नेभिगेशन
समाज

हार्ने डरले रास्वपाले चुनाव भाड्न खोजेको एमालेको आरोप

काठमाडौँ । नेकपा एमालेले चुनावी परिणाम आफ्नो पक्षमा नआउने देखेपछि रास्वपाले चूनाव भाड्न खोजेको आरोप लगाएको छ ।

शनिबार पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गर्दै एमालेले बिभिन्न जिल्लाहरुमा दलहरुका झण्डा र चूनाव चिन्ह जलाउने, अशान्ति फैलाउने काम गरेर रास्वपाले चूनाव भाड्न खाजेको पुष्टि भएको आरोप लगाएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

एमालेले देशमा शान्ति सुरक्षा अमनचयन कायम हुन नसकेका कारण भयरहित वातावरणमा चूनाव हुनेमा अझै विश्वस्त हुन नसकेको जनाएको छ । चूनावका लागि सहज वातावरण निर्माणका लागि सरकारको ध्यानाकर्षण गराइएको एमाले आम निर्वाचन प्रेस संयोजक मीन बहादुर शाहीले बताए ।

Ncell
Extreme Energy

उनले अमुक पार्टी र त्यसका नेतृत्वको तस्बिर, चिह्नअंकित टिसर्टहरू होली पर्वको मौका छोपी वितरण गर्ने लगाएतका निर्वाचन आचारसंहिताको गम्भीर उल्लंघनका घटनाहरु देखिएको बताए । आचारसंहिता उल्लंघन कार्यप्रति निर्वाचन आयोगको उदाशिनता र शैलिप्रति पार्टीको गम्भीर आशंका रहेको शाहीले उल्लेख गरे ।

त्यस्तै एमालेले सर्वेक्षणका नाममा जनमतलाई प्रभावित पार्ने गरि फेक सर्वेक्षण परिणाम सार्वजनिक गर्ने कार्यप्रति पनि गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढी प्रभावित क्षेत्रमा सरकारी संयन्त्र र जमिनी अवस्थाबीच ठूलो खाडल : पोखरेल

बाढी प्रभावित क्षेत्रमा सरकारी संयन्त्र र जमिनी अवस्थाबीच ठूलो खाडल : पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले बाढी प्रभावित क्षेत्रमा सरकारी संयन्त्र र जमिनको वास्तविक अवस्थाबीच ठूलो खाडल देखिएको बताएका छन्।
भोटेकोशी बाढी अपडेट: ४६९ जनाको शव फेला, ३ हजार २५३ को उद्धार

भोटेकोशी बाढी अपडेट: ४६९ जनाको शव फेला, ३ हजार २५३ को उद्धार

रसुवाको भोटेकोशी बाढीबाट मृत्यु हुनेको संख्या ४६९ जना पुगेको छ ।
बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएकाहरुको विवरण अनलाइनबाटै हेर्न सकिने

बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएकाहरुको विवरण अनलाइनबाटै हेर्न सकिने

भोटेकोशी बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका व्यक्तिहरुको विवरण अनलाइनबाटै हेर्न सकिने भएको छ ।