नेभिगेशन
समाज

मनाङ बरफ काटेर पाँच दिनपछि खुल्यो नार्पु जाने बाटो, मतदाता गाउँ फर्किँदै

मनाङ । बाटोमा जमेको फरक हटाइएपछि हिमाली जिल्ला मनाङको नार्पा भूमि गाउँपालिकाको नार र फू सम्मको पहुँचमार्ग खुलाइएको छ। 

सुरक्षाकर्मीको टोलीले पाँचदिन लगाएर बाटोमा जमेको बरफ काटेर पदमार्ग खुलाएको मनाङका प्रमुख जिल्ला अधिकारी नवराज पौडेलले जानकारी दिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले पाँच दिन लगाएर बाटोमा जमेको बरफ काटेर पदमार्ग खुलाएका हुन् । 

Ncell
Extreme Energy

नार र फू सम्म पुग्ने विभिन्न ठाउँमा रहेका झरना जमेर पदमार्ग अवरुद्ध भएको थियो । साथै कतिपय ठाउँमा हिउँ नपग्लिएर समस्या भएको थियो । 

अन्य उपकरण लैजान असम्भव भएपछि सुरक्षाकर्मीले घरेलु औजार प्रयाग गरेर बरफ काटेको पौडेले जानकार दिए । 

पानी जमेर कडा चट्टान झै बनेको बरफ भएको ठाउँमा बाटो नै अवरुद्ध रहेको र चिप्लो पनि अत्यधिक रहेको उनले बताए।  

पदमार्ग खुलेसँग निर्वाचनका लागि ना र फुमा पुग्ने मतदाता, कर्मचारी तथा सुरक्षाकर्मीलाई सहज भएको छ ।

बाटो खुलेसँगै नेपाली सेना सहित सुरक्षाकर्मीको टोली निर्वाचनका लागि त्यस तर्फ जाने तयारी गरेको प्रजिअ पौडेलले जानकारी दिए । 
सदरमुकाम चामेबाट ना र फू पुग्न कम्तिमा २ दिन पैदल हिँड्नुपर्छ। 

नार्पा भूमिमा सबै गरी ४ सय ८८ जना मतदाता छन्। पाँचवटा मतदान केन्द्र रहेको उक्त गाउँपालिका पुग्न मनाङ सदरमुकाम चामेबाट कम्तिमा दुई दिन पैदल हिँड्नुपर्छ।

अहिले चिसो छल्न गाउँका अधिकांश बासिन्दा जिल्लाबाहिर छन। छिमेकी जिल्ला लम्जुङको वेशीसहर र काठमाडौं लगायतका सहरमा मतदाता मौसमी बसाइँसराइमा छन्।

जिल्लाको सबैभन्दा दुर्गम रहेको उक्त गाउँपालिकालाई मौसमी हिसाबले चुनौतीपूर्ण मानिएको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मानिसको जीवनभन्दा ठूलो पैसाको मूल्य हुँदैन

मानिसको जीवनभन्दा ठूलो पैसाको मूल्य हुँदैन

मानिसको जीवनभन्दा ठूलो पैसाको मूल्य हुँदैन । विनाशकारी बाढीले दिएको पीडा रकमले कम गर्न सकिँदैन । तर, दुःखको यस घडीमा पीडित परिवारको तत्कालको आवश्यकता पूरा गर्न सरकार उहाँहरूको...
ऊर्जामन्त्री भन्छन्– यो साता मध्य र पश्चिम नेपाल बढी प्रभावित हुनसक्छ

ऊर्जामन्त्री भन्छन्– यो साता मध्य र पश्चिम नेपाल बढी प्रभावित हुनसक्छ

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठले बंगालको खाडीमा विकसित भइरहेको बलियो न्यूनचापीय प्रभावका कारण यो साता मध्य र पश्चिम नेपाल बढी प्रभावित हुनसक्ने बताएका छन् ।
बाढीमा बेपत्ताको पहिचान गर्न नास्टमा पनि डीएनए परीक्षण

बाढीमा बेपत्ताको पहिचान गर्न नास्टमा पनि डीएनए परीक्षण

नास्टले ८०७ वटा नमुना प्राप्त गरेको छ र त्यसको परीक्षणपछि प्राप्त नतिजा राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई पठाउने छ ।