नेभिगेशन
समाज

सरकारले अस्पतालहरुसँग माग्यो घाइते जेनजीहरुको विवरण

सरकारले जेनजी प्रदर्शनका क्रममा घाइते भएकाहरूको विवरण उपलब्ध गराउन स्वास्थ्य संस्था (अस्पताल)लाई निर्देशन दिएको छ ।

काठमाडौं। सरकारले जेनजी प्रदर्शनका क्रममा घाइते भएकाहरूको विवरण उपलब्ध गराउन स्वास्थ्य संस्था (अस्पताल)लाई निर्देशन दिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जेनजी आन्दोलनका क्रममा छुट भएका घाइतेको विवरण उपचारमा संलग्न सबै स्वास्थ्य संस्थालाई तत्काल स्वास्थ्य मन्त्रालयमा उपलब्ध गराउन निर्देशन दिइएको बताए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनका अनुसार जेनजी आन्दोलनका घाइतेहरूको उपचार र रातहलाई प्रभावकारी बनाउन गठित समन्वय समितिले यही फागुन १५ गतेभित्र घाइतेको विवरण उपलब्ध गराउने निर्णयनुसार मन्त्रालयले सबै स्वास्थ्य संस्थालाई निर्देशन दिएको हो ।

Ncell
Extreme Energy

मन्त्रालयका प्रवक्ता डा बुढाथोकीका अनुसार अहिलेसम्म २०० जना घाइतेको मात्र वर्गीकरण विवरण उपलब्ध भएको छ । उनले जेनजी प्रदर्शनका क्रममा धेरै घाइते भए पनि सामान्य घाइते भएकालाई केही सुविधा उपलब्ध नहुने भएकाले पनि सम्पर्कमा नआएको हुनसक्ने बताए ।

सरकारले जेनजी प्रदर्शनका क्रममा अतिगम्भीर वर्गीकरणमा परेकालाई र ती घाइतेलाई स्याहार गर्नेलाई मासिक रु नौ हजार, गम्भीर घाइतेलाई मासिक रु नौ हजार र मध्यम घाइतेलाई मासिक रु चार हजार उपलब्ध गराउने निर्णय गरेको छ । जेनजी प्रदर्शनका क्रममा दुई हजार ५९९ जना घाइते भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । (रासस)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशनको नारा र लोगो

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशनको नारा र लोगो

असोज १६ देखि १९ सम्म काठमाडौंमा हुने महाधिवेशनका लागि कांग्रेसले ‘परम्पराको सम्मान, परिवर्तनको संकल्प, समुन्नत नेपालका लागि सबल कांग्रेस अबको विकल्प’ नारा तय गरेको छ ।
एमालेमा २० केन्द्रीय सदस्य मनोनीत, पोखरेलसहित ७ जना स्थायी समितिमा

एमालेमा २० केन्द्रीय सदस्य मनोनीत, पोखरेलसहित ७ जना स्थायी समितिमा

नेकपा एमाले केन्द्रीय सदस्यमा २० नेता मनोनीत भएका छन् ।
विद्या भण्डारी एमाले वरिष्ठ नेता प्रस्तावित

विद्या भण्डारी एमाले वरिष्ठ नेता प्रस्तावित

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पार्टीको वरिष्ठ नेता बनाउन प्रस्ताव गरेका छन् ।
हेटौँडा-काठमाडौँ सडक भोलिदेखि रातिमा बन्द

हेटौँडा-काठमाडौँ सडक भोलिदेखि रातिमा बन्द

हेटौंडा हुँदै काठमाडौँ आउने छोटो दूरीका  राजमार्गहरु शुक्रबार बेलुकीदेखि रातिमा बन्द हुने भएका छन् ।