नेभिगेशन
समाज

इतिहासमा फ्याँकिएका केही मान्छेहरूले चूनाव नहुने भ्रम फैलाइरहेका छन्ः प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले इतिहासमा फ्याँकिएका केही मान्छेहरूले चूनाव नहुने भ्रम फैलाइरहेको भन्दै आपत्ति जनाएका छन् ।

नेकपा दोलखा–काठमाडौं सम्पर्क निर्वाचन परिचालन कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रचण्डले चूनाव हुने निश्चित भइसकेको अवस्था नेपाली जनक्रान्तिद्वारा इतिहासमा फ्याँकिएका केही मान्छेहरूले चूनाव नहुने भ्रम फैलाइरहेको भन्दै आपत्ति जनाएका हुन ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले चूनाव नहुने हल्ला र प्रचारका पछाडी नलाग्न र दृढतापूर्वक निर्वाचनको तयारीमा जुट्न अपिल समेत गरेका छन् । उनले निर्वाचनको मिति नजिकिदै गर्दा प्रतिक्रियावादी र प्रतिगामीहरूका चलखेल र हरकतहरूको केही अर्थ नरहेको स्पष्ट पारेका थिए ।

Ncell
Extreme Energy

प्रचण्डले निर्वाचन मात्रै तुलनात्मक रूपले अहिलेको सहज विकल्प भएको सुरुदेखि नै नेकपा निर्वाचनका बिषयमा दृढतापूर्वक अडिएको धारणा व्यक्त गरे । देशभरि नेकपाको प्रचार अभियान अगाडि बढ्दै जाँदा बाँकी दिन युद्धस्तरमा खट्न सके एकपटक देशको नम्बर एक पार्टी बन्ने र देशमा एउटा नयाँ परिस्थिति बनाउन सम्भव रहेको उनले बताए ।

उनले केहि दिन हावा हुरी आए जस्तो देखिए पनि हावा हुरी सधैँ नचल्ने कुरा जनताले बुझिसकेको जिकिर गरे ।
त्यस्तै प्रचण्डले अहिलेको कठिन र चुनौतीपूर्ण घडीमा राष्ट्रलाई बचाई राख्ने र अतिवादका विरुद्ध लडेर देशलाई सन्तुलित विकासतिर लैजाने संकल्पको साथ नेकपा खडा भएको बताए ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढीमा बेपत्ताको पहिचान गर्न नास्टमा पनि डीएनए परीक्षण

बाढीमा बेपत्ताको पहिचान गर्न नास्टमा पनि डीएनए परीक्षण

नास्टले ८०७ वटा नमुना प्राप्त गरेको छ र त्यसको परीक्षणपछि प्राप्त नतिजा राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई पठाउने छ ।
हनुमानढोमा ठडियो इन्द्रजात्राको लिंगो (तस्बिरहरू)

हनुमानढोमा ठडियो इन्द्रजात्राको लिंगो (तस्बिरहरू)

काठमाडौँमा मनाइने प्रमुख सांस्कृतिक पर्व इन्द्रजात्रा औपचारिक रूपमा सुरु भएको छ।
प्रतितोला १०० रुपैयाँ बढ्यो सुनको मूल्य

प्रतितोला १०० रुपैयाँ बढ्यो सुनको मूल्य

हिजो छापावाल सुन प्रतितोला रु तीन लाख दुई हजार २०० र त्यति नै परिमाणको चाँदी रु चार हजार ७७५ मा कारोबार भएको थियो ।