नेभिगेशन
समाज

बहुमत जुट्न नसके देशभक्त शक्तिहरूसँग मिलेर सरकार बनाउनु पर्छः झलनाथ खनाल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले आगामी निर्वाचनमा बहुमत आउन नसके समाजवादका पक्षधर, प्रगतिशील, देशभक्त शक्तिहरूसँग मिलेर सरकार बनाउनुपर्ने बताएका छन् ।

बाम बुद्धिजीवी एवं पेशाकर्मी निर्वाचन परिचालन मूल समितिले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा खनालले क्रान्तिकारी जनमत निर्माण गर्नको लागि पार्टी चूनावमा होमिएको भन्दै बहुमत आउन नसके समाजवादका पक्षधर, प्रगतिशील, देशभक्त शक्तिहरूसँग मिलेर सरकार बनाउनुपर्ने बताएका हुन ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अवसरको खोजिका लागि प्रतिक्रियावादी शक्तिहरू मिलेर सरकार बनाउने प्रयास गरे वर्ग दृष्टिकोण समाप्त हुने उनले बताए । खनालले समाजवादका आधार तयार गर्नका लागि सडक र सदनबाट सशक्त ढंगले अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।

Ncell
Extreme Energy

उनले यसपटकको निर्वाचनपछि प्रतिपक्षीमा बस्नुपर्ने अवस्था आए अर्को निर्वाचनमा बहुमत ल्याउने गरि तयारी गर्नुपर्ने बताएका थिए । तर सरकार बनाउने अवस्थामा व्यक्तिगत स्वार्थलाई ध्यान दिए पार्टीलाई नै सकिने अवस्था आउने उनले बताए ।

उनले मुलुकको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डतालाई सुदृढ गर्नको निम्ति आगामी निर्वाचन निकै महत्वपूर्ण रहेको धारणा व्यक्त गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
हेटौँडा-काठमाडौँ सडक भोलिदेखि रातिमा बन्द

हेटौँडा-काठमाडौँ सडक भोलिदेखि रातिमा बन्द

हेटौंडा हुँदै काठमाडौँ आउने छोटो दूरीका  राजमार्गहरु शुक्रबार बेलुकीदेखि रातिमा बन्द हुने भएका छन् ।
कुलेखानी क्षेत्रमा तीन ठाउँमा साइरन

कुलेखानी क्षेत्रमा तीन ठाउँमा साइरन

निरन्तरको बर्षाकाकारण जलसतह बढन सक्ने अवस्थालाई दृष्टिगत गरी साइरनका माध्यमबाट सर्वसाधारणलाई सुसूचित गराउन ती ठाउँमा साइरनको व्यवस्था गरिएको उनले बताए । यद्यपि इन्द्र सरोवरमा हाल जलसतह सामान्य अवस्थामा...
निःशुल्क कानुनी सहायता विधेयक सदनमा

निःशुल्क कानुनी सहायता विधेयक सदनमा

निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयक २०८३ प्रतिनिधिसभा बैठकमा प्रस्तुत भएको छ ।