नेभिगेशन
समाज

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजासहित चार भारतीय नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजासहित चार जना भारतीय नागरिक पक्राउ परेका छन् ।

शुक्रवार बिहान ६ः३० बजेको एयर इन्डियाको विमानमार्फत दिल्लीबाट काठमाडौँ र एयर अरबीयाको दिल्लीदेखि बिहान ८ः८५ बजेको समयमा काठमाडौँ आएका दुई छुट्टा छुट्टै विमानमा आएका उनीहरूलाई विमानस्थलमा सादा पोशाकमा खटिएका प्रहरी र लागू औषध नियन्त्रण ब्युरोबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पक्राउ पर्नेमा मोहद जुनैद, समिना अख्तार, बैग मिर्जा र अफ्सना अमिर हुस्सेन रहेको प्रहरीले जनाएको छ । दिल्लीबाट आएका मोहद जुनैदको साथबाट तिन किलो ८७० ग्राम प्रतिबन्धित आगू औषध गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।

Ncell
Extreme Energy

त्यस्तै, एयर अरबीयाको विमान मार्फत सारजहाबाट आएका अफ्सना अमिर हुस्सेन सेख र समिना अख्तार बैग मीर्जाको साथबाट सात केजी ४ सय ग्राम प्रतिबन्धित आगू औषध गाँजा बरामद गरिएको हो ।

त्यस्तै शुक्रवार १ः१५ बजे मलेशियन एयर को उडानद्वारा थाईल्याण्डबाट मलेसिया हुदै काठमाडौँ आएका भारतीय नागरिक शाहजेब अहमेद चेकजाँच गर्ने क्रममा गाँजा लुकाई छिपाई लैजान लागेको अवस्थामा तीन किलो ३ सय ग्राम गाँजासहित नियन्त्रणमा लिएको  प्रहरीले जनाएको छ ।

शुक्रवार पक्राउ परेका उनीहरू चारै जनालाई नियन्त्रणमा लिएर थप आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
निःशुल्क कानुनी सहायता विधेयक सदनमा

निःशुल्क कानुनी सहायता विधेयक सदनमा

निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयक २०८३ प्रतिनिधिसभा बैठकमा प्रस्तुत भएको छ ।
संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक पारित

संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक पारित

विधेयकमा सरकारी कोषबाट निवृत्तभरण प्राप्त गरिरहेको वा पाउने अवस्था भएको कुनै व्यक्ति कुनै प्रमुख पदाधिकारी वा पदाधिकारीको पदमा नियुक्त भएमा, सो पदमा बहाल रहेसम्म निवृत्तभरण नपाउने व्यवस्था गरिएको...
न्युयोर्कमा परराष्ट्रमन्त्रीको व्यस्त कार्यसूची, विभिन्न देशका उच्चस्तरीय नेतासँग साइडलाइन बैठक

न्युयोर्कमा परराष्ट्रमन्त्रीको व्यस्त कार्यसूची, विभिन्न देशका उच्चस्तरीय नेतासँग साइडलाइन बैठक

मन्त्री खनालले बुधबार मात्र भारतीय विदेशमन्त्री एस जयशङ्करसँग द्विपक्षीय भेटवार्ता गरेका थिए । त्यस अवसरमा मन्त्री खनालले नेपालमा गत भदौ १० गते गएको रसुवाबाढीका बारेमा प्रारम्भिक जानकारी गराउँदै...