नेभिगेशन
समाज

धादिङमा बस दुर्घटना: १८ जनाको मृत्यु , २४ जना घाइते

काठमाडौँ। पोखराबाट काठमाडौँ आउँदै गरेको यात्रुवाहक बस धादिङमा दुर्घटनामा हुँदा १८ जनाको मृत्यु भएकाे छ भने २४ जना घाइते भएका छन् ।

आज बिहान करिब १ः३० बजे ग १ ख १४२१ नम्बरको बस धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैँसीगौडास्थित पृथ्वी लोकमार्गबाट त्रिशूली नदीमा खसेको हो । 
दुर्घटना भएको बस माछापुच्छ्रे ट्राभल्सको भएको खुलेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

हालसम्म सो दुर्घटनामा परी मृत्यु भएका १८ जनाको शव निकालिएको सशस्त्र प्रहरी बलका प्रवक्ता विष्णुप्रसाद भट्टले जानकारी दिए । घाइते २४ जनालाई उद्दार गरेर विभिन्न अस्पताल लगिएको छ । 

Ncell
Extreme Energy

मृतक तथा घाइतेको सनाखत हुन बाँकी छ । दुर्घटनाको कारण खुलेको छैन । घटनास्थलमा तीन वटै सुरक्षा निकायको समन्वयमा उद्धारको काम भइरहेको छ । 

उक्त स्थानमा उद्दारका लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन वेश आदमघाटबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सुनिल गिरिको कमाण्डमा  बिपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोर सहितको टोली खटिएको उहाँले जानकारी दिए । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मानिसको जीवनभन्दा ठूलो पैसाको मूल्य हुँदैन

मानिसको जीवनभन्दा ठूलो पैसाको मूल्य हुँदैन

मानिसको जीवनभन्दा ठूलो पैसाको मूल्य हुँदैन । विनाशकारी बाढीले दिएको पीडा रकमले कम गर्न सकिँदैन । तर, दुःखको यस घडीमा पीडित परिवारको तत्कालको आवश्यकता पूरा गर्न सरकार उहाँहरूको...
ऊर्जामन्त्री भन्छन्– यो साता मध्य र पश्चिम नेपाल बढी प्रभावित हुनसक्छ

ऊर्जामन्त्री भन्छन्– यो साता मध्य र पश्चिम नेपाल बढी प्रभावित हुनसक्छ

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठले बंगालको खाडीमा विकसित भइरहेको बलियो न्यूनचापीय प्रभावका कारण यो साता मध्य र पश्चिम नेपाल बढी प्रभावित हुनसक्ने बताएका छन् ।
बाढीमा बेपत्ताको पहिचान गर्न नास्टमा पनि डीएनए परीक्षण

बाढीमा बेपत्ताको पहिचान गर्न नास्टमा पनि डीएनए परीक्षण

नास्टले ८०७ वटा नमुना प्राप्त गरेको छ र त्यसको परीक्षणपछि प्राप्त नतिजा राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई पठाउने छ ।