नेभिगेशन
समाज

युक्रेन–रुस वार्ता जेनेभामा दोस्रो दिन प्रवेश

मस्को र किएभका दूतहरूले बुधबार जेनेभामा अमेरिकी मध्यस्थतामा लगातार दोस्रो दिनको वार्ता जारी राखेर चार वर्षअघि सुरु भएको युद्धपछि उत्पन्न राजनीतिक र सैन्य मतभेदहरूको समाधान खोज्ने प्रयास गरेका छन् ।

अधिकारीहरूका अनुसार दुवै पक्षले राजनीतिक र सैन्य मार्गदर्शनका विषयमा कार्य समूहमार्फत परामर्श गर्दै छन् र हिजो छलफल गरिएका निर्णयका मापदण्ड र कार्यान्वयनको स्पष्टता सुनिश्चित गर्न प्रयास भइरहेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

स्विट्जरल्यान्डमा जारी वार्ता अमेरिकाद्वारा आयोजित प्रत्यक्ष वार्ताको तेस्रो चरण हो । यसअघि यसै वर्ष अबु धाबीमा भएको बैठक रचनात्मक भए तापनि सफल हुन सकेको थिएन ।

Ncell
Extreme Energy

अमेरिकी प्रतिनिधि स्टिभ विटकफले सामाजिक सञ्जालमा गत वर्ष युक्रेनमा शान्तिका लागि वासिङ्टनले गरेको दबाबले ‘अर्थपूर्ण प्रगति’ ल्याएको बताए । तर लडाइँ जारी रहेको पुष्टि पनि गरेका थिए ।

हाल दुवै सेनाले करिब एक हजार २५० किलोमिटर लामो फ्रन्टलाइनमा युद्ध जारी राखेका छन् । युक्रेनी वायुसेनाका अनुसार रुसी सेनाले नागरिक क्षेत्रहरूमा रातभर ब्यालेस्टिक क्षेप्यास्त्र र १२६ लामो दूरीका ड्रोन प्रहार गरेको छ । दक्षिणी सहर जापोरिझियामा रुसी ड्रोन हमलामा एक महिला मारिएकी र दुई साना बच्चासहित सात जना घाइते भएका छन् ।

शान्ति सम्झौताको प्रयासका बाबजुद दुवै पक्षबीच अझै ठूलो दूरी देखिन्छ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले युद्धविराम र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग आमनेसामने भेटको प्रस्ताव राख्नुभएको छ तर मस्कोले युद्धविराम अघि विस्तृत सम्झौता चाहन्छ ।

फेब्रुअरी २४, २०२२ मा सुरु भएको आक्रमणका क्रममा पुटिनका मुख्य लक्ष्यहरू युक्रेनले नाटोमा सामेल नहुने, सेनाको आकार घटाउने र देशलाई मस्कोको प्रभावक्षेत्रमा राख्दै रूसी भाषा र संस्कृतिको संरक्षण गर्नु रहेको पुटिनले बताए । जेलेन्स्कीले युक्रेनले रुसी कब्जा क्षेत्रहरू फिर्ता नगर्ने स्पष्ट सङ्केत दिइसकेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
ऋण असुलीबाट बचत फिर्ता तीव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम

ऋण असुलीबाट बचत फिर्ता तीव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  ४ समस्याग्रस्त सहकारीको १०५ जनाको बचत फिर्ता गरेको छ। समितिका अनुसार शिव शिखरका ३५,ओरिन्टल को अपरेटिभका २, तुलसीको १३ र कान्तीपुर सहकारीका ५५  साना...
असोज ७ देखि ९ गतेसम्म यस्तो छ वर्षाको चेतावनी

असोज ७ देखि ९ गतेसम्म यस्तो छ वर्षाको चेतावनी

जल तथा मौसम विज्ञान विभागले असोज ७ देखि ९ गतेसम्म देशका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ।
सरकारले संसदमा ल्यायो १० वटा नयाँ विधेयक

सरकारले संसदमा ल्यायो १० वटा नयाँ विधेयक

सरकारले १० वटा नयाँ विधेयक प्रतिनिधि सभामा दर्ता गरेको छ ।
प्रधानमन्त्रीको भारत भ्रमणको तयारी तीव्र, मंसिर पहिलो साता नयाँदिल्ली उड्ने

प्रधानमन्त्रीको भारत भ्रमणको तयारी तीव्र, मंसिर पहिलो साता नयाँदिल्ली उड्ने

सरकारले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणको तयारी तीव्र पारेको छ ।