नेभिगेशन
समाज

सात महिनामा ४ हजार बढी दुर्घटना, १ सय ३२ जनाको मृत्यु

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले चालू आर्थिक बर्षमा सवारी दुर्घटनामा १ सय ३२ जनाको मृत्यु भएको जनाएको छ ।

कार्यालयले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै चालू आर्थिक बर्षको माघ महिनासम्म भएका ४ हजार ३ वटा दुर्घटनामा १ सय ३२ जनाको मृत्यु भएको जनाएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

दुर्घटनामध्ये सवै भन्दा बढि दुर्घटनामा चालकको लापरवाही देखिएको काठमाडौँ उपत्यका ट्रफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । उनले सवारी दुर्घटनालाई न्यूनिकरण गर्न सवारी चेकजाँचलाई बढाइएको बताए ।

Ncell
Extreme Energy

आफुहरुको ध्यान राजस्व संकलन गर्ने नभइ जीवन रक्षामा केन्द्रीत रहेको उनको भनाइ छ । उनले सवारी चोरी भएका घटनापनि बृद्धि भएकाले सवारी साधन चोरी तथा हराउनबाट रोक्न आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गरी सुरक्षाका उपायहरु अपनाउन पनि आग्रह गरेका थिए ।

सो क्रममा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न स्थान र मितिमा चोरी भएका ५३ ओटा दुई पाङ्ग्रे सवारी साधन (मोटरसाइकल र स्कुटर) खोजतलास गरी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । आर्थिक वर्ष २०८०/०८१ मा ४१७ ओटा र ०८१/०८२ मा ५०३ ओटा दुई पाङ्ग्रे सवारी साधन खोजतलास गरी सम्बन्धित धनीलाई जिम्मा लगाइसकेको ट्राफिक प्रहरीले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रहरीले भन्यो– चीनतर्फ पानीको बाँध फुटेको सूचना आएकोले उद्धारकार्य स्थगित गर्नू !

प्रहरीले भन्यो– चीनतर्फ पानीको बाँध फुटेको सूचना आएकोले उद्धारकार्य स्थगित गर्नू !

नेपाल प्रहरीले तिब्बततर्फ पानीको बाँध फुटेको सूचना आएको बताएको छ ।
रसुवाका सहायक सिडिओ भन्छन्– चीनतर्फबाट ताल फुटेको सूचना आयो

रसुवाका सहायक सिडिओ भन्छन्– चीनतर्फबाट ताल फुटेको सूचना आयो

चीनतर्फ छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम छेउमा बनेको ठूलो ताल फुटेको छ।
टनेलमा फसेका मजदुर र स्थानीयको उद्धारमा सेना विहानैदेखि सक्रिय

टनेलमा फसेका मजदुर र स्थानीयको उद्धारमा सेना विहानैदेखि सक्रिय

रसुवास्थित जलविद्युत् आयोजना (हाइड्रो) को सुरुङ (टनेल) भित्र बाढीका कारण फसेका मानिसहरूको नेपाली सेनाले आज बिहानैदेखि उद्धार कार्य तीव्र पारेको छ ।
स्थानीय प्रशासनसँग समन्वय गरेर मात्र राहत वा उद्धारमा जान प्रधानमन्त्रीको अपिल

स्थानीय प्रशासनसँग समन्वय गरेर मात्र राहत वा उद्धारमा जान प्रधानमन्त्रीको अपिल

प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयले रसुवाको भोटेकोसी क्षेत्रमा बाढीबाट प्रभावित नागरिकहरूका लागि राहत वितरण तथा उद्धार कार्यमा आउने सम्पूर्ण नागरिक, स्वयम्सेवी संस्था तथा सरोकारवालाहरूलाई स्थानीय प्रशासनसँग समन्वय गरेर मात्र...