नेभिगेशन
समाज

४१ दलले बुझाए निर्वाचन आयोगलाई आफ्ना घोषणापत्र

काठमाडौँ । आसन्न प्रतिनिधिसभा निर्वाचनमा होमिएका मध्ये ४१ वटा दलले पार्टीको घोषणापत्र निर्वाचन आयोगमा बुझाएका छन् ।

निर्वाचन आयोगले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ४१ वटा दलले पार्टीको घोषणापत्र बुझाएको जानकारी दिएको हो । आयोगले चार गते अगाडि नै घोषणापत्र बुझाउन भनेपनि दलहरुले अहिलेसम्म पनि घोषणापत्र बुझाइरहेको आयोगकी सहायक प्रवक्ता सीता पुनले जानकारी दिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उम्मेदवारहरुको हकमा भने जिल्ला तहको निर्वाचन कार्यालयमा बुझाउन सक्ने व्यवस्था रहेकाले पूर्ण बिवरण आउन बाँकी रहेको उनले बताए ।

Ncell
Extreme Energy

सहायक प्रवक्ता पुनले प्रत्यक्षतर्फको १६५ निर्वाचन क्षेत्रको सवै मतपत्र छपाई सम्पन्न गरि प्याकिङ्को काम सकिएको र समानुपातिकतर्फ सुदूरपश्चिम, कर्णाली, कोशी प्रदेशमा ढुवानी गरिसकेको जानकारी दिए । उनले निर्वाचनका लागि छापिएका नमूना मतपत्रहरु लिएर आयोगका स्वयंसेवकहरूले मतदातालाई मतदान शिक्षा प्रदान गरिरहेको उल्लेख गरे ।

त्यस्तै उनले निर्वाचन प्रचारप्रसारका लागि उम्मेदवारले बैंक खाता खोल्नुपर्ने प्रावधान रहेकोमा हालसम्म सात वटा राजनीतिक दल र ८ हजार ८ सय ६७ उम्मेदवारले निर्वाचन बैंक खाता खोलेको रिपोर्ट प्राप्त भएको बताए ।

उनले यस हप्ता सार्वजनिक विदा धेरै परेकाले अर्को हप्ताको आइतबार र सोमबार बैंक खाता खोल्ने उम्मेदवारको संख्या निकै बढ्न सक्ने आयोगको अनुमान रहेको धारणा व्यक्त गरेका थिए । सहायक प्रवक्ता पुनले निर्वाचन आयोगले तयार गरेको कार्यतालिका बमोजिम नै निर्वाचनको तयारीका काम अघि बढिरहेको उनले बताएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
टनेलमा फसेका मजदुर र स्थानीयको उद्धारमा सेना विहानैदेखि सक्रिय

टनेलमा फसेका मजदुर र स्थानीयको उद्धारमा सेना विहानैदेखि सक्रिय

रसुवास्थित जलविद्युत् आयोजना (हाइड्रो) को सुरुङ (टनेल) भित्र बाढीका कारण फसेका मानिसहरूको नेपाली सेनाले आज बिहानैदेखि उद्धार कार्य तीव्र पारेको छ ।
स्थानीय प्रशासनसँग समन्वय गरेर मात्र राहत वा उद्धारमा जान प्रधानमन्त्रीको अपिल

स्थानीय प्रशासनसँग समन्वय गरेर मात्र राहत वा उद्धारमा जान प्रधानमन्त्रीको अपिल

प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयले रसुवाको भोटेकोसी क्षेत्रमा बाढीबाट प्रभावित नागरिकहरूका लागि राहत वितरण तथा उद्धार कार्यमा आउने सम्पूर्ण नागरिक, स्वयम्सेवी संस्था तथा सरोकारवालाहरूलाई स्थानीय प्रशासनसँग समन्वय गरेर मात्र...
रसुवा बाढी: सडक खुलाउन विभिन्न स्थानमा उपकरण परिचालन

रसुवा बाढी: सडक खुलाउन विभिन्न स्थानमा उपकरण परिचालन

रसुवा बाढीका कारण कारण अवरुद्ध सडक सञ्चालनमा ल्याउन विभिन्न सडकखण्डमा उपकरण परिचालन गरिएको छ ।
अब उनलाई अन्तिमपटक देख्न पाए...

अब उनलाई अन्तिमपटक देख्न पाए...

भित्र शवगृह तयार हुँदैछ । बाहिर आफन्त र परिवारका सदस्यको भीड छ । भीडमा बाक्लो सन्नाटा छ । सबैका आँखा रसाएका छन् । अनुहार बेचैन देखिन्छ । त्यही...