नेभिगेशन
समाज

रास्वपाको चुनावी लहर सुर्खेतमा: रवि र बालेनले आज घण्टाघरमा सम्बोधन गर्ने

सुर्खेत।आगामी फागुन २१ गते हुने आम निर्वाचनको पूर्वसन्ध्यामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो चुनावी अभियानलाई देशव्यापी रूपमा तीव्र पारेको छ। यसै क्रममा आज कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित घण्टाघर चोकमा रास्वपाले परिवर्तन उद्घाेष सभा आयोजना गर्दैछ। 

​सभालाई रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

​हिजो मात्र सुदूरपश्चिमको धनगढीमा आयोजित विशाल आम सभा सम्पन्न गरी दुवै नेताहरू सुर्खेत आइपुगेका हुन्। सुर्खेतको घण्टाघरमा हुने आजको सभामा पनि ठुलो संख्यामा समर्थकहरूको उपस्थिति रहने अपेक्षा रास्वपाले गरेकाे छ।

​निर्वाचनको मिति नजिकिँदै जाँदा रास्वपाले यस पटक स्पष्ट बहुमत ल्याउने दाबी गर्दै आएको छ। सभापति लामिछाने र नेता शाहले देशका विभिन्न भागमा पुगेर जनतालाई "परिवर्तनका लागि घण्टी" मा मतदान गर्न अपिल गरिरहेका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रास्वपाले यस पटकको निर्वाचनलाई "नयाँ र पुराना शक्तिबीचको निर्णायक लडाइँ" को रूपमा व्याख्या गर्दै आएको छ। आजको सम्बोधनमा रवि र बालेनले कर्णालीको विकास र राष्ट्रिय राजनीतिका बारेमा कस्तो अभिव्यक्ति दिन्छन् भन्नेमा सबैको चासो रहेको छ।

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
ऋण असुलीबाट बचत फिर्ता तीव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम

ऋण असुलीबाट बचत फिर्ता तीव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  ४ समस्याग्रस्त सहकारीको १०५ जनाको बचत फिर्ता गरेको छ। समितिका अनुसार शिव शिखरका ३५,ओरिन्टल को अपरेटिभका २, तुलसीको १३ र कान्तीपुर सहकारीका ५५  साना...
असोज ७ देखि ९ गतेसम्म यस्तो छ वर्षाको चेतावनी

असोज ७ देखि ९ गतेसम्म यस्तो छ वर्षाको चेतावनी

जल तथा मौसम विज्ञान विभागले असोज ७ देखि ९ गतेसम्म देशका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ।
सरकारले संसदमा ल्यायो १० वटा नयाँ विधेयक

सरकारले संसदमा ल्यायो १० वटा नयाँ विधेयक

सरकारले १० वटा नयाँ विधेयक प्रतिनिधि सभामा दर्ता गरेको छ ।
प्रधानमन्त्रीको भारत भ्रमणको तयारी तीव्र, मंसिर पहिलो साता नयाँदिल्ली उड्ने

प्रधानमन्त्रीको भारत भ्रमणको तयारी तीव्र, मंसिर पहिलो साता नयाँदिल्ली उड्ने

सरकारले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणको तयारी तीव्र पारेको छ ।