नेभिगेशन
समाज

तोकिएकै मितिमा भयमुक्त र विश्वसनीय वातावरणमा निर्वाचन सम्पन्न हुन्छः प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयमुक्त वातावरणमा निर्वाचनलाई सम्पन्न गरी मुलुकलाई दिगो लोकतान्त्रिक स्थायित्वको नयाँ युगको ढोका उघार्ने प्रयत्नमा पूरै ऊर्जा लगाएको बताएकी छन् ।

प्रजातन्त्र दिवसका अवसरमा बिहीबार सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले सवैको समूहिक प्रयासबाट तोकिएकै मितिमा र भयमुक्त र विश्वसनीय वातावरणमा निर्वाचन सम्पन्न हुने सुनिश्चित भएको समेत बताएकी हुन ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आगामी निर्वाचनबाट आउने संसद् र सरकारले लोकतन्त्रलाई अझ जीवन्त, नतिजामुखी र जनउत्तरदायी प्रणालीका रूपमा अघि बढाउने उनले विश्वास व्यक्त गरेकी थिइन ।

Ncell
Extreme Energy

प्रधानमन्त्री कार्कीले लोकतन्त्र केवल प्रक्रिया मात्र नभएको उल्लेख गर्दै यसले नतिजा दिनुपर्नेमा जोड दिइन । वर्तमान सरकारले जेनजी आन्दोलनको आवाजलाई गम्भीरतापूर्वक लिएको जनाउँदै प्रधानमन्त्री कार्कीले सुशासन, पारदर्शीता, समन्याय र जवाफदेहितालाई व्यवहारमा रूपान्तरण गर्ने दिशामा सरकारका प्रयास अभिमुख भइरहेको स्पष्ट पारेकी थिइन ।

उनले एउटै वर्ग सत्तामा स्थायी रूपमा हालीमुहाली गरिरहने, स्रोत–साधनमा एकाधिकार जमाइरहने र राज्य संरचनामा पजनी चलाइरहने सिलसिलाको अन्त्य नसकेका कारण नागरिकहरुमा असन्तोष पैदा भएको धारणा व्यक्त गरेकी थिइन ।उनले सबल लोकतन्त्रले असन्तोषलाई दमन नगर्ने, बरु सुधारको अवसरका रूपमा ग्रहण गर्ने बताइन ।

प्रधानमन्त्री कार्कीले युवालाई तिरष्कार गरेर कुनै राष्ट्र शान्त रहन नसक्ने भएकाले सन्तोषलाई दबाएर नभइ, सम्बोधन गरेर मात्र राष्ट्र अघि बढ्न सक्ने धारणा व्यक्त गरेकी थिइन । विभिन्न आन्दोलनका वीर योद्धाहरूले देखेका समुन्नत र न्यायपूर्ण नेपालको सपना साकार पार्नका निम्ति हातेमालो गरी सबै एकजुट हुन उनले अपिल समेत गरेकी छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रहरीले भन्यो– चीनतर्फ पानीको बाँध फुटेको सूचना आएकोले उद्धारकार्य स्थगित गर्नू !

प्रहरीले भन्यो– चीनतर्फ पानीको बाँध फुटेको सूचना आएकोले उद्धारकार्य स्थगित गर्नू !

नेपाल प्रहरीले तिब्बततर्फ पानीको बाँध फुटेको सूचना आएको बताएको छ ।
रसुवाका सहायक सिडिओ भन्छन्– चीनतर्फबाट ताल फुटेको सूचना आयो

रसुवाका सहायक सिडिओ भन्छन्– चीनतर्फबाट ताल फुटेको सूचना आयो

चीनतर्फ छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम छेउमा बनेको ठूलो ताल फुटेको छ।
टनेलमा फसेका मजदुर र स्थानीयको उद्धारमा सेना विहानैदेखि सक्रिय

टनेलमा फसेका मजदुर र स्थानीयको उद्धारमा सेना विहानैदेखि सक्रिय

रसुवास्थित जलविद्युत् आयोजना (हाइड्रो) को सुरुङ (टनेल) भित्र बाढीका कारण फसेका मानिसहरूको नेपाली सेनाले आज बिहानैदेखि उद्धार कार्य तीव्र पारेको छ ।
स्थानीय प्रशासनसँग समन्वय गरेर मात्र राहत वा उद्धारमा जान प्रधानमन्त्रीको अपिल

स्थानीय प्रशासनसँग समन्वय गरेर मात्र राहत वा उद्धारमा जान प्रधानमन्त्रीको अपिल

प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयले रसुवाको भोटेकोसी क्षेत्रमा बाढीबाट प्रभावित नागरिकहरूका लागि राहत वितरण तथा उद्धार कार्यमा आउने सम्पूर्ण नागरिक, स्वयम्सेवी संस्था तथा सरोकारवालाहरूलाई स्थानीय प्रशासनसँग समन्वय गरेर मात्र...