नेभिगेशन
समाज

कांग्रेसको प्रतिज्ञा पत्र अनुमोदन, जनकपुरबाट सार्वजनिक हुँदै

काठमाडौँ ।  नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले कांग्रेसको प्रतिज्ञा पत्र सर्वसम्मत पारित गरेको छ।

कांग्रेस केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पार्टीले आवज सार्वजनिक गर्न लागेको प्रतिज्ञा पत्र सर्वसम्मत पारित गरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कांग्रेसले बुधबार जनकपुरमा हुने सभामार्फत पार्टीको प्रतिज्ञा पत्र सार्वजनिक गर्दैछ । प्रतिज्ञा सभामा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मालगायत केन्द्रीय तहका प्रमुख नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

Ncell
Extreme Energy

मधेसको पवित्र भूमिमा, ऐतिहासिक तथा सांस्कृतिक नगरी जनकपुरधाममा आयोजना हुने यो प्रतिज्ञा सभा केवल एक राजनीतिक कार्यक्रम मात्र नभई, मधेसको स्वाभिमान, समावेशी लोकतन्त्र र राष्ट्रिय एकताको सन्देश दिने ऐतिहासिक अवसरको रूपमा कांग्रेसले लिएको छ ।

मधेसको माटोले सधैँ प्रजातन्त्र, समावेशिता र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा दृढ आवाज उठाउँदै आएको कांग्रेसका नेताहरूले बताउने गरेका छन् ।

मधेस आन्दोलनपछिको राजनीतिक यात्रामा नेपाली कांग्रेसले मधेसका जनताको पहिचान, अधिकार, समानुपातिक समावेशिता र सशक्तिकरणका मुद्दालाई आफ्नो मूल एजेन्डाका रूपमा आत्मसात् गरेको कांग्रेस मधेस प्रदेशका सभापति कृष्णप्रसाद यादवको भनाइ छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सुनुवाइ समितिले माग्यो प्रस्तावित राजदूविरुद्ध उजुरी

सुनुवाइ समितिले माग्यो प्रस्तावित राजदूविरुद्ध उजुरी

संघीय संसद्को संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाएको छ ।
यी नदीमा जलसतह बढ्ने पूर्वानुमान, तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह

यी नदीमा जलसतह बढ्ने पूर्वानुमान, तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह

महाशाखाका बाढीविद् सौहार्द जोशीले  कोशी, नारायणी, कर्णाली, महाकालीलगायत प्रमुख नदी तथा सहायक नदीमा जलसतह उल्लेख्य बढ्ने पूर्वानुमान गर्दै उच्च सतर्कता अपनाउन आग्रह  गरे ।
संवैधानिक निकायका पदाधिकारीले दोहोरो सुविधा नपाउने गरी कानुन तर्जुमा गरिँदै

संवैधानिक निकायका पदाधिकारीले दोहोरो सुविधा नपाउने गरी कानुन तर्जुमा गरिँदै

“दोहोरो सेवा सुविधा कसैले पनि नलियोस भन्ने उद्देश्यले नै यो विधेयक  ल्याएका हौँ” उनले भनिन्, “सर्वोच्च अदालतले पनि संवैधानिक निकायका पदाधिकारीहरुको दोहोरो सुविधा र पारिश्रमिकको विषयमा आवश्यक कानुन...
प्रतितोला ३ हजार २०० घट्यो सुनको मूल्य

प्रतितोला ३ हजार २०० घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बिहीबार छापावाल सुन प्रतितोला रु दुई लाख ९९ हजार १०० र चाँदीको  रु चार हजार ६५० कायम भएको छ ।

भर्खरै