नेभिगेशन
समाज

ज्ञानेन्द्र शाहको सन्देश: राष्ट्रिय सहमति गरेर मात्र निर्वाचनमा जानु उचित, नत्र चुनावपछि थप द्वन्द्व हुनेछ

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले अहिले देशको अस्तित्व नै संकटमा परेको भन्दै राष्ट्रिय सहमतिबाट समस्याको साधान गरेर मात्र चुनावमा जानु उपयुक्त हुने बताएका छन् । प्रजातन्त्र दिवसको अवसरमा जारी गरेको भिडिओ सन्देशमा पूर्व राजा शाहले राष्ट्रिय संकटको समाधान नगरी हुने चुनावले थप द्वन्द्व निम्त्याउने चेतावनी समेत दिएका छन् ।

उनले भनेका छन्, मुलुकमा पहिले राष्ट्रिय समस्याको समाधान गरेर मात्र आसन्न निर्वाचन प्रकृया तर्फ जानु उचित हुने र निर्वाचन पछि कुनै द्वन्द अशान्ति र खिचातानी नहोस् भन्ने विषयलाई ध्यानमा राखेर राष्ट्रिय सहमति र सबैलाई समेटेर जाने समझदारी बनाएर मात्र निर्वाचनमा जाँदा नै त्यसले सही बाटो समात्ने थियो ।यस्तो छ, पूर्वराजा ज्ञानेन्द्र शाहको सन्देशको पूर्णपाठ:

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाली दिदीबहिनी तथा दाजुभाइहरु,

Extreme Energy
citizen life

जनता र राजाको संयुक्त प्रयत्नबाट पचहत्तर बर्ष अघि नेपालमा प्रजातन्त्रको मिरमिरे घाम उदाएको सुखद दिवसको सम्झना गर्दै हामी सबै नेपालीलाई हार्दिक शुभकामना व्यक्त गर्दछौं । प्रजातन्त्र स्थापनाका निम्ति उदारता दर्शाइबक्सने हाम्रा जिज्यू बुबाज्यू राष्ट्रपिता श्री ५ त्रिभूवनकोे सम्झना गर्दै मौसुफप्रति हामी श्रद्धासुमन अर्पण गर्दछौं । प्रजातन्त्रका निम्ति जीवन दान दिने ज्ञात अज्ञात शहीदहरु र प्रजातन्त्रका लागि कृयाशील रहने सबै पात्रहरुप्रति पनि हामी श्रद्धाभाव व्यक्त गर्दछौं । 
    
केही महिनाको झापा बसाई पश्चात राजधानी फर्कने क्रममा हाम्रो स्वागतमा सामेल हुनु हुने उपत्यकाका आदीवासी नागरिक एवंम आम जनसमुदायमा हार्दिक आभार सहित धन्यवाद अर्पण गर्दछौं । मुलुक असमान्य अवस्थाबाट गुज्रिरहेको वर्तमान अवस्थामा हामीप्रति दर्शाइएको यस्तो प्रेम र सद्भावले हाम्रा मन र मुटु मात्र छोएको नभई, हाम्रा निम्ति एउटा अटल दायित्वबोधको प्रेरणा पनि मिलेको छ ।
    
सिंगै मुलुक यतिबेला अस्वभाविक छटपटिको भुमरीमा फसेको छ । देशको अस्मिता र अस्तित्व नै संकटमा परेको महसुस हरेक देशभक्त नेपालीले गरिरहेका छन् । विगतमा अनेकौं नाममा आन्दोलन र संघर्ष भए, संघर्षको आडमा परिवर्तन पनि गरिए तर सबै प्रकारका परिवर्तनहरुले नेपाल र नेपालीलाई के दियो भनी आत्म समिक्षा गर्नु पर्ने समय अहिले आएको छ । हाम्रो शत्रु, विपन्नता र अस्थिरता हो, तर एउटा नेपालीको अर्को नेपालीलाई बैरी ठान्ने अवान्छित संस्कृतिलाई हामीले बढावा दियौं । जसका कारण देश आज इतिहास कै सबैभन्दा गहिरो दर्दनाक स्थितिमा आइपुगेको छ । त्यसैले कठिन परिस्थितिमा परेको आजको मुलुकमा परस्पर घृणा र द्वन्दको राजनीतिमा पूर्ण विराम लगाउँदै सद्भाव र एकताको राजनीतिक संस्कृतिको प्रवद्र्धन गरौं । 
    
प्रजातन्त्रमा राज्य व्यवस्था र प्रकृया सम्बैधानिक मान्यता अनुरुप चल्नु उपयुक्त हो । प्रजातान्त्रिक प्रणालीमा प्रतिनिधि छनौटको आवधिक निर्वाचन एक स्वभाविक प्रकृया भएता पनि यतिखेरको आम जनभावना यो छ कि – मुलुकमा पहिले राष्ट्रिय समस्याको समाधान गरेर मात्र आसन्न निर्वाचन प्रकृया तर्पm जानु उचित हुने र निर्वाचन पछि कुनै द्वन्द अशान्ति र खिचातानी नहोस् भन्ने विषयलाई ध्यानमा राखेर राष्ट्रिय सहमति र सबैलाई समेटेर जाने समझदारी बनाएर मात्र निर्वाचनमा जाँदा नै त्यसले सही बाटो समात्ने थियो ।

वर्तमान अवस्थामा अधिकार मात्र खोज्ने तर कर्तव्य नसोच्ने प्रवृत्ति मौलाइरहेको यस्तो दुखद परिस्थतिमा आलोपालो भाग लगाएर खाउँ भन्ने सोचले होइन, मिलेर काम गरौं भन्ने कर्तव्यबोधले मात्र मुलुकलाई नयाँ गति दिन सकिन्छ । प्रजातन्त्रमा जनता आपैm जागरुक बनेर समाज र राष्ट्रसेवाको सत्कर्ममा अग्रसर हुन पाउनु पर्ने हो तर कसैलाई खुशी पार्नु पर्ने अनि कसैबाट तोकिनु पर्ने बाध्यात्मक व्यवस्थाको जन्जीरमा बाँधिनु परेको छ । 
    
देशको भूबनोट तथा समाजको प्रकृति सुहाउँदो व्यवस्था र प्रणालीले मात्र दिगो र सकारात्मक परिणाम दिन सक्छ । आम जनताको समग्र हित हुने तथा विश्वसामू नेपालीको उच्चशीर हुने व्यवस्था नै प्रजातान्त्रिक व्यवस्था नेपाललाई सुहाउँछ । कुनै व्यवस्थाको राम्रा र असल पक्षहरु टिप्नु र राख्नु पर्छ । जुनै व्यवस्थाको नराम्रो र खराब पक्षहरु हुन्छन् त्यसलाई फाल्नु र फ्याक्नु पर्छ । त्यसैले विश्वका कयौं राष्ट्रहरु पहिले आफ्नो देश, पहिला आफ्ना जनता र पहिला आफ्नो आवश्यकता भन्दै त्यही प्राथमिकतामा प्रजातन्त्रको पाइला बनाइरहेका छन् । हो, हामीले पनि हाम्रै धरातलीय यर्थाथमा उभिएर प्रजातन्त्रको प्रयोग, परिक्षण र प्रशोधन गर्दै जानु पर्दछ । नेपालको एकीकरण, प्रजातान्त्रिककरण र आधुनिकिकरण सँगै जनताको बदलिंदो चाहना र आवश्यकतालाई ध्यानमा राखेर समयानुकुल परिवर्तन र परिमार्जन गर्दै आम जनताको दैनिक काम    काज सहज र सरल बनाउँदै जानु पर्ने आजको पहिलो आवश्यकता हो ।
    
प्रजातन्त्रमा सबैथरी विचार, सबैथरी संस्कारको आधार हुनु पर्दछ । सबैले सबैलाई कदर गर्ने, समन्वयकारी गुणबाट नै सामाजिक मुल्यको प्रजातन्त्र दिगो र दरिलो हुन्छ । अरुको भरमा परेर हामी अक्करमा नपरौं । श्री पशुपतिनाथले हामी सबैकोे कल्याण गरुन् । जय नेपाल !

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सामान्य प्रशासनकाे निर्देशन: तत्काल सरुवा आएका कर्मचारीलाई हाजिर गराऊ, गएकालाई रमाना देऊ

सामान्य प्रशासनकाे निर्देशन: तत्काल सरुवा आएका कर्मचारीलाई हाजिर गराऊ, गएकालाई रमाना देऊ

मन्त्रालयले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था मन्त्रालय, शिक्षा मन्त्रालय, कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारका कार्यालय तथा मुड्केचुला गाउँपालिकासँग विवरण मागेको जनाएको छ।
इरान प्रस्तावप्रति अमेरिका कठोर

इरान प्रस्तावप्रति अमेरिका कठोर

, “हामीले सुनिश्चित गर्नुपर्छ कि कुनै पनि सम्झौताले उनीहरूलाई कुनै पनि अवस्थामा आणविक हतियार विकास गर्ने बाटोमा अघि बढ्न नदियोस् ।” रुबियोले इरानको प्रस्ताव पाकिस्तानमार्फत आएको पुष्टि गर्दै...
काठमाडौँका आधारभूत स्तर नभएका छात्रावास बन्द गर्ने तयारी

काठमाडौँका आधारभूत स्तर नभएका छात्रावास बन्द गर्ने तयारी

शिक्षा अधिकारी नमराज ढकाल भने, “काठमाडौँ कामपाले जारी गरेको छात्रावास सञ्चालनसम्बन्धी मापदण्ड २०८० बमोजिम होस्टेल सञ्चालकलाई मापदण्ड कार्यान्वयनमा प्रोत्साहन गर्ने, छात्रछात्रालाई मापदण्ड बमोजिमको सुविधा उपलब्ध गराउने, सुरक्षा र...
३७ मुद्दा परेका 'कुख्यात चोर' ३८ औँ पटक फेरि चोरी आरोपमा पक्राउ

३७ मुद्दा परेका 'कुख्यात चोर' ३८ औँ पटक फेरि चोरी आरोपमा पक्राउ

सन्तोषविरूद्ध २०६१ सालदेखि अहिलेसम्म अभद्र व्यवहारका २२ वटा, चोरी कसुरका १३ वटा, हातहतियार खरखजनाका एउटा र लागु औषध कसुरका एउटा मुद्दामा दर्ता भएर पक्राउ परेका छन्।