नेभिगेशन
समाज

रौतहटमा कर्फ्यू आदेश जारी, दुई स्कारपियो र मोटरसाइकलमा आगजनी

रौतहट । रौतहट जिल्लाको गौर नगरपालिका–६ स्थित सनगढा गाउँमा दुई समुदायबीच सुरु भएको झडप नियन्त्रणमा लिन कर्फ्यू आदेश जारी  भएको छ ।

बिहीबार राति भएको सामान्य विवादले उग्र रूप लिँदै विभिन्न स्थानमा आगजनी र तोडफोडसम्मको अवस्था सिर्जना भएको जिल्ला प्रसाशनका कार्यालय रौतहटले कफ्र्यू लगाएको हो । 
मस्जिदमा रात्री प्रार्थना भइरहेको समयमा हिन्दु समुदायको विवाहमा बाजागाज बजाईएको विषयलाई लिएर दुईपक्ष विवादमा उत्रिएका थिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शुक्रबार विवाद बढ्दै गएको थियो । विवादले उग्ररुप लिन लागेपछि नियन्त्रणका लागि ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएपी विष्णु प्रदीप बस्याँलले जानकारी दिए । 

Ncell
Extreme Energy

डिएसपी बस्याँलका अनुसार आज मात्रै दुई वटा स्कारपियो गाडीमा आगजनी भएको छ । प्रदर्शनका क्रममा गौर नगरपालिका–४ स्वर्णामाईमा भारतीय नम्बर प्लेट भएको एक स्कारपियो र राजगढ नगरपालिका–९ बैरियामा अर्को स्कारपियोमा आगजनी भएको प्रहरीले जनाएको छ।
साथै अन्य ठाउँमा पनि केहि मोटरसाइकल जलेका सूचना आएको प्रहरीले जनाएको छ । 

स्थिति नियन्त्रणका लागि प्रहरी परिचालन गरिएको भए पनि अवस्था पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन। घटनामा संलग्न रहेको आशंकामा केही व्यक्तिलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ।

हिजो मात्र जिल्ला प्रशासन कार्यालयमा दुवै समुदायबीच सहमति भएको थियो। तर सहमतिको प्रभाव व्यवहारमा नदेखिएपछि जिल्ला प्रशासन कार्यालयले आज विभिन्नस्थामा कफ्र्यू आदेश जारी गरेको छ ।

गौर नगरपालिका–६ स्थित सनगढा गाउँमा दुई समुदायबीच भएको झडपले उग्र रुप लिएपछि प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो । जिल्ला प्रशासन कार्यालयका अनुसार, शनिबार दिउँसो १ बजेबाट कर्फ्यू आदेश जारी गरिएको हो ।

प्रशासनको सूचना अनुसार, पूर्वतर्फ मुडबलवा गेट, पश्चिमतर्फ लालबकैया बाँध, उत्तरतर्फ बम नहर, दक्षिणतर्फ गौर भन्सार कार्यालयमा कर्फ्यू जारी गरिएको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भूसालले बताएका छन् ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर र अश्रुग्यासका सेलहरू प्रहार गरिरहेको छ । गौरको वडा नम्बर ४, ५ र ६ मा झडप भइ रहेको छ । कर्फ्यू अवधिमा कुनै पनि व्यक्ति घरबाहिर निस्कन, भेला जुलुस गर्न, सभा प्रदर्शन गर्न तथा आवतजावत गर्न पूर्ण रूपमा निषेध गरिएको छ।

634001987_2025354015066502_3723218542773153316_n-1771659900.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढीमा बेपत्ताको पहिचान गर्न नास्टमा पनि डीएनए परीक्षण

बाढीमा बेपत्ताको पहिचान गर्न नास्टमा पनि डीएनए परीक्षण

नास्टले ८०७ वटा नमुना प्राप्त गरेको छ र त्यसको परीक्षणपछि प्राप्त नतिजा राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई पठाउने छ ।
हनुमानढोमा ठडियो इन्द्रजात्राको लिंगो (तस्बिरहरू)

हनुमानढोमा ठडियो इन्द्रजात्राको लिंगो (तस्बिरहरू)

काठमाडौँमा मनाइने प्रमुख सांस्कृतिक पर्व इन्द्रजात्रा औपचारिक रूपमा सुरु भएको छ।
प्रतितोला १०० रुपैयाँ बढ्यो सुनको मूल्य

प्रतितोला १०० रुपैयाँ बढ्यो सुनको मूल्य

हिजो छापावाल सुन प्रतितोला रु तीन लाख दुई हजार २०० र त्यति नै परिमाणको चाँदी रु चार हजार ७७५ मा कारोबार भएको थियो ।
राष्ट्रपति पौडेलसँग कार्यवाहक प्रधानमन्त्री वाग्लेको शिष्टाचार भेट

राष्ट्रपति पौडेलसँग कार्यवाहक प्रधानमन्त्री वाग्लेको शिष्टाचार भेट

राष्ट्रपति भवन शीतल निवासमा आज बिहान भएको भेटमा समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।