नेभिगेशन
समाज

धनगढीमा बालेनले के बोले (सम्बोधनको पूर्णपाठ)

नमस्कार। कि छन् हालचाल? निकाइ छौं कि नाइ? बेली छकालै एउटा सुइना देख्या थे सुदूरपश्चिम बनेको, देश बनेको, त्यो सपना पूरा गर्‍न्र्या हो र त्यो पूरा गर्ने पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी हो। 

(दीपक बोहरातिर हेर्दै) बोहरा जी बुझ्या छौं कि नाइ? खल्तीमा पैसा नभएको विपन्न गरिबले शिक्षा पाउनु पर्‍यो, स्वास्थ्य उपचार पाउनु पर्‍यो त्यो हो हाम्रो एजेन्डा। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

दुई वर्षमा बन्ने बाटो २० वर्षमा पनि बन्दैन डेढ वर्षमा बन्नु पर्‍यो त्यो हो हाम्रो एजेन्डा । रुखमा बाँधेर हुन्छ कि बाटोमा सुताएर हुन्छ कि खोरमा जाकेर हुन्छ बाटो बन्नुपर्‍यो। 

Ncell
Extreme Energy

यहाँ त बाटो बनाउनलाई यो भेगमा मेरो भोट छैन यहाँको बाटो किन बनाउने? राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा गयो भने कांग्रेस, एमाले, माओवादी र सबै नेपाली जनता हिड्ने बाटो बनाउँछ। 

मान्छेले देशलाई स्विट्जरल्यान्ड बनाउनुपर्छ भन्छन्। स्विट्जरल्यान्डको बाउ बढिमालिका यही छ किन बनाउनुपर्‍यो स्विट्जरल्यान्ड? स्विट्जरल्यान्डको पराकाष्ठा रामारोशन यही छ, खप्तड नेशनल पार्क यही छ किन बनाउनुपर्‍यो स्विट्जरल्यान्ड? 

हामी नेपालीहरु माल भाको चाल नपाएको मान्छेहरु पर्यौं। भाको चिज देखाउनै सक्या छैन, सुदूरपश्चिमलाई जोड्नै सक्या छैन। सुदूरपश्चिममा एकदम धेरै कलाकार हुनुहुदो रहेछ, ८ लाख १ मिलियन सब्स्क्राइबर भएको तर त्यो गीत काठमाडौंको चोक चोकमा बज्दैन। सुदूरपश्चिम त्यो दिन जोडिन्छ जुन दिन यहाँको गीतहरु काठमाडौंको चोक चोकमा बज्छ अनि बल्ल जोडिन्छ काठमाडौंसँग। 

सुरुमा त गीत बज्नुपर्‍यो, त्यसपछि आवाज बज्छ त्यसपछि माग पूरा हुन्छ। सुन्दा सानो जस्तो लाग्छ तर त्यो हो राष्ट्रिय स्वतन्त्र पार्टीको एजेन्डा। सुदूरपश्चिमलाई सुनजिक प्रदेश बनाउनुपर्‍यो त्यो हो रास्वपाको एजेन्डा। तपाईहरुलाई आज यहाँ आएर भेट्न पाइयो धेरै खुसी लागेको छ। म धेरै बोल्ने मान्छे होइन। राष्ट्रिय स्वतन्त्र पार्टी तपाईहरुसँग यहाँ भोट माग्न आएको होइन काम माग्न आएको हो। काम दिनुस् है। तपाईहरुले भोट दिनुभएन भने पनि राष्ट्रिय स्वतन्त्र पार्टीले सुदूरपश्चिम बनाउँछ। काम माग्न आएको हो के के छ तपाईहरुको काम उम्मेदवारहरुलाई हाम्रो पार्टीमा मान्छेहरुलाई हाम्रो काम यो  हो भनेर लिष्ट दिनू। भोट नदिए पनि हुन्छ बरु कामको लिष्ट दिनू, काम गरेर देखाउँछ राष्ट्रिय स्वतन्त्र पार्टीले।  

(चश्मा निकाल्दै) आँखा हेर्न पर्दैन। काम हेर्नूहोला। म धेरै बोल्दिन। धेरै धेरै धन्यवाद। सुदूर अब दूर नाइ झिक्कै झिक्कै माया तमलाई, आइ लभ यू।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
न्युयोर्कमा परराष्ट्रमन्त्रीको व्यस्त कार्यसूची, बिभिन्न देशका उच्च स्तरीय नेतासँग साइडलाइन बैठक

न्युयोर्कमा परराष्ट्रमन्त्रीको व्यस्त कार्यसूची, बिभिन्न देशका उच्च स्तरीय नेतासँग साइडलाइन बैठक

मन्त्री खनालले बुधबार मात्र भारतीय विदेशमन्त्री एस जयशङ्करसँग द्विपक्षीय भेटवार्ता गरेका थिए । त्यस अवसरमा मन्त्री खनालले नेपालमा गत भदौ १० गते गएको रसुवाबाढीका बारेमा प्रारम्भिक जानकारी गराउँदै...
एमाले केन्द्रीय समितिमा विष्णु रिजालले राखेका ८ सुझाव

एमाले केन्द्रीय समितिमा विष्णु रिजालले राखेका ८ सुझाव

एमाले केन्द्रीय सदस्य विष्णु रिजलले अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको प्रतिवेदनलाई समर्थन गर्दै अब अविश्वास हटेको दाबी गरेका छन्
जोखिमयुक्त स्थान र विद्यालयमा काठमाडौँ महानगरको निगरानी

जोखिमयुक्त स्थान र विद्यालयमा काठमाडौँ महानगरको निगरानी

नियमित रुपमा पानी पर्न थालेपछि काठमाडौँ महानगरपालिकाले जोखिमयुक्त स्थान र विद्यालयहरुमा निगरानी बढाएको छ ।
बाढी पहिरोको जोखिमपछि बिपी राजमार्गमा सवारी सञ्चालनमा रोक

बाढी पहिरोको जोखिमपछि बिपी राजमार्गमा सवारी सञ्चालनमा रोक

बैठकले वर्षा तथा बाढीको अवस्था मूल्याङ्कन गरी दिनको समयमा सवारीसाधन सञ्चालन रोक्नुपर्ने अवस्था देखिएमा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले आवश्यक निर्णय लिनसक्ने व्यवस्था गरेको छ । निर्णय कार्यान्वयनमा सहजीकरणका...