नेभिगेशन
समाज

चुनाव सार्न खोज्नेहरुलाई रविको जवाफः जनता जागेका बेला कचकच गर्न पाइदैन

काठमाडौँ । रास्वपाका सभापति रवि लामिछानेले चुनावले निकास दिँदैन भन्नेहरुका लागि जवाफ दिएका छन् । अहिले देशको समस्या समाधान चुनावको विकल्प नभएको बताउँदै उनले भने  चुनावले निकास नदिए केले दिन्छ ? 

लामिछानेले भने, ‘चुनाव गर्न हुँदैन, सार्नुपर्छ भन्ने कुरा कता कता सुनेको छु। चुनावले निकास दिँदैन भने केले दिन्छ निकास ? लोकतन्त्रमा सबैभन्दा ठुलो तागत जनताको हो, जनताले भोटबाट तागत देखाउने यो उत्सवले निकास दिन्न भने केले दिन्छ निकास ? आन्दोलने। त्यो भए म एउटा अफर दिन चाहन्छु, रोडबाट भए रोडबाट, भोटबाट भए भोटबाट आउनुस्। हामी चाहन्छौँ भोटबाट फेर्न रगतको एउटा थोपा चुहाउन चाहँदैनौँ।’

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले अहिले जनता जागेको बेलामा चुनावको विकल्प नभएको बताए।

Ncell
Extreme Energy

उनले भने, ‘लोकतन्त्रको खतरा हेलिकप्टर चढेर भागेको छ। ल्यान्ड नहोस्। लोकतन्त्रलाई खतरा जब हुन्छ त्यो हेलिकप्टर जब सिंहदरबार वा बालुवाटार ल्यान्ड हुन्छ।’

लामिछानेले अहिले जनता जागेको समयमा अन्य दलका नेता कार्यकर्ताले कचकच नगर्न पनि चेतावनी दिएका छन् । 
उनले भने ‘जतिबेला जनता जाग्यो त्यतिबेला कचकच गर्न पाइँदैन । सबै मिले हुन्छ । रास्वपा एक्लै लड्छ । रास्वपासँग डराउनुपर्ने जो हो डराए हुन्छ जनता डराउनुपर्दैन,’ उनले भने, ‘रास्वपाले युनिभर्सिटीमा दलका ब्यानर निकालेर पढाइ मात्रै गर्न खोजेको हो ।ठेक्का लिएको बाटो समयमै निर्माण गर्ने वातावरण खोजेको हो ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
ऋण असुलीबाट बचत फिर्ता तीव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम

ऋण असुलीबाट बचत फिर्ता तीव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  ४ समस्याग्रस्त सहकारीको १०५ जनाको बचत फिर्ता गरेको छ। समितिका अनुसार शिव शिखरका ३५,ओरिन्टल को अपरेटिभका २, तुलसीको १३ र कान्तीपुर सहकारीका ५५  साना...
असोज ७ देखि ९ गतेसम्म यस्तो छ वर्षाको चेतावनी

असोज ७ देखि ९ गतेसम्म यस्तो छ वर्षाको चेतावनी

जल तथा मौसम विज्ञान विभागले असोज ७ देखि ९ गतेसम्म देशका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ।
सरकारले संसदमा ल्यायो १० वटा नयाँ विधेयक

सरकारले संसदमा ल्यायो १० वटा नयाँ विधेयक

सरकारले १० वटा नयाँ विधेयक प्रतिनिधि सभामा दर्ता गरेको छ ।
प्रधानमन्त्रीको भारत भ्रमणको तयारी तीव्र, मंसिर पहिलो साता नयाँदिल्ली उड्ने

प्रधानमन्त्रीको भारत भ्रमणको तयारी तीव्र, मंसिर पहिलो साता नयाँदिल्ली उड्ने

सरकारले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणको तयारी तीव्र पारेको छ ।