नेभिगेशन
समाज

शंखर पाेखरेल लक्षित रविकाे आक्राेश: नेपालको राजनीतिमा षड्यन्त्र र छलछाम गर्नेलाई दाङबासीले चुनावमा हराउनु पर्छ

दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले आफूलाई संसद्बाट निकाले पनि जनताको मनबाट निकालेर देखाउन चुनौती दिएका छन् । शुक्रबार दाङको घोराहीमा आयोजित रास्वपाको चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले ओलीका प्रिय पात्र भन्दै एमालेका महासचिव शंकर पोखरेल लक्षित अभिव्यक्ति दिएका हुन् । 

लामिछानेले भने ‘रास्वपा जनताको पक्षमा, सुशासनको पक्षमा उभिने, वकालत गर्ने पार्टी हो, हामी सरकारमा काम गरिरहेको बेला बा (केपी ओली) र उनका प्रिय पात्र(शंकर पोखरेल)हरूले मलाई जेल पुर्‍याए । सक्छौँ भने जनताको मनबाट हटाएर देखाउ ।’
साथै उनले आफूलाई जेल पुर्‍याउने पात्रहरूलाई फागुन २१ गतेको चुनावबाटै जवाफ दिने बताए । उनले भने ‘सुशासनका पक्षमा काम गर्दैगरेको एउटा सांसदलाई, भ्रष्टाचारीको फाइल खोल्न लागेका बेला मध्यरातमा प्रहरीको बुट बजार्दै जेल पुर्‍याउनेहरू पनि यही क्षेत्रबाट निर्वाचन उठेको सुनेको छु, ’ लामिछानेले भने ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

लामिछानेको पूरा सम्बोधनः

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
श्रम निरीक्षणसम्बन्धी महासन्धि अनुमोदन

श्रम निरीक्षणसम्बन्धी महासन्धि अनुमोदन

बैठकमा युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले सो महासन्धिको ८१ नं बुँदा अनुमोदनका लागि प्रस्ताव  गरेका थिए ।
भूमिहीन र सुकुमवासीको दिगो व्यवस्थापन सम्बन्धी विपक्षी दलको सार्वजनिक महत्वको प्रस्ताव दर्ता

भूमिहीन र सुकुमवासीको दिगो व्यवस्थापन सम्बन्धी विपक्षी दलको सार्वजनिक महत्वको प्रस्ताव दर्ता

प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ७१ बमोजिम विपक्षी दलहरूको तर्फबाट बुधबार उक्त प्रस्ताव दर्ता गरिएको हो ।
रास्वपाले सरकारका कामबारे जनतालाई जानकारी गराउने

रास्वपाले सरकारका कामबारे जनतालाई जानकारी गराउने

रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीले सरकारले गरेका धेरै राम्रा र जनपक्षीय कामहरूको जानकारी जनतालाई हुन नसकेको भन्दै पार्टीका सांसदहरु आफ्नो क्षेत्रमा गएर सरकारले गरेका कामबारेमा जनतालाई जानकारी...
अनेरास्ववियुद्वारा काठमाडौँमा विरोध प्रदर्शन

अनेरास्ववियुद्वारा काठमाडौँमा विरोध प्रदर्शन

सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गर्दै विरोध प्रदर्शन गर्दा आफ्ना विद्यार्थी नेताहरुलाइ पक्राउ गरेको भन्दै अखिलका विद्यार्थीहरूले बुधबार प्रदर्शनी मार्गस्थीत आर आर क्याम्पस अगाडी प्रदर्शन गरेका हुन् ।