नेभिगेशन
समाज

काठमाडौं ५ मा कांग्रेसका प्रदीपको १४ प्रतिज्ञा (पूर्णपाठ)

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रदीप पौडेलले आफ्नो चुनावी क्षेत्रका लागि प्रतिज्ञा पत्र सार्वजनिक गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले १४ बुँदामा काठमाडौं ५ को विकास र नीतिगत परिवर्तनका लागि आफ्ना प्रतिबद्धता सार्वजनिक गरेका हुन् ।

आफूले २०७९ सालमा सांसदका रुपमा विजयी हुँदा गरेको प्रतिबद्धता पूरा गर्न सांसद तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रीका रूपमा इमानदारीपूर्वक प्रयास गरेको भन्दै उनले रिङ रोड दोश्रो खण्ड निरन्तरताका लागि दिएको दबाबले काम गरेको, सामाखुशी टोखा सडक, विष्णुमती करिडोर, साङ्लेखोला करिडोर लगायतका रणनीतिक काम अघि बढेको उल्लेख गरेका छन् । उनले मेलम्ची खानेपानी रिङरोड बाहिर विस्तार तथा नयाँ लाइन निर्माणका कामसमेत भएको उल्लेख गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पौडेलको प्रतिबद्धतामा क्षेत्रभित्रका सार्वजनिक विद्यालयलाई स्मार्ट स्कूल बनाउने तथा विद्यालयमा स्थानीय मातृभाषा नेवारी तथा तामाङ तथा मौलिक सीप र ज्ञानलाई शिक्षण सिकाइमा समावेश गर्न पाठ्यक्रम निर्माणका लागि स्थानीय तहसँग सहकार्य गर्ने उल्लेख छ । सार्वजनिक निजी साझेदारीमार्फत विद्यालयहरूमा प्रविधिमैत्री अध्ययनको वातावरण तयार गर्न सम्बद्ध पक्षसँग सहकार्य गरिने उनको प्रतिबद्धता छ ।

Ncell
Extreme Energy

उनले सबैलाई स्वास्थ्य बीमामा आबद्धता सुनिश्चित गर्दै यसलाई नागरिकको योगदानमा आधारित राष्ट्रिय गौरवको कार्यक्रम बनाइने र सुविधाको दायरासमेत वृद्धि गर्न आवश्यक नीति निर्माण तथा कार्यान्वयनमा पहल गर्ने बताएका छन् । पौडेलले क्षेत्र ५ लाई मेडिकल हबका रुपमा विकास गर्दै क्षेत्रभित्रका त्रिवि शिक्षण अस्पताल, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, कान्ति बाल अस्पताल तथा नेपाल प्रहरीजस्ता केन्द्रीय अस्पतालहरूको क्षमता थप विस्तार गर्ने प्रतिबद्धता जनाएका छन् ।

उनले आफू स्वास्थ्य मन्त्री हुँदा उद्घाटन गरेको राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग सेवा केन्द्र बुढानीलकण्ठलाई अत्याधुनिक, व्यवस्थित र थप प्रभावकारी बनाउनेसमेत उल्लेख गरेका छन् । पौडेलले आफ्नो प्रतिज्ञापत्रमार्फत संघीय संसदमार्फत व्यवसायमैत्री कानून निर्माणका लागि विशेष पहल गर्ने भन्दै झन्झटिलो व्यवसाय दर्ता तथा बन्द प्रक्रियाको अन्त्य गर्न नीति बनाउन सहजीकरण गर्ने उल्लेख गरेका छन् । पौडेलको प्रतिज्ञा पत्रमा भूमिविहीनहरूको पहिचान गरी लालपूर्जा वितरणको कार्यलाई गति दिने लगायतका विषय समेटिएको छ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
निःशुल्क कानुनी सहायता विधेयक सदनमा

निःशुल्क कानुनी सहायता विधेयक सदनमा

निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयक २०८३ प्रतिनिधिसभा बैठकमा प्रस्तुत भएको छ ।
संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक पारित

संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक पारित

विधेयकमा सरकारी कोषबाट निवृत्तभरण प्राप्त गरिरहेको वा पाउने अवस्था भएको कुनै व्यक्ति कुनै प्रमुख पदाधिकारी वा पदाधिकारीको पदमा नियुक्त भएमा, सो पदमा बहाल रहेसम्म निवृत्तभरण नपाउने व्यवस्था गरिएको...
न्युयोर्कमा परराष्ट्रमन्त्रीको व्यस्त कार्यसूची, विभिन्न देशका उच्चस्तरीय नेतासँग साइडलाइन बैठक

न्युयोर्कमा परराष्ट्रमन्त्रीको व्यस्त कार्यसूची, विभिन्न देशका उच्चस्तरीय नेतासँग साइडलाइन बैठक

मन्त्री खनालले बुधबार मात्र भारतीय विदेशमन्त्री एस जयशङ्करसँग द्विपक्षीय भेटवार्ता गरेका थिए । त्यस अवसरमा मन्त्री खनालले नेपालमा गत भदौ १० गते गएको रसुवाबाढीका बारेमा प्रारम्भिक जानकारी गराउँदै...