नेभिगेशन
समाज

सन् २०२५ मा मानव अधिकार उल्लङ्घनका घटनाबाट ११ हजार बढी पीडित

काठमाडौँ । सन् २०२५ मा नेपालमा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा बृद्धि भएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले बिहीबार ललितपुरमा नेपाल मानव अधिकार वर्ष पुस्तक सार्वजनिक गर्दै सन् २०२५ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबाट ११ हजार ५ सय ३८ जना पीडित भएको जनाएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यसअघि सन २०२४ मा यस्ता घटनामा १० हजार ७ सय ३४ जना पीडित भएको तथ्याङ्क सार्वजनिक भएको थियो ।तथ्याङ्क अनुसार बागमती प्रदेशमा सवैभन्दा बढि र कर्णाली प्रदेशमा सवै भन्दा कम मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना भएका छन् ।

Ncell
Extreme Energy

सन् २०२५ मा  राज्यपक्षबाट २ हजार ७ सय ५ जना पीडित भएका छन् । यो संख्या अघिल्लो बर्षको तुलनामा निकै बढि हो , अघिल्लो बर्ष राज्य पक्षबाट ४ सय ५८ जना पीडित भएको तथ्याङ्क सार्वजनिक भएको थियो ।

त्यस्तै अन्य पक्षबाट भएका मानवअधिकार ज्यादतीका घटनाको संख्या ८ हजार ८ सय ३३ रहेको छ । अधिकार वर्ष पुस्तक सार्वजनिक गर्दै इन्सेकले भाद्र २३ र २४ को घटनाका कारण मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा बृद्धि भएको देखिएको जनााएको छ ।

इन्सेकका पूर्व अध्यक्ष डा. कुन्दन अर्यालले नेपालमा मानवअधिकारको अवस्था सुध्रिदै जानुपर्नेमा अहिलेका अवस्था हेदा स्तव्ध भएको बताए । जेनजी आन्दोलनमा राज्यपक्षबाट भएको दमनका कारण पनि यस बर्ष मानवअधिकार उलंघनको घटना धेरै भएको उनले बताए । इन्सेकले सन् १९९२ देखि हरेक वर्ष नेपाल मानव अधिकार वर्ष पुस्तक सार्वजनिक गर्दै आएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रहरीले भन्यो– चीनतर्फ पानीको बाँध फुटेको सूचना आएकोले उद्धारकार्य स्थगित गर्नू !

प्रहरीले भन्यो– चीनतर्फ पानीको बाँध फुटेको सूचना आएकोले उद्धारकार्य स्थगित गर्नू !

नेपाल प्रहरीले तिब्बततर्फ पानीको बाँध फुटेको सूचना आएको बताएको छ ।
रसुवाका सहायक सिडिओ भन्छन्– चीनतर्फबाट ताल फुटेको सूचना आयो

रसुवाका सहायक सिडिओ भन्छन्– चीनतर्फबाट ताल फुटेको सूचना आयो

चीनतर्फ छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम छेउमा बनेको ठूलो ताल फुटेको छ।
टनेलमा फसेका मजदुर र स्थानीयको उद्धारमा सेना विहानैदेखि सक्रिय

टनेलमा फसेका मजदुर र स्थानीयको उद्धारमा सेना विहानैदेखि सक्रिय

रसुवास्थित जलविद्युत् आयोजना (हाइड्रो) को सुरुङ (टनेल) भित्र बाढीका कारण फसेका मानिसहरूको नेपाली सेनाले आज बिहानैदेखि उद्धार कार्य तीव्र पारेको छ ।
स्थानीय प्रशासनसँग समन्वय गरेर मात्र राहत वा उद्धारमा जान प्रधानमन्त्रीको अपिल

स्थानीय प्रशासनसँग समन्वय गरेर मात्र राहत वा उद्धारमा जान प्रधानमन्त्रीको अपिल

प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयले रसुवाको भोटेकोसी क्षेत्रमा बाढीबाट प्रभावित नागरिकहरूका लागि राहत वितरण तथा उद्धार कार्यमा आउने सम्पूर्ण नागरिक, स्वयम्सेवी संस्था तथा सरोकारवालाहरूलाई स्थानीय प्रशासनसँग समन्वय गरेर मात्र...