दै रातिको ११ः२० मा धनगढीका लागि यात्रुलाई उडाएको भएपनि धनगढीमा भिजिविलिटीको कारण देखाउँदै विमान नेपालगञ्ज विमानस्थलमा अवतरण गराइएको एयरलान्स कम्पनिले जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

तर, विमान उडेको एक घण्टा ४५ मिनेटपछि नेपालगञ्ज विमानस्थलमा विमान अवतरण गरेको विमानमा सवार कैलाली गोदावरीकी महिमा चौधरीले बताइन । विमानले धनगढीमा अवतरण गर्ने प्रयास गर्दा पनि त्यो सम्भव नभएपनि नेपालगञ्ज अवतरण गरेको उनले बताइन । सयममा घर पुग्नु त परको कुरा नेपालगञ्जबाट कैलाली घर कसरी जाने भन्ने चिन्ताले सताउन थालेको उनले सुनाइन ।

Ncell
Extreme Energy

विमानले न धनगढी समयमा उडायो, न गन्तव्यमा नै पुराको धनगढी क्याम्पस रोडकी दिक्षा जोशीले गुनासो गरिन । उनले भनिन्, घरको मान्छेलाई छुट्टै चिन्ता छ । जहाजले नेपालगञ्ज ल्याइपुराएको छ । मध्यरातको समय छ । खाजा त परको कुरा अहिले सम्म पानी सोधेका छैनन् । यो विमान कम्पनिको गैरजिम्मेवारी पन हो ।  त्यस्तै विमान कम्पनिले यात्रुलाई धनगढी पुराउन बसको व्यवस्थापन गर्ने जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

किष्ट अस्पताल ललितपुरले पाँच  वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण गरेको छ ।
अन्तर्राष्ट्रिय टनेल विशेषज्ञ आर्नोल्ड डिक्सले भने– यस्तो विपत्ति विश्वमै विरलै भएको मेरो अनुभव छ

अन्तर्राष्ट्रिय टनेल विशेषज्ञ आर्नोल्ड डिक्सले भने– यस्तो विपत्ति विश्वमै विरलै भएको मेरो अनुभव छ

अन्तर्राष्ट्रिय टनेल तथा भूमिगत संरचना विशेषज्ञ प्रोफेसर आर्नोल्ड डिक्सले भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी र त्यसबाट जलविद्युत् आयोजनाका सुरुङ तथा अन्य संरचनामा परेको क्षति विश्वमै अत्यन्तै असामान्य प्रकृतिको...
राष्ट्रपतिले भने– भोटेकोशी बाढीपीडितको व्यवस्थापन र पुनर्निर्माण तीव्र पार्नू

राष्ट्रपतिले भने– भोटेकोशी बाढीपीडितको व्यवस्थापन र पुनर्निर्माण तीव्र पार्नू

राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढी प्रभावितहरूको तत्काल व्यवस्थापन, सडक तथा यातायात सञ्चालन, पुनर्निर्माण र पुनःस्थापनाका कामलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएका छन्।
विपद्पछिको पुनरुत्थानबारे विकास साझेदारसँग अर्थमन्त्री वाग्लेले थाले छलफल

विपद्पछिको पुनरुत्थानबारे विकास साझेदारसँग अर्थमन्त्री वाग्लेले थाले छलफल

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विपद्पछिको पुनरुत्थान र आवश्यकता आकलनबारे विकास साझेदारहरूसँग छलफल गरेका छन्।

भर्खरै