नेभिगेशन
समाज

मुलुकलाई लोकतान्त्रिक तथा संवैधानिक प्रक्रियामा ल्याउन निर्वाचन निकै महत्वपूर्णः नेता पोखरेल

काठमाडौँ । नेकपा एमालेका नेता ईश्वर पोखरेलले मुलुकलाई लोकतान्त्रिक तथा संवैधानिक प्रक्रियामा ल्याउनका लागि आगामी निर्वाचन निकै महत्वपूर्ण भएको बताएका छन् ।

काठमाडौं क्षेत्र नम्बर ५ का उम्मेदवारसमेत रहनुभएका पोखरेलले सोमबार हाँडीगाउमा घरदैलोका क्रममा सञ्चारकर्मीसंग कुरा गर्दै मुलुक असामान्य अवस्थामा रहेका बेला लोकतान्त्रिक तथा संवैधानिक प्रक्रियामा ल्याउनका लागि आगामी निर्वाचन निकै महत्वपूर्ण भएको बताएका हुन ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पोखरेलले देश बनाउने सही पार्टी एमाले मात्रै भएको उल्लेख गरे । निर्वाचन क्षेत्रका मतदाता, पार्टी कमिटी लगाएको आवश्यकताका आधारमा आफ्नो उम्मेदवार रहेको भन्दै पोखरेलले जनताका समस्याहरु र यसअघि गरेका धेरै योजनाहरुलाई कार्यान्वयन गरिने प्रतिवद्धता जनाए ।

Ncell
Extreme Energy

आफुले गरेका कामका बारेमा मतदाता जानकार रहेकाले जनताले आफुलाई मत दिएर बिजयी गराउने उनको दावी छ । काठमाडौं क्षेत्र नम्बर ५ मा एमालेबाट पोखरेलका साथै कांग्रेसबाट प्रदीप पौडेल, नेकपाबाट कल्पना शर्मा, राप्रपाबाट कमल थापा, रास्वपाबाट सस्मित पोखरेल लगाएतका उम्मेदवार रहेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
निःशुल्क कानुनी सहायता विधेयक सदनमा

निःशुल्क कानुनी सहायता विधेयक सदनमा

निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयक २०८३ प्रतिनिधिसभा बैठकमा प्रस्तुत भएको छ ।
संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक पारित

संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक पारित

विधेयकमा सरकारी कोषबाट निवृत्तभरण प्राप्त गरिरहेको वा पाउने अवस्था भएको कुनै व्यक्ति कुनै प्रमुख पदाधिकारी वा पदाधिकारीको पदमा नियुक्त भएमा, सो पदमा बहाल रहेसम्म निवृत्तभरण नपाउने व्यवस्था गरिएको...
न्युयोर्कमा परराष्ट्रमन्त्रीको व्यस्त कार्यसूची, विभिन्न देशका उच्चस्तरीय नेतासँग साइडलाइन बैठक

न्युयोर्कमा परराष्ट्रमन्त्रीको व्यस्त कार्यसूची, विभिन्न देशका उच्चस्तरीय नेतासँग साइडलाइन बैठक

मन्त्री खनालले बुधबार मात्र भारतीय विदेशमन्त्री एस जयशङ्करसँग द्विपक्षीय भेटवार्ता गरेका थिए । त्यस अवसरमा मन्त्री खनालले नेपालमा गत भदौ १० गते गएको रसुवाबाढीका बारेमा प्रारम्भिक जानकारी गराउँदै...